• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

दयाराम आचार्य १८०७ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार (३ साल अघि)

नवलपुर । देशको सुदूरमा महिला कुस्तीका खेलाडीहरू उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा भएको कुस्ती खेल अन्र्तगत महिला तर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका ७ जना महिला खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् । १० वटा स्वर्ण मध्य ७ स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ ।
सातवटा प्रदेश र तीन विभागीय टिम सहित दश समूह प्रतिस्पर्धामा रहँदा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धामा सहभागि ५ र नेपाली सेनाबाट सहभागिता जनाएका दुई जना, जो सुदूरपश्चिम भूगोलका रहेका थिए । उनीहरूले स्वर्ण पदक जितेका हुन् ।
नेपालको भूगोलमा सूदुरलाई विकट मानिन्छ । संघीय राजधानीबाट कयौं माइल पर, दूरदराजको पहिचान बोकेको सुदूरले अर्को पहिचान बनाउन कसिएको छ । महिला कुस्तीको उर्वर क्षेत्रको रुपमा देशभर चिनाउने काम यति बेला सुदूरपश्चिमका महिला खेलाडीले गरेका छन् ।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरेका ५० केजी तौल समूहबाट दमन्ती बोहोरा, ५३ केजी तर्फ मनिषा सिंह, ५५ केजी तर्फ संगीता धामी ५९ केजी तर्फ कोमल खत्री र ७२ केजी तर्फ हेमा भट्टले स्वर्ण जिते ।
नेपाली सेनाले ५ स्वर्ण जित्दा ६५ केजी तर्फ निर्मला जागरी र ६८ केजी तर्फ मिरा आउजीले स्वर्ण पदक प्राप्त गरे । यि दुवै महिला खेलाडी समेत सुदूरपश्चिमकै भूगोलका हुन । यसरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट महिला कुस्तीको गर्विलो उपस्थिति भएको छ ।
स्वर्ण पदक विजेता मनीषा सिंहले भन्नुभयो ‘सुदूरपश्चिमलाई पदक दिलाएर चिनाउन पाउँदा धेरै खसुी लागेको छ , पहिला कुस्ती खेल्न भनेपछि कोही आउँथेनन् , अब सुदूरमा थप उत्प्रेरणा जाग्ने विश्वास छ।’
अभ्यासका लागि आवश्यक संरचना नहुँदा आँफूहरू लाई कठिन हुने गरेको सम्झदै मनिषाले भन्नुभयो ‘ खेल्नलाई ठाउँको व्यवस्था छैन्, हामी अभ्यास गर्न समेत राम्रोसँग पाउँदैनौ , यो मेडल जितेपछि ,अब पूर्वाधार विकासमा सरोकारवाला लाग्छन् भन्ने आशा छ ।’

अभ्यासका लागि हल सम्म नभएर कार्यालय कोठामा खेल खेल्नुपरेको बाध्यता सम्झदै संगीता धामीले भन्नुभयो ‘अब सबैको सहयोग आवश्यक छ, सुदूरपश्चिमलाई महिला कुस्तीले देशभर चिनाउनेछ, धेरै खेलाडी बढ्ने छन् , तर आवश्यक वातावरण तयार पार्नुपर्नेछ।’
सुदूरपश्चिमको नाम कुस्ती मार्फत देशभर चिनाउन महिला खेलाडीहरूको भूमिका ठूलो रहेको सुदूरपश्चिम प्रदेशका टिम कोचका रुपमा रहनु भएका नरेन्द्र खत्रीले बताउनुभयो । सुदूरपश्चिमबाट महिला कुस्तीमा सहभागिता राम्रो हुँदै गएको उहाँले बताउनुभयो । परिवारको सहयोगनै महिला खेलाडी उत्पादनको पहिलो आधार भएको उहाँ बताउनुहुन्छ । ‘हामीकँहा महिलाहरूलाई घरको कामसँग जोड्ने गरिन्छ, अझ सुदूरमा आँफै विचार गनुहोस् , ठूलो मिहिनेत लागेको छ, परिवारको सहयोग पनि उत्तिकै छ ,नत्र छोरीलाई सहज रुपमा हत्तपत्त कसैले पठाउँदैनन् ’ खत्रीले भन्नुभयो ‘हिजो छोरी कुस्तीमा लागि भनेर पिरगर्ने पनि छन् , राष्ट्रिय मेडल पाउँदा पक्कै खुसी हुनेछन् ।’
सुदूरपश्चिमा खेलका गतिविधिहरु कमहुने ,भएपनि प्रचारप्रसार नहुने, खेल्ने अखडा पनि नभएको क्षेत्रमा महिला खेलाडी उत्पादन गर्न धेरैको मिहिनेत परेको कोच खत्रीले बताउनुभयो । भारतका कुस्ती प्रशिक्षण केन्द्रमा गएर शिप सिकेर सुदूरमा सिकाउदै जाँदा अहिले यो अवस्थामा आईपुगेको उहाँको भनाई छ । ‘हामीले टिम बनायौं, मेहनेत गर्यो, सुदूरमा प्रचार पनि थिएन, खेलहरु पनि हुन्थेनन् , खेल्ने अखडा पनि थिएन , कुस्ती भनेको मधेसमा खेल्ने खेल भन्ने थियो । हामिलाई सुदूरलाई पनि त यो खेलबाट चिनाउन सकिन्छ भन्ने लाग्यो ,चासो जाग्यो,खेलाडी जम्मा गर्न लाग्यौं’ कोच खत्रीले भन्नुभयो ‘भारतको पटियालासम्म पुगेर कुस्तीका विधिहरु सिकेर आयौं ,सुदूरमा शिक्षा दिन लाग्यौं, आज यो परिणाममा पुगेको छ ।’
कुस्तीका लागि आवश्यक संरचनाहरु नभएकोमा उहाँले गुनासो गर्नुभयो । सुदूरपश्चिबाट राष्ट्रिय स्तरका कुस्तीका महिला खेलाडी उत्पादन भइरहेकाले भोली अन्तराष्ट्रिय स्तरका प्रतियोगितमा समेत सहभागिता जनाउन सक्ने भएकाले सरकारले सुदूरपश्चिमा खेलको विकासका लागि थप ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ सुदूरपश्चिममा खेलका संचरना छैन्,राज्यले सुदूरमा खेलको विकासका लागि लगानीमा खासै ध्यान दिएको छैन, हामी आँफैले खेलाडीको मनोबल बढाउँदै हिडेका छौं,अब राज्यको ध्यान समेत जान आवश्यक रहेको छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%५%३%१%
प्रतिक्रिया दिनुहोस
खेलकुद तथा मनोरञ्जन सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution