२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरमा स्थानीय तहको निर्वाचनमा मतदान स्थल यस वर्ष नथपिने भएको छ । जिल्लामा हाल एक सय १३ वटा मतदान स्थल रहेका छन् । अघिल्लो निर्वाचनमा समय सोही सङ्ख्यामा मतदान स्थल रहेका थिए ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार मतदान स्थलमा केही हेर फेर नभएको र मतदान केन्द्र भने थपिन सक्ने बताउनुभयो । यस अघि २ सय ५८ वटा मतदान केन्द्र रहेका थिए । अहिले मतदाता संख्या बढेकाले मतदान केन्द्र बढाउन विषयमा छलफल चलेको उहाँले बताउनुभयो ।
यतिनै मतदान केन्द्रको संख्या पुग्ने भन्ने यकिन नभएको भएपनि ३ सय १ वटा सम्म केन्द्र पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
यसै गरि जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि करिब १ हजार ५ सय ५ कर्मचारी आवश्यक पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । यस्तै करिब नौ सय तीन जना स्वयम् सेवक आवश्यक पर्ने उहाँले बताउनुभयो । यस बाहेक सुरक्षाकर्मी अगल चाहिने उहाँको भनाई रहेको छ ।
आवश्यक कर्मचारी जिल्ला स्थित सरकारी कार्यालयबाट व्यवस्थापन गरिने छ । सरकारी कार्यालयबाट कर्मचारी पूर्ति नभए शिक्षक, वाणिज्य बैंक, कृषि बैंकबाट समेत निर्वाचनमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । आवश्यक कर्मचारीको बारेमा जानकारी जिल्लाको मुख्य निर्वाचन अधिकृत समक्ष गराइएको उहाँले बताउनुभयो । कर्मचारी खटनपटनको काम मुख्य निर्वाचन अधिकृतबाट हुने उहाँको भनाई रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |