२०८० मंसिर १४, बिहिबार
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका वैज्ञानिकहरुले पृथ्वीभन्दा कैयन् प्रकाशवर्ष टाढा एउटा विशाल बाह्य ग्रह फेला पारेका छन्, जसमा एउटा महासागर समेत रहेको घोषणा गरिएको छ ।
नासाका अनुसार सो ग्रहमा जीवनको सम्भावना रहेकोतर्फ संकेत गर्ने एक रसायन समेत फेला परेको छ ।
नासाको जेम्स वेब टेलिस्कोपले उक्त ग्रहको खोज गरेको हो । केटू-१८बी नाम दिइएको उक्त एक्जोप्लानेट अर्थात् बाह्य ग्रह पृथ्वीभन्दा ८.६गुणा ठूलो छ । उक्त ग्रहको वातावरणको जाँचका क्रममा मिथेन तथा कार्बन डाइअक्साइड समेतका कार्वनको प्रभावयुक्त अणुहरुको उपस्थिति रहेको पत्ता लागेको छ ।
जेम्स वेबको खोज हालैको अध्ययनसँग सम्बन्धित छ, जस अनुसार केटू-१८बी एउटा हाइसिन एक्जोप्लानेट हुनसक्छ जसमा हाइड्रोजन समृद्ध वातावरणका साथै महासागरले ढाकिएको अवस्थामा रहेको सम्भावना छ ।
नासाले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार बसोबास योग्य क्षेत्र भएको उक्त बाह्य ग्रहको वायुमण्डलीय गुणहरुका बारेमा पहिलो जानकारी चाहीँ नासाको हबल स्पेस टेलिस्कोपबाट प्राप्त भएको थियो ।
उक्त नयाँ खोजले आगामी दिनको अनुसन्धानका लागि वैज्ञानिकहरुलाई प्रेरित गरेको छ । यो खोजले प्रणालीका बारेमा आफ्नो बुझाइलाई नै परिर्वन गरिदिएको नासाको भनाइ छ ।
के हो केटू-१८बी ?
बसोबासयोग्य चिसो क्षेत्र समेत रहेको यो बाह्य ग्रहले केटू-१८ नामक ताराको परिक्रमा गरिरहेको छ । यो पृथ्वीबाट १२० प्रकाशवर्ष टाढा रहेको छ ।
यस्ता बाह्य ग्रहहरु जसको आकार पृथ्वी र वरुणको बीचमा छ, उनीहरु सौर्यमण्डलका कुनैपनि पिण्डभन्दा निकै फरक हुन्छन् । यसको वायुमण्डलको प्रकृति खगोलविदहरुका बीचमा सक्रिय बहसको विषय बनेको छ । यो खोजले बाह्य ग्रहमा जीवनको खोजी गर्ने दिशामा नयाँ आशाको सिर्जना गरेको दाबी नासाको छ ।
क्याम्ब्रिज विश्वविद्यालयका खगोलशास्त्री तथा उल्लेखित शोधका प्रमुख लेखक निक्कू मधुसुदनका अनुसार परम्परागत रुपमा बाह्य ग्रहहरुमा जीवनको खोजी मूख्य रुपमा साना चट्टानी ग्रहहरुमा केन्द्रित रहँदै आएको छ ।
तर ठूला हाइसिन ग्रहहरु वायुमण्डलीय धारणाका लागि निकै अनुकूल हुन्छन् । ती ग्रहमा मिथेन तथा कार्वन डाइअक्साइड हुनुर एमोनियाको कमीले गर्दा त्यहाँ हाइड्रोजनयुक्त वातावरणको तल एउटा महासागर भएको परिकल्पनालाई समर्थन गर्दछ ।
-एजेन्सीको सहयोगमा
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |