

कावासोती । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेपाली काङ्ग्रेसका डा. शशाङ्क कोइरालाले यदि काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने परिस्थिति बन्यो भने आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताउनुभएको छ ।
विजयी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘संसदीय दलको नेतामा मेरो उम्मेद्वारी रहन्छ । प्रधानमन्त्रीको लाइनमा शेर बहादुर देउवा आफैँ हुनुहुन्छ होला गगन थापा लगायतका धेरै नेताहरू प्रधानमन्त्री बन्न लायक छन् । त्यसमा म पनि छु । ’
नवलपुरको विकासका सन्दर्भमा उहाँले आफ्नो प्राथमिकता ट्रमा सेन्टर र अन्तराष्ट्रिय खेल मैदान , वैकल्पिक मार्ग त्रिवेणीदेखि देवघाटसम्म बनाउने बताउनुभयो । उहाँले भन्नुभयो – ‘नवलपुरको विकासमा मेरो धेरै योजना छ , ट्रमा सेन्टर र अन्तराष्ट्रिय खेल मैदान त म बनाउँछु बनाउँछु । त्यसबाहेक वैकल्पिक मार्ग त्रिवेणीदेखि देवघाटसम्म , कृषि क्षेत्रको विकास र युवा र महिलाका लागि रोजगारी सृजना । ’
अब सरकार कस्तो बन्छ भन्ने प्रश्नमा उहाँले अब गठबन्धनकै सरकार बन्ने बताउनुभयो । गठबन्धनको सरकार बनेपछि त्यसलाई स्थायित्व गर्नुपर्ने दायित्व रहने र पाँच वर्षका लागि स्थायित्व दिने भन्दै उहाँले प्रतिबद्धता समेत जनाउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |