२०८० मंसिर १५, शुक्रबार
सृजना पौडेल
कावासोती । नेपाली बिनाको नेपाल कस्तो होला कल्पना गर्दा पनि डरलाग्छ। म मेरो आसपास नै हेर्छु म सँगसँगै पढेका साथीहरू पनि त म संग छैनन् ।मेरा धेरै साथीहरू विदेशिइसकेका छन भन्छन् अब आइदैन नेपाल र म सँगै भएका केही साथी भन्छन् विदेश जान मात्र पाए फर्केर आउने थिइन नेपाल। साथीहरू बिनाको म अनि नेपाली बिनाको नेपाल उस्ताउस्तै त होला नि ।
किन बस्न मन छैन त युवा जमातलाई नेपाल ?
युवा जमातले खोजेको विकास हो, युवा जमातले खोजेको नवक्रान्ति हो, युवा जमात ले खोजेको रोजगार हो, युवा जमातले खोजेको सोच्छ राजनीति हो के यो सब छ त नेपालमा छैन भने कहिले हुन्छ? कति समय लाग्छ? के नेपाल विकास होला त? साथीहरू सोध्छन् कहिले आउँछौ विदेश ? कुनै समय थियो विदेशमा हुनुभएका आफन्तलाई सोधिने गरिन्थ्यो नेपाल कहिले आउनु हुन्छ ? भन्ने गरिन्थ्यो अब नेपालमै आउनु नेपालमानै केही गर्नु पर्छ भनेर, तर अहिले परिस्थिति विपरीत भएको छ अहिले विदेश हुनु भएको आफन्त साथीहरूले सोध्नु हुन्छ विदेश कहिले आउँछौ भन्नु हुन्छ । नेपालमा बसेर केही काम छैन अझै ५÷७ वर्ष नेपाल बस्नु हुन्न आर्थिक मन्दी छ समय बर्बाद नगर जाउ विदेश भन्दैहुनुहुन्छ नेपालमानै हुनुभएका आफन्त पनि ।
साथीहरू सँग बसेर गफ गर्ने क्रममा पनि विदेश को कुरा नै हुने गर्छ । सबै साथीहरू को समुह विदेश जान्छु भन्ने मानसिकता बोकेको छ र सोध्छन् के तिमी विदेश जान्नौँ साँच्चै? अनि म भन्छु विदेश नजाने साथी। उनीहरू भन्छन् पछि पछुताउनु भन्दा जाम हीन संगै जाउ । के नेपालमा नै बसेर केही गर्छु भन्ने मेरो निर्णय गलत हो त ? नेपालमानै केही राम्रो गर्न सकिन्छ भन्ने सोच्नु मेरो साँेच गलत हो त ?
यो सबै कुराको मुल्याङकन गर्ने जिम्मा समयलाई दिएकी छु हेरूँ परिणाम के आउँछ ?
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |