२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ३३ हजार ६ सय घर परिवार स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा रहेका सबै ८ वटा पालिकामा गरि हाल सम्म ३३ हजार ६ सय घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएको स्वास्थ्य विमा बोर्ड नवलपुर शाखाका दर्ता अधिकारी ध्रुवराज वोगटीले बताउनुभयो ।
नवलपुरमा विस २०७७ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएकोमा हाल सम्म यो सङ्ख्यामा घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएको दर्ता अधिकारी बोगटीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै गैँडाकोट नगरपालिकामा ८ हजार ६५३ घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएका छन् । कावासोतीमा ७ हजार ९४३ , देवचुलीमा ६ हजार ८१९ र मध्यविन्दु नगरपालिकामा ५ हजार ४० घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
जिल्लाको हुप्सेकोट गाउँपालिकामा २ हजार ३६, विनयी त्रिवेणीमा १ हजार ३०८ , बौदीकालीमा ९ सय ५५ र बुलिङटारमा ८ सय ४६ गरि कुल ३३ हजार ६ सय घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएको दर्ता अधिकारी बोगटीले बताउनुभयो ।
मुख्य गरि राजमार्ग क्षेत्रका पालिकामा धेरै घरपरिवार स्वास्थ्य बिमामा आवद्ध भएका छन् । स्वास्थ्य बिमा कार्यक्रम मार्फत सेवा प्रदान गर्ने भरतपुरका अस्पताल नजिक हुने हुँदा गैँडाकोट नगरपालिकामा अझै धेरै स्वास्थ्य बिमामा आवद्ध भएको दर्ता अधिकारी बोगटीले बताउनुभयो । ‘जिल्लाका सबै पालिकामा स्वास्थ्य बिमामा आवद्ध हुने परिवारहरू बढ्दो रहेको छ, अझै राजमार्ग र सेवा प्रदान गर्ने अस्पताल नजिक हुने पालिकामा धेरै घरपरिवार बिमा कार्यक्रममा आवद्ध भएका छन् ’ दर्ता अधिकारी बोगटीले भन्नुभयो ।
नवलपुरमा रहेका सबै पालिका भित्रका प्रत्येक वडामा दर्ता सहयोगी राखिएको उहाँले बताउनुभयो । बिमा कार्यक्रममा आवद्ध गराउन दर्ता सहयोगी वडा वडामा खटिएको दर्ता अधिकारी बोगटीले बताउनुभयो । जिल्लामा स्वास्थ्य बिमामा आवद्ध परिवारले यसको लाभ लिने क्रममा समेत उत्तिकै रहेको उहाँको भनाई छ । जिल्लामा बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको उहाँको भनाई छ । नवलपुरका जिल्ला अस्पताल देखि नजिकै रहेको चितवनका ठूला अस्पताल बिमा कार्यक्रममा समावेश भएकाले समेत यहाँ बिमा कार्यक्रम प्रभावकारी भएको उहाँको भनाई छ ।
नवलपुरका विसं २०७८ को जनगणना अनुसार ९३ हजार ९२५ घरपरिवार रहेका छन् । हाल सम्म यसको ३५ दशमलब ७७ प्रतिशत घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन्
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |