२०८१ बैशाख ७, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको नीति कार्यक्रम , योजना र बजेट तर्जुमाका लागि राय सुझाव संकलन कार्यक्रम गरेको छ । केही दिन भित्र आफ्नो नीति कार्यक्रम ,योजना र बजेट ल्याउने तयारीमा जुटेको नगरपालिकाले सबैका विषय नीति कार्यक्रम र योजनामा समावेश हुन् भन्ने उद्देश्यले मंगलबार राय सुझाव संकलन गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा देखि एमाले नवलपुर उप सचिव भिमलाल कँडेल, काङ्ग्रेस नगर उपसभापति डिबी चौधरी सहित राजनीतिक दलका विभिन्न ओहोदामा रहेका नेता , विभिन्न संघ संस्थाका प्रमुख ,प्रतिनिधि, सामाजिक व्यक्तित्व ,स्थानीय गरि करिब तीन दर्जन व्यक्तिहरूले नीति ,कार्यक्रम ,योजना र बजेटका विषयमा राय सुझाव दिएका थिए ।
कार्यक्रममा केरुङ्गे खोला नियन्त्रण, फोहर व्यवस्थापन, यस अघि सञ्चालन भएका नगरका गौरवका योजनाको निरन्तरता , वन्यजन्तुको क्षति न्यूनिकरण , विपद व्यवस्थापनका विषय समेटी नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
सहभागिताले नगर भित्रका भूमिहिनहरु लाई पुर्जा वितरण, प्राविधिक शिक्षा, शिक्षाको गुणस्तर वृद्धि, स्वास्थ्य संस्थाको स्तरोन्नति, प्रत्यय वडामा ज्येष्ठ नागरिक आश्रय स्थल, ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य जाँच सेवा , महिला बालबालीका लक्षित कार्य, अटो भिलेज, बसपार्कका विषय समेत अबको नीति कार्यक्रममा समावेश गर्नुपर्ने सहभागीको सुझाव थियो ।
यसैगरी सेवाग्राही मैत्री कार्यालय, कृषिमा हुने प्राकृतिक प्रकोपको क्षतिमा राहत, उत्पादन मुखी कार्य, समयमा मल बिउको उपलब्धता, बजारीकरणमा सहयोग, सार्वजनिक जग्गाको संरक्षण, तालहरूको संरक्षण, यसै गरि नागरिकको नगरपालिकासँगै सिधै पहुँच हुने गरि हेलो कावासोती जस्ता कार्यक्रम समेत आवश्यक रहेको सहभागीको भनाई थियो ।
लाभ र लागतको आधारमा योजना बनाउने, घरेलु उद्योग स्थापनामा सहजिकरण, लैङ्गिक हिंसा न्यूनिकरणका योजना, नगरमा एकीकृत सेवा प्रणाली, ढलको उचित व्यवस्थापन, जीर्ण निरन्तर मर्मत , सिकाइ केन्द्रको व्यवस्थापन सहित नगरको दीर्घकालीन विकासको सोच राखी योजना छनौट गर्नुपर्ने सुझाव समेत कार्यक्रममा आएका थिए ।
जिसस प्रमुख बाबुराम विश्वकर्माले केरुङ्गे नियन्त्रण, भूमिहीनलाई जग्गाको पुर्जा वितरण, औधोगिक क्षेत्र निर्मापणमा प्रदेशसँग समन्वय लगायतका विषयमा नगरले पहल गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा जिसस उप प्रुमख सकुन्तला लम्सालको समेत उपस्थिती रहेको थियो ।
सहभागिका सुझाव पछि बोल्दै नगर प्रमुख विष्णुप्रसाद भुसालले आएका सझावका करिब ८० प्रतिशत विषय समेटिएको बताउदै , छुटेका विषयलाई समेटेर नीति तथा कार्यक्रम बनाउने बताउनुभयो । कतिपय योजना एकै वर्षमा सम्पन्न गर्न नसकिने भएपनि योजनागत रुपमा अघि बढाउदै लगिने उहाँले बताउनुभयो । नगरपालिकाको नीति तथा कार्यक्रम आम नगरबासीको आफ्नो नीति तथा कार्यक्रम भएको बताउदै सबैका सुझाव संकलन गर्नकालागि कार्यक्रम आयोजना गरिएको समेत नगर प्रमुख भुसालले बताउनुभयो ।
केरुङ्गे खोलाको चिन्ता सबैले व्यक्त गरेको बताउदै आफु समेत यसको समस्याबाट जानकार रहेका भन्दै यसको व्यस्थापनमा आफु हरसम्भव लाग्ने बताउनुभयो । मिहाभारत श्रृंखलाबाट आएको खोलालाई चुरेमा राखी यसको नियन्त्रण र व्यवस्थापनमा समस्या परेको बताउदै नगरबासी र सरोकारवालाको साथ पाए चुरेबाट केरुङ्गेलाई हटाउन पहल गरि दिएका अधिकारलाई प्रयोग गर्दै बाझिएका ऐन परिमार्जन गरि ,आवश्यक परे नयाँ ऐन ,कार्यविधि बनाएर भएपनि केरुङ्गेको दीर्घकालीन व्यवस्थापनमा लाग्ने नगर प्रमुख भुसालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङले नीति ,कार्यक्रम र योजनामा कुनै पनि क्षेत्र नछुटोस् भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो । प्राथमिकताको आधारमा राम्रो नीति तथा कार्यक्रम बनाउन राय सुझावले सहज होस भनेर कार्यक्रम गरिएको उहाँले बताउनुभयो । प्राप्त सुझावका आधारमा नीति कार्यक्रम बन्ने र सोही आधारमा बजेट विनियोजन हुने हुँदा यसले विकासको ईट्टा थप्ने काम गर्ने प्रमुख प्रशासकीय अधिकृत गुरुङले बताउनुभयो । नीति कार्यक्रम यथार्थ परक, कार्यान्वयन गर्न सकिने होस भनेर छलफल कार्यक्रम गरिएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |