२०८० मंसिर १४, बिहिबार
दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –१, दुम्किबासमा रहेको भानूदय मावि दुम्किबासले स्वर्ण जयन्ती मनाउँदै छ । विद्यालयले स्थापनाको ५० वर्ष पार गरेको उपलक्ष्यमा स्वर्ण जयन्ती विशेष कार्यक्रम गर्न लागेको विद्यालयका प्रधानाध्यापक बलराम सुवेदीले जानकारी दिनुभयो ।
विद्यालयले पुस १४ गते मूल समारोह कार्यक्रम गर्ने गरि तयारी गरेको छ । त्यस यता आज देखि ९ गते सम्म विज्ञान प्रर्दशनी, ७ गते रक्तदान कार्यक्रम सहित स्वास्थ्य शिविर, ८ गते मार्चपास, ९ गते सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम १० गते सरस्वतीको मूर्ति अनावरण, सास्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम गरिने प्रधानाध्यापक तिवारीले बताउनुभयो ।
११ गते जग्गादाता स्व। विष्णु कुमारी थापा, स्व। जगत बहादुर सिंजापती मगर , पहिलो विद्यालय व्यवस्थापन समिति अध्यक्ष स्व। रस बहादुर गुरुङको शालीक अनावरण ,पुरस्कार वितरण लगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।
१२ गते स्रष्टा सम्मान तथा गुरु सम्मान कार्यक्रम तय गरिएको छ। जस अन्र्तगत भाषा संस्कृतिको क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु चुडामणी बन्धु रेग्मी, डा. गुणनिधि पोखरेल, डा. फत्तबहादुर बैदवार, डा. यम बहादुर विक., डा. एक नारायण पौडेल ,स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तित्वहरू डा. सूर्यज्योति श्रेष्ठ, डा. विद्याज्योती श्रेष्ठ, डा. भद्र हमाल, डा। निरजकुमार रौनियार, विनयी त्रिवेणी गा।पा।को पहिलो पाइलट स्व। राजेश गुरुङ ९मराजोपर्यन्त सम्मान गरिने० कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल कलवारले बताउनुभयो ।
यसै गरि साहित्यकार स्व। रमेश हरिलट्ठक सापकोटा (मरणोपरान्त सम्मान गरिने), पहिलो अङ्ग्रेजीमा गजल रचना गर्ने अंग्रेजी साहित्यकार शिव बराल , खेलकुद क्षेत्रमा योगदान दिने राष्ट्रिय व्यक्तित्व सुमन अर्याल, ठक बहादुर गुरुङ्ग (फुटबल), नविना विक (कबडी), अप्सरा विक. (२०० मि.दौड), अमृत कार्की , र मनिला, सन्दीप विक, मुरारी व घिमिरेलाई समेत सम्मान गरिने कार्यक्रम रहेको छ ।
पुस १३ गते लोक कलाकार कृष्ण कँडेल सहित इन्द्रेणी कलाकेन्द्रको बृहत प्रस्तुती रहेको अध्यक्ष कलवारले बताउनुभयो । स्वर्ण जयन्तीको मूल समारोह पुस १४ गते हुने छ । सो दिन जग्गादातालाई सम्मान, स्वर्ण स्तम्भ अनावरण कार्यक्रम हुने छ । मूल समारोह कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतित्थ्यतामा हुने तयारी गरिएको अध्यक्ष कलवारले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |