२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको देवचुली नगरपालिकामा किशोरीमैत्री अध्ययन केन्द्र निर्माण हुँदैछ ।
देवचुली १० पृथ्वीनगरमा निर्माण थालिएको अध्ययन केन्द्र जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजर ल्याण्डको सहयोगमा निर्माण गर्न लागेको हो ।
किशोरीहरूको लागि खुला विश्वविद्यालयका रुपमा विकास गर्ने उद्देश्यले अध्ययन केन्द्र निर्माण थालिएको जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो । प्रविधियुक्त हल स्थापना गरी बालबालिका र किशोरीहरूलाई आवश्यक ज्ञान शिप प्रदान गर्ने उद्देश्यले किशोरीमैत्री अध्ययन केन्द्र निर्माण थालिएको पौडेलले बताउनुभयो । बालबालिका र किशोरीसँग सम्बन्धित नेपाल सहित विश्वका देशहरूमा भएका नीति ,कानून , वृत्तचित्र , भए गरेका काम ,किशोरीहरूको गतिविधि , पुस्तक र सूचना लगायत बारेमा एकै ठाउँबाट जानकारी प्राप्त हुने पौडेलले बताउनुभयो ।
निर्माण सम्पन्न भएपछि यस अध्ययन केन्द्रबाट बालबालिका र किशोरीका कार्यक्रम सञ्चालन गरिने जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताउनुभयो । ‘एकै ठाउँबाट बालबालिका र किशोरीहरूको बारेमा जानकारी दिने , उनीहरूका लागि आवश्यक पर्ने सानादेखि ठूला स्तरका तालिम सञ्चालन गर्ने , इ – लाइब्रेरी , प्रविधियुक्त सुविधा सम्पन्न हल लगायतका संरचना निर्माण गरिने छ । ’ महासचिव शर्माले भन्नुभयो – ‘हामिले यस अध्ययन केन्द्रलाई नमुनाका रुपमा स्थापित गर्न खोजेका छौँ । किशोरी सशक्तिकरणमा यस अध्ययन केन्द्रले टेवा पु¥याउछ भन्ने विश्वास लिएका छौँ । ’
करिब पाँच करोडको लागतमा निर्माण थालिएको अध्ययन केन्द्र यसै वर्षभित्र निर्माण सम्पन्न हुने शर्माले जानकारी दिनुभयो ।
जागृती बाल तथा युवा सरोकार नेपालले बालबालिका र किशोरी अधिकार सँगै युवा, महिला , वातावरण ,आय आर्जन र पोषणको क्षेत्रमा काम गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |