• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

नवलपुर प्रेस ११६७ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र १२, आईतबार (३ साल अघि)

‘टेस्टट्युब बेबी’ को कुरा अहिले त्यति नयाँ त होइन । यद्यपि यसबारे अझैपनि धेरैलाई प्रष्ट जानकारी छैन ।

खासमा टेस्टट्युब बेबी उनीहरुका लागि बरदान हो, जुन दम्पतीले प्राकृतिक रुपमा सन्तान जन्माउन सकेका छैनन् । निःसन्तान दम्पतीले बच्चा जन्माउनका लागि अपनाउन सक्ने पछिल्लो प्रविधि हो यो ।

यो त भयो, आधारभूत जानकारी । तर यसलाई अझ मिहिन रुपमा पनि बुझ्नुपर्ने हुन्छ । टेस्टट्युबबाट कसरी बच्चा जन्माइन्छ ? यसको विधि एवं प्रक्रिया के हो ?

यसरी जन्माइन्छ टेस्टट्युब बेबी

सामान्य अवस्थामा दम्पतीको शारीरिक सम्बन्धपछि पुरुषको शुक्रकीट महिलाको डिम्बमा निषेचन भएर पाठेघरमा गर्भको विकास हुन्छ ।

यसैगरी टेस्टट्युब बेबी जन्माउँदा बाबुको शुक्रकीट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर निषेचन (फर्टिलाइज) गरिन्छ । यसरी निषेचन गर्दा बाबुको शुक्रकीट र आमाको डिम्ब भने मेल हुन जरुरी छ । शुक्रकीट र डिम्बलाई कुनै ल्याबमा निषेचन गराइसकेपछि पुनः आमाको पाठेघरमा राखिन्छ । अतः गर्भ पाठेघरमा नै हुर्काएर जन्माइन्छ ।

यस्तो प्रक्रियालाई अंग्रेजीमा ‘इन भिट्रो फर्टिलाइजेसन’ भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकीटलाई ल्याबमा निकालिने भएकाले यसलाई टेस्टट्युब बेबी वा ‘आईभीएफ’ भनिएको हो ।

प्रसूति विधि कस्तो हुन्छ ?

विभिन्न समस्या भएका कारण नै टेस्टट्युब विधिलाई अपनाउने गरिन्छ । त्यसैले सामान्य अवस्थामा भन्दा टेस्टट्युब बेबी विधिबाट प्रसूति गराउँदा बढी हेरचाह गरिन्छ नै । यो विधिमा सामान्यतया सिजरियनबाटै प्रसूति गराइने भएपनि स्वास्थ्यमा खास समस्या छैन भने नर्मल डेलिभरी पनि गराउन सकिन्छ ।

एकभन्दा बढी बच्चा जन्मिने सम्भावना

सामान्य गर्भधारणभन्दा भने यो फरक हुन्छ । सामान्य गर्भधारण हुँदा एक वा दुईवटा अण्डाबाट हुन्छ । टेस्टट्युब बच्चाको लागि विभिन्न हार्मोन दिएर थुप्रै अण्डा बनाइन्छ र दुईभन्दा बढी अण्डालाई फर्टिलाइज गरिन्छ । एउटा मात्र गर्दा फर्टिलाइज नहुन सक्ने पनि भयो । त्यसैले टेस्टट्युब विधिमा दुई–तीन जना बच्चा जन्मिएको हामीले सुन्छौं ।

कति सजिलो ?

आईभीएफ सामान्यतया धेरै उमेर भएका महिला तथा पुरुषमा गरिन्छ । जसमा दुवैतिरको अण्डानलीहरू बन्द भएको वा अण्डाको स्टोर एकदमै कम भएको हुन्छ । जति औषधि दिंदा पनि अण्डा बनाउन सकिएन भने आईभीएफ गर्नुपर्छ । पुरुषमा शुक्रकीट एकदमै कम भएको अवस्था वा सामान्य भएपनि फर्टिलाइज नभएको अवस्थामा आईभीएफ गर्नुपर्छ ।
तीन चार पटकसम्म बच्चा बस्ने तर गर्भ खेर जाने भयो भने पनि आईभीएफ गर्नुपर्छ । पाठेघरको बनावट राम्रो छैन भने पनि गर्नुपर्छ । आमामा मधुमेह उच्च रक्तचाप अनियन्त्रित अवस्थामा छ भने चाहिं आईभीएफ नगर्नु राम्रो हुन्छ । आईभीएफ गर्दा हार्मोन दिइने हुँदा त्यसले झनै मधुमेह र उच्च रक्तचाप बढ्न सक्छ ।

टेस्टट्युब बेबी सबैखाले निःसन्तान दम्पतीको लागि आवश्यक पर्दैन । पहिले त हामी के कारण उहाँहरूको बच्चा भइरहेको छैन ? त्यो हेर्नुपर्छ । नली बिग्रिएको छ, अण्डाशयमा अण्डा बनेन, बने पनि बढेन, पाठेघरको नली बन्द भयो, श्रीमानकै वीर्य पुगेन वा विभिन्न रोगको कारण झिल्ली पातलो भएमा टेस्टट्युब बेबी एउटा राम्रो उपाय हुन सक्छ ।

विभिन्न कारणले सन्तान भइरहेको छैन । सन्तान प्राप्तिको लागि आमाबुबा टेस्ट ट्युब विधि अपनाउन तयार हुनुपर्‍यो । डाक्टरको सल्लाहअनुसार औषधिको सेवन र फलोअप गर्नुपर्छ । यो विधि अपनाउन आमाको पाठेघर स्वस्थ हुनुपर्छ ।

कति खर्च ?

नेपालमा टेस्टट्युब बच्चा जन्माउन तीनदेखि पाँच लाख खर्च लाग्छ । टेस्टट्युबको लागि विभिन्न औषधिको प्रयोग गर्नुपर्ने भएकाले त्यही अनुरूप खर्च घटबढ हुन सक्छ ।

टेस्टट्युबबाट बच्चा नजन्मिने अवस्था पनि हुन्छ ?

आमाको पाठेघरको परत एकदमै पातलो छ र औषधि दिंदा पनि परत बाक्लो हुन सकेन भने बच्चा नबस्ने सम्भावना हुन्छ । यस्तै आमाको स्वास्थ्य अवस्था खराब छ, मधुमेह र उच्च रक्तचाप नियन्त्रणभन्दा बाहिर छ भने पनि टेस्टट्युबबाट बच्चा नबस्ने हुन सक्छ ।

साथै पाठेघर एकदमै साँघुरो हुँदा पनि बच्चा बस्न नसक्ने अवस्था हुन्छ । तर अहिले टेस्टट्युब विधिमा नयाँ नयाँ प्रविधि भित्रिएको छ । पाठेघरमा खराबी छ भने त्यसको उपचार गरेर पनि यो विधि अपनाउन थालिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%
प्रतिक्रिया दिनुहोस
खोज तथा अनुसन्धान सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution