२०८० मंसिर २५, सोमबार
कावासोती । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् नेकपा (एमाले) का प्रमुख सचेतक रोशनबहादुर गाहाले प्रदेश सरकारले गाउँ स्तरमा सञ्चालन गरेका योजनाहरुको अनुगमन गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र नं.१(२) को बुलिङटार गाउँपालिका अन्तरगत वडा नं. ४ मा सञ्चालित योजनाहरु मध्ये बोझा पोखरीमा निर्माण गरिएको खानेपानी टंकी, बोझा गाउँमा निर्माण गरिएको तीनकन्या आधारभूत बिद्यालयको भवन, उपल्लो अर्खलामा खानेपानी टंकी, सिङचाङमा निर्माण गरिएको सडकको उहाँले अनुगमन गर्नुभएको हो ।
यो योजना केही प्रदेश आफै र केही स्थानीय तह मार्फत कार्यन्वयन भएका हुन् । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा, सदस्यहरु सम्झना सार्की, पिनकुमारी चितौरे लगाएत जनप्रतिनिधिहरुको सहभागी रहेको थियो ।
अनुगमनमा आएको टोली संग युवा अगुवा विद्रोही गिरीले बुलिङटारलाई बस्न योग्य गाउँ र हेर्न लायक ठाउँ बनाउनका लागि सबै तहका जनप्रतिनिधिहरु तथा सबै पक्षबाट सहयोग हुन जरुरी भएको बताउनुभयो । कम्तीमा पनि गाउँमा आधारभूत कुराहरु पुग्नु पर्र्यो युवा अगुवा गिरीले भन्नुभयो– योजना बन्नु ठुलो कुरा होइन त्यो कार्यन्वयन तहमा कस्तो छ भन्ने कुरा जनप्रतिनिधि निकायहरुले ध्यान दिनु पर्छ’ ।
पाँच बर्षमा बुलिङटारमा आधारभूत कुरा पुग्यो भन्ने कुरा स्थापित हुँदा मात्र जनप्रतिनिधिहरु सफल हुने भएकाले त्यसमा ध्यान केन्द्रित गर्न गिरीले आब्हान गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |