• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

४ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

४ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

४ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि देखि नगर गैरवाको आयोजना सम्म

नवलपुर प्रेस १५८५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (४ साल अघि)

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ । नगर प्रमुख भिमलाल अधिकारले नगरपालिकाको ११ औं नगरसभाको पहिलो बैठकमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा सर्वसम्मत पारित भएको हो ।

नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि नगर गैरवको आयोजना सम्मलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भिमलाल अधिकारीले मध्यविन्दु नगरपालिकाको चोरमारालाई शैक्षिक तथा प्रशासनिक केन्द्र, अरुणखोलालाई व्यवपारिक केन्द्र, कोल्हुवालाई कृषि तथा पर्यटकीय केन्द्र र मध्यविन्दु–१३ र १४ लाई इको भिले र जडिवुटी उत्पादन केन्द्रको रुपमा बिकास गर्दै नगरका सबै वडालाई समृद्ध बनाउने योजना नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।

विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा प्रत्येक वडामा दुई दुई जना अगुवा कृषकलाई स्रोत कृषकको रुपमा तालिम प्रदान गर्ने, कृषि एम्बुलेन्स सञ्चालन, कृषि पकेटर जोन कार्यक्रम, बिउबिजनमा आत्मनिर्भर नगर निर्माणको लागि अनुदान लगायतको कार्यक्रम समेटिएको छ । नगरपालिकाले दुग्ध उत्पादक कृषकलाई दुग्धमा दिदै आएको अनुदान रकमलाई सतप्रतिशत बृद्धि गरी प्रतिलिटर २ रुपैयाँ पु¥याइएको छ भने उन्नत जातका पशुपालनको लागि विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिका भित्रका सबै कृषि तथा पशु प्राविधिकहरुको प्रोफाईल तयार गरी कृषकहरुलाई पशु प्राविधिकहरुबाट घर मै पुगेर सेवा प्रदान गर्ने व्यवस्था मिलाउने नगर प्रमुख भिमलाल अधिकारीले नीति तथा कार्यक्रममा जानकारी गराउनुभयो । कृषि उत्पादनको बृद्धिको लागि सबै स्थानमा सिँचाईको सहज पहुँच पु¥याउने कार्यक्रम समेटिएको छ ।

नगरपालिकाको आर्थिक बिकासको लागि उद्योग स्थापनाको वातावरण तयार गर्ने नगरमा सम्भाव्य लगनीका क्षेत्रको पहिचान गरी लगानीको लागि नीति क्षेत्रलाई आह्वान गर्ने कार्यक्रम समेटिएको छ । समान कामको समान ज्याला, विदेशको सिप स्वदेशमा उद्यम कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाको नारायणी नदी तटीय क्षेत्र देखि राकाचुँली क्षेत्र सम्मलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । होमस्टे सञ्चालन, इको भिलेज, सांस्कृतिक कला केन्द्र स्थापना लगायतको कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । मध्यवर्ती क्षेत्रमा जिप सफारी, पहाडी क्षेत्रमा पदमार्ग निर्माण गर्ने योजना नगरपालिकाको नीति तथा कार्यक्रममा रहेको छ ।

मध्यविन्दु नगरपालिकाको समग्र शैक्षिक बिकासको लागि नगर शैक्षिक सुधार कार्यक्रम लागु गर्ने, कक्षा ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सबै किसिमका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराउने कार्यक्रम शिक्षा तर्फ समावेश गरिएको छ । असल अभिभावक कार्यक्रम, घर नै पहिलो पाठशाला, मेरो गुरु दक्ष गुरु, मध्यविन्दु छात्रावृत्ति कार्यक्रम, विद्यावारती गर्ने नगरबासीलाई ५० हजार रुपैया अध्ययन अनुदान, शिक्षक, अभिभावक र विद्यार्थीलाई स्वदेश तथा विदेश शिक्षण भ्रमण लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

स्वास्थ्य तर्फ चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा बिकास गर्ने, घरमा सुन्य सुत्केरी कार्यक्रम, माझी मुसहर परिवारलाई निशुल्क स्वास्थ्य विमा लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरपालिकाको दीर्घकालिन योजना मार्फत नगरको समग्र बिकासको लागि नगर गैरवको आयोजना, वडा गौरवको आयोजना, नगर केन्द्र देखि वडा केन्द्र सम्म पक्की सडक लगायतका कार्यक्रम पूर्वाधार तर्फ समेटिएको छ भने मध्यविन्दु ७, ८ र १० मा व्यवस्थित शहर र अन्य वडामा मोडल गाउँको अवधारणा नीति तथा कार्यक्रममा आएको छ । यस्तै गिरुवारी र अरुणखोलामा तटबन्ध निर्माण गरी करिडोर निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

महिला तथा दलित जनजाति समुदायमा रहेको सिपलाई उद्यमसंग जोड्ने कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । महिला सिप बिकास, अपाङ्गता भएका व्यक्तिहरुको लागि विशेष कार्यक्रम, जेष्ठ नागरिक सम्मान कार्यक्रम, बालमैत्री नगर निर्माण, दलित उत्थान कार्यक्रम, जनजाति विशेष कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

युवा स्वरोजगार, युवा स्वयम् सेवक गठन कार्यक्रम समेटिएको छ भने नगरभित्रका विभिन्न रंगशालाको स्तरउन्नति, नियमित खेल सञ्चालन नीति तथा कार्यक्रममा आएको छ । विपद् व्यवस्थापनमा युवा स्वयम् सेवक परिचालन, विपद् व्यवस्थापन कोष स्थापना, दीर्घकालिन तटबन्धको लागि प्रदेश र संघीय सरकारसंग समन्वय कार्यक्रम नीति तथा कार्यक्रममा आएको छ ।

एक वन एक वन वाटिका, सामुदायिक वन बिकासको साझेदार, गरिवी निवारण, फोहर व्यवस्थापन, खानेपानीको सुनिश्चितता, भूमि सम्बन्धि समस्या सामाधान लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

यस अगाडी नगर सभाको खुल्ला सत्र प्रतिनिधि सभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि महतले नगरपालिका स्थानीय सरकार भएको कारण स्थानीय समस्याहरुलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम र बजेट पेश गर्न सुझाव दिनुभयो ।

उहाँले जननिर्वाचित जनप्रतिनिधिहरु संग जनताका अपेक्षा धेरै हुने भन्दै त्यसलाई सम्बोधन गर्ने र जनताको सेवकको रुपमा काम गर्न सबै जनप्रतिनिधिलाई शुभकामना दिनुभयो ।

पूर्व प्रतिनिधि सभा सदस्य चन्द्रमणी खरालले विगतको संरचनाबाट नयाँ संरचनामा आउदा केही नयाँपन भएपनि स्थानीय तहले पाएको अधिकारको पूर्ण उपभोग गर्दै आम जनतालाई सेवा दिनुपर्ने बताउनुभयो । स्रोतको समुचित प्रयोग मार्फत दिगो बिकासको लक्ष्य प्राप्ति हुन सक्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले पहिलो नीति तथा कार्यक्रम र बजेट भएको कारण के बन्छ कस्तो हुन्छ भन्ने कुरामा केही अन्यौलता भएपनि उठेका विषयलाई जनताको हितमा हुने गरी सम्बोधन गर्न र जनताको सेवामा पुग्ने गरी बजेट विनीयोजन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरीे नगरपालिकाको आगामी बजेट मार्फत जनताको अपेक्षा पुरा गर्ने तर्फ आफुहरु क्रियाशिल रहेका बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको दोस्रो बैठक असार १० गते बस्ने छ । सो बैठकमा नगरपालिकाको बजेट प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले बताउनुभयो ।

  • पालिका विशेष
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ४ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ४ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ४ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution