२०८० मंसिर १४, बिहिबार
किन उ जिस्की रहेको छ
पुरानो घाउ बल्झि रहेको छ
मन शीतल बनाउन खोज्दा
उल्टै नुनचुक दलिरहेको छ
वास्तवमै त्यही मनभित्र को पीडा
बल्झाउन त उ जिस्की रहेको छ।
मन पोलिरहेको छ
मुटु जलिरहेको छ
द्धन्द्ध बढि रहेको छ
हिंसा दोहोरीरहेको छ
माया घटिरहेको छ।
सम्बन्ध मजबुत बनाउन खोज्दा
उल्टै हाम्रो विश्वास को पतन भइरहेको छ
उ जिस्की रहेको छ
घाउ बल्झि रहेको छ
वास्तवमै तेही घाउ बल्झाउनै लागी त
उ जिस्की रहेको छ
की न की उ मेरो पुरानो दुस्मन हो
झुटा कुराहरूको व्यापार चलिरहेको छ
आफ्नो स्वार्थ पूरा गर्न झुटा कुराहरूको
बली चडाईरहेको छ ।
एउटा ठुलो गल्ती ढाकछोप गर्न खोज्दा
उल्टै सयौँ गल्तीहरू दोहोर्याई रहेको छ
उ जिस्की रहेको छ
घाउ बल्झि रहेको छ
वास्तवमै त्यो घाउ बल्झाउन
उ जिस्किएको भय
उ छिटै उडाउँदै छ।
सबै हजुरको हातमा
-सिमा लामिछाने
कावासोती ९
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |