२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपुरकाे कावासाेतीमा भएको जिल्ला स्तरीय बालबालिका खेलकुद प्रतियोगितामा महाराजा आवासीय विधालय कावासाेती प्रथम भएको छ। प्रतियोगितामा ४ स्वर्ण,३ रजत र ४कास्य सहित प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरकाे आयाेजनामा भएको प्रतियोगितामा दिपेन्द्र आधारभूत विधालय ४ स्वर्ण र १ रजत सहित द्वितीय भएको छ। यसै गरि ३ स्वर्ण ,६ रजत र ७कास्य सहित नवदुर्गा आधारभूत विधालय कावासाेती २ तृतीय भएको छ।
प्रतियोगितामा सबै भन्दा धेरै पदक कावासाेती २ काे नवदुर्गा आधारभूत विधालयले १६ पदक प्राप्त गरेको छ।
बालबालिका खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ दाैड,सटफुट,जेब्लीङ थ्राे, हाइजम्प, लङजम्प,त्रिपल जम्प गरि छात्र/छात्रा दुवै गरेर विभिन्न २० वटा इभेन्ट भएको थियाे। बालबालिका प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका छात्र/छात्रा सहभागी रहेका थिए।
प्रतियोगितामा जिल्ला भरिका ११ वटा विधालय सहभागी भएका थिए ।
प्रतियोगितामा छात्र तर्फ सर्वाेत्कृष्ट महाराजा आधारभूत विधालयका सुजल पुन, छात्रा तर्फ महाराजाकै जिविका मल्ल र दुर्गा आधारभूत विधालय मध्यविन्दु ६ रितिका कुमाल सर्वाेत्कृष्ट भएकाछन्।
बालबालिकालाई खेलकुद तर्फ आकर्षित गर्दै उनिहरुका प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयाेजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष पुनले बताउनुभयो ।
बालबालिकाकाे शारीरिक ,मानसिक र भावनात्मक रुपमा विकासलाई प्रतियोगिताले सहयाेग पुर्याएकाे शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि तिलक खड्काले बताउनुभयो ।
नवदुर्गा आधारभूत विधालयका प्रअ टिकाराम डुम्रेले बालबालिकाकाे प्रतिभा प्रस्फाेटन गराउन र खेल प्रति आकर्षित गराउन प्रतियोगिताले सहयाेग पुगेको बताउनुभयो ।
विजेता ,उप विजेतालाई पदक तथा मेडल प्रदान गरिएकाे थियाे । कार्यक्रम समापन सत्रकाे संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य कृष्ण पाण्डेले गर्नुभएको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |