

गैँडाकोट। गैँडाकोट १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका सुरेन्द्र रेग्मी विजयी हुनुभएको छ । सरेग्मीले ४४ मतले विजयी हासिल गरेका छन् । स नेकपा एमालेका उम्मेद्वार ध्रुव अधिकारीले १४३१ मत प्राप्त गर्नुभएको थियो ,भने सुरेन्द्र रेग्मीले १४७२ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा सिता सापकोटा विजयी हुनुभएको छ । उहाँले १५२७ मत प्राप्त गर्नुभएको छ । यसैगरी उहाँको प्रतिद्धन्दी सिता लम्सालले १२६२ मत ल्याउनुभएको छ ।
दलित सदस्यमा काँग्रेसकी उम्मेद्वार प्रेमकुमारी विक, खुला सदस्यमा काँग्रेसका लक्ष्मी चालिसे र राष्ट्रिय जनमुक्ति पार्टीकी उम्मेद्वार चेलीमाया सारुमगर विजयी हुनुभएको छ । मगरले सूर्य चिन्हमानै निर्वाचनमा होमिनुभएको थियो ।
गैँडाकोट २ मा नेपाली कांग्रेसबाट प्रकाश सापकोटा विजयी हुनुभएको छ । प्रकाश सापकोटाको ४ सय २७ मतअन्तर रहेको छ । सापकोटाले १५ सय ४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रत्यासी देशबन्धु सिग्देलले ११ सय १५ मत ल्याउनुभएको छ ।
गैँडाकोट ३ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षका उम्मेद्वार शिवकान्त तिवारीले ९ सय १४ म प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी एमालेका उम्मेद्वार अर्जुनकुमार थापाले ६ सय ३३ मत प्राप्त गर्नुभयो ।
महिला वडा सदस्यमा सूर्यमाया दर्लामी मगर ९८७७०, महिला दलित सदस्य सुकमाया विक ९८८००, सगोपाल पुलामी ९८५५० , वेदबहादुर थापामगर ९८५२० मतका साथ विजयी हुनुभएको छ
गैँडाकोट ४ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार तेजप्रसाद घिमिरे सहित प्यानल नै विजयी हुनुभएको छ । उहाँले स स १०८६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका दिनेशराज न्यौपानेले १०३२ मत प्राप्त गर्नुभएको छ ।वडा महिला सदस्यमा इन्द्रकला घिमिरे ९१०७४०, दलित सदस्यमा धनमाया परियार९११६१०, खुला सदस्यमा शान्ता घर्ति ९१०६१० र हरि पौडेल ९११५३० समतका साथ विजयी हुनुभएको छ ।
यस्तै गैँडाकोट ५ मा काँग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्ष पदका उम्मेद्वार रत्नप्रसाद सापकोटा स९काँग्रेस० १५६९ नवराज कंडेल ९एमाले० ११०८ मतान्तर ४६१ , महिला सदस्य पदको उम्मेद्वार शान्ति न्यौपाने ९काँग्रेस० १४९९ राधिका देवकोटा ढकाल ९राप्रपा० ५१७ , टुकादेवी शर्मा ९माओवादी केन्द्र० ९१६८० दलित महिला सदस्य पदको उम्मेद्वार उषा परियार ९काँग्रेस० १५७५ प्रमिला आत्रेय विक ९एमाले० ८३४, सारदा परियार ९माओवादी केन्द्र० १५४, खुला सदस्य सतुलसीराम गौतम ९काँग्रेस० १४१४ द्रोणवन सन्यासी ९नेपाली काँग्रेस० १५५० , जनक पौडेल उपाध्याय ९एमाले० ७०४ हरिप्रसाद ढकाल ९एमाले० ७८१
गैँडाकोट ६ मा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेका अध्यक्षका उम्मेद्वार सुभाष चापागाईं १०१६ मत ल्याएर विजय हुनुभएको छ । एमालेले गैँडाकोटमा खाता खोलेको छ । सकाँग्रेसका उम्मेद्वार दिनुराम सापकोटाले ५४० मत प्राप्त गर्नुभएको छ । महिला वडा सदस्यमा एमालेकी पवित्रा अधिकारीे ७२३ मतका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी काँग्रेसकी इन्दिरा खनालको ७०३ मत रहेको छ ।
दलित वडा सदस्यमा एमालेका उम्मेद्वार कल्पना परियारको ७०९ मत सहित विजयी हुनुभएको छ । प्रतिद्धन्दी सराष्ट्रिय जनमोर्चाकी तिलिसरा कामीको ३५० मत रहेको छ
खुला सदस्यमा एमालेका उम्मेद्वार चन्द्रबहादुर विश्वकर्माले ५९८ मत ल्याएर विजय हुनुभएको छ । अर्को खुला सदस्यमा नेपाली काँग्रेसका रणबहादुर दरैले ७०६ मतका साथ विजयी हुनुभएको छ ।
गैँडाकोट ७ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गैँडाकोट ७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका होमनाथ सापकोटाले ७६० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका नेता लक्ष्मी चौधरीले ४२९ मत प्राप्त गर्नुभएको छ । गैँडाकोट ७ मा १४ सय १७ मत खसेको थियो ।
महिला वडा सदस्यमा काँग्रेसकी ईश्वरी जिसि ७७१ म्तका साथ विजयी हुनुभएको छ । उहाँको प्रतिष्पर्धी राप्रपाकी राधिका कुमालको ४ सय १५ मत रहको छ ।
दलित महिला सदस्यमा काँग्रेसकी छलिमाया परियारको ७४९ मतका साथ विजयी हुनुभएको छ । प्रतिष्पर्धी राप्रपाकी दिलमाया सार्कीको ३८४ मत रहेको छ ।
खुला सदस्यमा नेपाली काँग्रेसका तारापति त्रिपाठीको ६८२ र धनबाहादुर कुमालको ६०५ का साथ विजयी हुनुभएको छ । नेकपा एमालेका दुर्गा सापकोटाको ४०८ र मोतिलाल ढुंगानाको ५५७ मत रहेको छ ।
गैँडाकोट १५ मा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ । काँग्रेसका वडा अध्यक्षका उम्मेद्वार प्रेमराज तिमिल्सेनाले ६७१ मत प्राप्त गर्नुभएको छ । वडा अध्यक्षका एमालेका उम्मेद्वार ख्यामनारायण लम्सालले ५३० मत ल्याउनुभएको छ । तिमिल्सेनाले १४१ मतान्तरले विजयी हासिल गर्नुभएको छ ।
महिला वडा सदस्यमा काँग्रेसका उम्मेद्वार गिता पौडेलले ६८१ मत प्राप्त गर्दै विवजय हुनुभएको छ । उहाँका प्रतिष्पर्धी राप्रपाकी अनिता शाहीले ४४१ मत ल्याउनुभएको छ ।
दलित महिला सदस्यमा काँग्रेसका उम्मेद्वार कौशिला सार्किले पनि ६७१ मतका साथ अग्रता लिनुभएको छ । उहाँकी प्रतिष्पर्धी नेकपा एमालेकी बबिता विकले ४१० मत ल्याउनुभएको छ ।
खुला सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार ओमराज गुरुङको ५६४ मत र राजेश गिरिको ६३७ मतका साथ विजयी हुनुभएको छ । प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रेमप्रसाद सापकोटाले ४५० मत र समाओवादी केन्द्रका श्यामनारायण ढकालको ४१० मत रहेको छ ।
गैँडाकोट नगरपालिका वाड नं। १६ मा नेपाली काँग्रेसका उम्मेद्वार विनोदकुमार मल्ल वडा अध्यक्षमा विजयी हुनभएको छ । विनोदकुमार मल्लले ४८६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वार नन्दराम सापकोटाले ३९६ मत प्राप्त गर्नुभयो । यस्तै निवर्तमान वडा अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा त्योगेर स्वतन्त्र उम्मेद्वारी दिनुभएका गोवर्धन ज्ञवालीले ७० मत प्राप्त गर्नुभएको छ ।
एमाले र राप्रपा गठबन्धनका साझा उम्मेद्वार राप्रपाका उम्मेद्वार गोविन्दराज न्यौपानेको १०७ मत रहेको छ । खुला सदस्यमा नेकपा एमालेका दिनेश देवकोटाले ४८२ र नेपाली काँग्रेसका रत्नबहादुर बोहरा ५१२ मत ल्याएर विजयी हुनुभएको छ ।
महिला वडा सदस्यमा काँग्रेसकी देवी अधिकारीले ५६३ र महिला दलित सदस्यमा सरिता देवी दर्जीले ५७२ मत ल्याएर विजयी हुनुभएको छ ।
गैँडाकोट नगरपालिका वडा नम्बर १७ मा वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गोपी कंडेल विजयी हुनुभएको छ ।
गोपी कंडेल अघिल्लो निर्वाचनमा काँग्रेसका रत्नबहादुर खड्कासँग पराजित हुनुभएको थियो भने अहिले उनै काँग्रेसका उम्मेदवार खड्कालाइ नै पराजित गर्दै कंडेल वडा अध्यक्ष बन्नुभएको हो । कंडेल मात्र ५ मतान्तरले विजयी हुनुभएको हो । कंडेलले ३४२ र खड्काले ३३७ मत प्राप्त गर्नुभयो । त्यस्तै वडा अध्यक्षका प्रत्यासीहरु नेकपा एमालेका उम्मेदवार विष्णुबहादुर घर्तीको १६७ मत रहेको छ । स्वतन्त्र उम्मेदवार कमलबहादुर अधिकारी र अर्का स्वतन्त्र उम्मेदवार राजन कंडेल दुवैको मत शुन्य७लमबकजसशुन्य रहेको छ ।रुदच ÷श्र
यहाँ अन्य सबै सदस्यमा नेपाली काँग्रेसको उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा मानकुमारी सापकोटा ३४५ मत, दलित महिला सदस्यमा माया दमै ३३२ मत, सदस्यमा डिल्लीराम सापकोटा २९१ र तेजबहादुर बोहरा २८१ मत सहित विजयी भएका छन् ।
अहिले वडा नं। १४ र ८ को मतगणना चलिरहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |