२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले आफ्नो नगर गान तयार पारेको छ । नगरपालिकाले मध्यविन्दु नगरपालिकाको विशेषतालाई समेटेर नगर गान तयार पारेको हो ।
देशको मध्यभागमा रहेको नगरको पहिचान स्थापित गर्ने भावको नगर गान तयार पारिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । भाषा, धर्म, संस्कृतिको संरक्षण , सुशासन र विकासमा नगरवासीलाई अग्रसर गराउने गरि सकारात्मक भावलाई नगर गानले समेटेको नगर प्रमुख अधिकारीले बताउनुभयो । नगर गानले नगरको भूगोल, पर्यटन, कृषिका विषयलाई समेत शब्दमा समेटेको नगर प्रमुख अधिकारीले बताउनुभयो । ‘देशकै मध्य भागमा पर्ने नगरका रुपमा रहेका छौ, यसको आफ्नो पहिचान स्थापित गर्न, यहाँका विशेषतालाई समेट्दै आम नगरवासीलाई सकारात्मक उर्जा प्रदान गर्न नगर गान बनाएका हौं’ नगर प्रमुख अधिकारीले भन्नुभयो ।
टीका सापकोटाको शब्द, शिशिर योगीको संगीत , वि.वि. अनुरागीको संगीत संयोजन रहेको नगर गानमा शिशिर योगी र शान्ति श्री परियारको स्वरमा तयार पारिएको नगर गान एक मिनेट ४९ सेकेन्डको रहेको छ ।
सोमबार बसेको नगरसभाको बैठकले मध्यविन्दु नगरपालिकाको नगर गान स्वीकृत गरेको छ । नगरपालिकाको नगर गान कार्यविधि अनुसार नगरभित्र सञ्चालन हुने कार्यक्रमहरूमा बजाइने नगर प्रवक्ता रणबहादुर थापाले बताउनुभयो । नगर भित्र सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय गान सहित नगर गान समेत बजाइने उहाँले बताउनुभयो । सोमबार बसेको नगर सभामा नगर गान स्वीकृत गरे लगतै नगर गान बजाइएको थियो । नगर गान बजेसँगै नगर सभामा सहभागी जनप्रतिनिधिले उठेर सम्मान प्रकट गरेका थिए ।
मध्यविन्दु नगरपालिकाको सोमबार सम्पन्न नगरसभाले अन्य तिन वटा स्थानीय ऐन समेत पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको प्रवक्ता थापाले बताउनुभयो ।
विधायन समितिका संयोजक अर्जुन प्रसाद पंगेनीले प्रस्तुत गर्नु भएको स्थानीय वन विधेयक २०८०, स्थानीय संघसंस्था दर्ता विधेयक २०८० र आर्थिक विकास समितिका संयोजक मीन बहादुर दर्लामीले स्थानीय जलस्रोत विधेयक २०८० सभामा प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत विधेयकहरू माथि छलफलको लागि नगरसभा अध्यक्ष एवम् नगर प्रमुख भिमलाल अधिकारीले सभा समक्ष प्रस्तुत गर्नु भएको समय पश्चात उक्त प्रस्ताव सर्वसम्मत पारित भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |