२०८० मंसिर १६, शनिबार
दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको १२ औँ गाउँसभा ( हिउँदे अधिवेशन) को उद्धघाटन सत्र आज सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा १२ औँ गाउँसभाको उद्धघाटन सत्र आज भएको हो ।
गाउँपालिका अध्यक्ष घनश्याम गिरीकोे अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य लक्ष्मण बहादुर पाण्डेको प्रमुख आत्थ्यिता, प्रदेश सभा सदस्य दमयन्ती रुचालको विषेश आतित्थ्यतामा गाउँसभाको उद्धघाटन सत्र भएको हो । गाउँसभामा जिसस सदस्य कुलप्रसाद शर्मा,गाउँपालिका उपाध्यक्ष भगवती वैदवार क्षेत्री, वडा अध्यक्ष, कार्यपालिका सदस्य, लगायत जनप्रतिनिधी , प्रमुख प्रशासकिय अधिकृत बोधराज वस्याल,अध्यक्षका राजनितिक सल्लाहाकार इन्द्र क्षेत्री, स्वकिय सचिव संगम गिरी सहित गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
गाउँसभाको उद्धघाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डेले पालिकाको विकासका लागि आवश्यक ऐनहरु निर्माण गरि सोही अनुसार चल्न सके समृद्धि हासिल गर्न सकिने बनाउनुभयो । विकासका लागि चाहिने योजना र ऐनहरु निर्माण गरि सोही अनुसार खाका कोरी अघि बढे विकास र समृद्धि हासिल गर्न सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै आफू समेत विकास र समृद्धिका यात्रामा हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । यो भूगोल अन्यको तुलनामा विकासमा पछि परेको भन्दै यसको विकासका लागि प्रदेशसँगै संघ सरकार सम्म आफूले आवाज उठाउने बताउनुभयो । यहाँका हरेक क्षेत्रको विकासका लागि आफू लाग्ने समेत उहाँले बताउनुभयो । दुम्किबास –त्रिवेणी सडक निर्माणको विषय गण्डकी प्रदेशको नयाँ सरकार गठन भएपछि मुख्यमन्त्रीले समेत चासो दिनुभएकाले यसको निर्माण गरेर छाड्ने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य दमयन्ती रुचालले विकासको सवालमा सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । राज्यका भएका संरचना र त्याहाँबाट प्रदान गरिने सेवालाई जनतामैत्री बनाउदै थप विकासका काममा सबैसँग हातेमालो गरि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो भूगोलको विकासका लागि आफूले सक्दो पहलगर्ने समेत उहाँले बताउनुभयो ।
गाउँसभामा विभिन्न गाउँसभा सदस्यहरुले आफ्नो धारणा र जिज्ञासा सहित पालिकाको विकासका सन्दर्भमा सुझाव तथा जिज्ञासा राखेका थिए ।
गाउँसभामा बोल्दै सभाअध्यक्ष एवं गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकाको विकासका लागि आफूहरु लागेको बताउनुभयो । पालिकाको मुख्य रुपमा हेरिएको दुम्किबास–त्रिवेणी सडक निर्माण हुने विषयमा दुईमत नभएको बताउनुभयो । यसका लागि अहिले पनि निरन्तर आफूले पहल गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिका सहित गण्डकी प्रदेशेको नाकाको रुपमा रहेको यो सडक निर्माणका विषयमा विगत देखि हाल सम्म आउँदा धेरै कुरा अघि बढेकाले यो बाटो बनाउनुको विकल्प नभएकाले बनि छाड्ने बताउनुभयो । यस बाहेक अन्य विकासका काम अघि बढेको उहाँले बताउनुभयो । अध्यक्ष गिरीले गाउँपालिकाबाट प्रदान गरिन सेवा प्रवाहा ,शिक्षा,स्वाथ्यको सुधार, कृषि र पशुपालनको विकास सहित सबै क्षेत्रको विकासका लागि आफू सहितको टिम लाग्ने बताउनुभयो । अध्यक्ष गिरीले गाउँपालिका र यहाँका शाखागत रुपमा भएका कामको समिक्षा गरेर थप सुद्रिढ रुपमा काम गर्नेगरि लाग्ने बताउनुभयो ।
गाउँपालिकाको आयस्रोत बढाउने काममा समेत पहल भइरहेको उहाँले बताउनुभयो । खोलालाई मात्र आन्तरीक आम्दानीको स्रोत मानेर आफू नबस्ने र पालिका भित्र रहेका अन्य स्रोत खोजीका लागि समेत निरन्तर पहल भएको उहाँले बताउनुभयो ।
आज भएको गाउँसभाको उद्धघाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन कृष्णप्रसाद अर्यालले गर्नुभएको थियो । १२ औँ गाउँसभाको बन्द सत्र केही दिनपछि संचालन हुने जनाइएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |