२०८० मंसिर २४, आईतबार
तीर्थराज डुम्रे । दुम्किबास । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट अभावमा दुम्बिकास त्रिवेणी सडक निर्माणको काम नरोकिने बताउनु भएको छ । मुख्यमन्त्री भएको आठ महिना पछि गृह जिल्लाको विनयी त्रिवेणी गाउँपालिका पुग्नु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक ट्रयाकको अवलोकन गर्दै बजेटको अभावमा काम नरोकिने बताउनुभयो ।
शुक्रबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राजजि प्रसाद बराल, मुख्यसचिव रविलाल पन्थ, गण्डकी प्रदेश सभा सदस्यहरु बिष्णु प्रसाद लामिछाने, ओमकला गौतम सहित दुम्किबास–त्रिवेणी सडक ट्रयाकको अवलोकन गर्न पुग्नु भएका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–कोरोला सडकको मुख्य खण्ड दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम चाढै अगाडी बढ्ने बताउनुभयो ।
उहाँले यो सडकको वातावरणीय प्रभाव मुल्याकंन र डिपिआर निर्माणको काम अगाडी बढेको भन्दै युनेस्कोबाट सहमति आउन साथ बजेटको व्यवस्थापन गरेर सडक निर्माणको काम अगाडी बढाउने बताउनुभयो । बजेट व्यवस्थापनको सम्बन्धमा संघिय सरकारसंग भएको छलफलमा हुलाकी सडकको बजेटबाट पनि सो खण्डको अधिकाम्स स्थानमा हुलाकी सडकको बजेटबाट व्यवस्थापन गर्न सकिने जानकारी आएको भन्दै बजेट अभावमा सडक निर्माणको काम नरोकिने बताउनुभयो ।
मुख्यमन्त्री पोखरेललाई विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जि.सी.ले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने वडा नं. १ को दमैटाँडी देखि वगुवन सम्म तिन किलोमिटर र चितवन राष्ट्रिय निकुञ्ज भित्र पर्ने करिव ८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी रहेको जानकारी गराउनु भएको थियो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नंं ६ र ७ का स्थानीय गाउँपालिकामा सेवालिन अउदा लुम्बिनी प्रदेश हुदै आउनु परेको अवस्थाबारे जानकारी गराउनुभयो । भारतसंग सिमानाका जोडिएको ति क्षेत्रसंग गाउँपालिका, नवलपरासी पूर्व जिल्ला र गण्डकी प्रदेशको सिधा सडक सञ्जाल हाल सम्म जोडिन नसकेको उहाँले जानकारी गराउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अजित कुमार थापाले मध्यवर्ती क्षेत्र र निकुञ्जको कारण भएको अवरोधलाई प्रदेश र केन्द्र सरकारले हल गरेर तत्काल सडक निर्माणलाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले हाल प्रदेश सरकारबाट काम अगाडी बढेको जानकारी प्राप्त भएको भन्दै त्यसले केही आशा जगाएको बताउनुभयो ।
सो क्रममा मुख्यमन्त्री पोखरेलले विगतमा आफु प्रत्यसी उम्मेदवारको रुपमा सोही क्षेत्रबाट निर्वाचन लडेको स्मरण गर्दै सो क्षेत्रको समस्याबारे आफु अवगत रहेको र सो को सामाधानको लागि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतमले विनयी त्रिवेणी गाउँपालिकाको ६ र ७ नं. वडा गण्डकी प्रदेशको बिकाससंग जोडिएको स्वार्थको कारण यस प्रदेशमा रहेको कुरा भुल्न नहुने भन्दै ति वडाका नागरिकलाई गण्डकी प्रदेशसंग सिधा सडक सञ्जाल जोड्ने बिषयमा सबै एकमत र एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
मुख्यमन्त्री पोखरेल सहितको टोलिले विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ क्षेत्रमा पर्ने सडक ट्रयाकको समेत अवलोकन गरि अवस्थाको बारेमा जानकारी लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |