२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपुरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ। जेठ २३ गते मंगलबारबाट प्रतियोगिता सुरु हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो ।
प्रदेश खेलकुद परिषद गण्डकीकाे प्रायाेजन र जिल्ला खेलकुद विकास समितिकाे आयाेजनामा खेल हुन लागेको हाे । कावासाेती १७ स्थित सरस्वती मावि गाेछडाकाे खेलमैदानमा प्रतियोगिता हुने अध्यक्ष पुनले बताउनुभयो ।
२५ गते फाइल खेल हुने प्रतियोगितामा नवलपुर ,स्याङ्जा ,तनहुँ ,लमजुङ ,गाेर्खा र बाग्लुङ गरि ६ जिल्लाकाे सहभागीता हुने आयाेजकले बताएको छ । उद्घाटन खेल नवलपुर र गाेरखाबिच हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष पुनले बताउनुभयो । प्रतियोगिता विजेतालाई ५० हजार ,उप विजेतालाई ३० र सेमिफाइनलमा पुगेका टिमलाई १०/१० हजार प्रदान गरिने उहाँले बताउनुभयो ।
नवलपुरमा हालैकाे वर्षमा विभिन्न खेलकुदका कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समिति नवलपुरका प्रवक्ता कृष्ण पाण्डेले बताउनुभयो । जिल्लाले विभिन्न प्रतियोगितामा पदक जितेको समेत बताउनुभयो । उहाले आगामी दिनमा सबै पालिकामा खेलकुद समिति , खेल प्रशिक्षण , खेलकुद विकास समितिकाे भवन निर्माण ,विभिन्न खेलकुदका प्रशिक्षक तयार लगायतका याेजना रहेको समेत प्रवक्ता पाण्डेले बताउनुभयो ।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रिधर शर्माले प्रदेशले खेलकुद र पर्यटनलाई जाेडेर अघि बढाउन लागेकाे बताउनुभयो । शाहासिक खेल र परम्परागत खेललाई प्राेत्साहन गर्दै खेल र पर्यटन जाेड्दै जान सकिन उहाँकाे भनाइ छ । गाेछडामा खेल गर्नु समेत पर्यटनलाई जाेड्नु उधेश्य रहेको बताउनुभयो ।
बालबालिकालाई खेल मैदानमा ल्याउने,सिकाउने र विभिन्न प्रतियोगितामा पुर्याउने र टिकाउने गरि लाग्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि “स्कुल देखि ओलम्पिक सम्म ” कार्यक्रम संचालन गरिने उहाँले बताउनुभयो ।
गाउँ तहसम्म पुगेर लुकेर रहेका खेलाडी खाेजी खेलकुदमा अघि बढाउन “खेल्छ गण्डकी ” कार्यक्रम समेत अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।
संस्थागत विकास र परिचालन गर्दै खेलकुदकाे विकासमा लाग्नुपर्ने र यसकाे लागि याेजना बनाएर अघि बढ्ने तयारी गरिएको सदस्य सचिव शर्माले बताउनुभयो ।समग्रमा खेलकुदकाे विकासका लागि प्रदेश खेलकुद परिषद लागेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |