२०८० मंसिर १५, शुक्रबार
नवलपुर । धौवादी फलाम खानीको वृहत् सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न ६ वटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट भएका छन् । ६ कम्पनीमध्ये दुई चिनियाँ र एउटा भारतीय कम्पनी छन् ।
चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र एमइपिसी नामका कम्पनी छन् । भारतको कोलकातास्थित दस्तुर(एसआरके(जादे जेभी कम्पनी छनोटमा परेको छ । अस्ट्रियाको होर्स्ट विसिंगर कन्सल्टिङ जिएमबिएच जेभी, बेलायतको जिबिएम मिनेरल्स र क्यानडाको माइकन इन्टरेन्सनल(इआरएमसी जेभी छन् ।
एक महिनाभित्र उनीहरूले रिक्वेस्ट फर प्रपोजल ९आरओएफ० बुझाउनुपर्ने हु्न्छ ।
जिल्लाको हुप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको छ । १० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |