

कावासोती । नवलपुरको प्रतिनिधि सभा तर्फ दुई वटा निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसले अग्रता कायमै राखेको छ ।
यो समाचार तयार पार्दा सम्मको पछिल्लो नतिजा अनुसार निर्वाचन क्षेत्र नम्बर एकमा ४३ हजार १ सय ९९ मतगणना हुँदा गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका नेपाली काङ्ग्रेसका डा. शशाङ्क कोइरालाले १४ हजार २ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चुनाब चिन्हका उम्मेद्वार राजन गौतमले १२ हजार ४ सय ७८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका कृष्ण पौडेलले ११ हजार ५ सय ७५ मत प्राप्त गरेर तेश्रो स्थानमा रहनुभएको छ । अहिलेसम्म काङ्ग्रेसका कोइरालाले १ हजार ७४० मतले अग्रता लिनुभएको छ ।
यस्तै निर्वाचन क्षेत्र नम्बर दुईमा गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएका नेपाली काङ्ग्रेसका विष्णु कुमार कार्कीको अग्रता कायमै छ । सुरुआत देखि नै उहाँको अग्रता रहेको छ । ८५ हजार ३९९ मत खसेको दुईमा ४६ हजार ८१३ मत गणना गर्दा कार्कीले १९ हजार १२ मत र नेकपा एमालेका तिलक महतले १८ हजार ३५१ मत प्राप्त गर्नुभएको छ । नवलपुर दुईमा जम्मा ४० वटा वडा छन् । जसमा गणना भएको वडाहरु कावासोती, ३,४,१४,१५,१६,१७ सबै ,मध्यविन्दु,३,१०,१२,१४ विनयी त्रिवेणी ,६,७ बौदिकाली,२,४ हुप्सेकोट,१,२,३,४,५,६ सबै रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |