२०८१ श्रावण १२, शनिबार
नवलपुर । कोभिड १९ को तेश्रो लहर बढ्दै जान थालेपछी जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आज देखि धेरै मानिस उपस्थित हुने कार्यक्रममा रोक लगाएको छ । प्रशासन कार्यालयले आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने कृयाकलापमा माघ मसान्त सम्म रोक लगाएको छ ।
प्रशासनले एक आदेश जारी गर्दै गोष्ठी , सेमिनार, बैठक, जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनेको छ । भौतिक उपस्थित भइ गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालन गर्दै एन्टिजेन परिक्षण गरि रिपोर्ट नेगेटिभ आएका ,खोपको पुरा मात्रा लगाएका बढीमा २५ जना सहभागि रहने गरि सञ्चालन गर्न भनेको छ ।
यस्तै सिनेमा हल, डान्स बार, दोहोरी, जिमखाना,पटके हाट बजार माघ १५ गते सम्म बन्द गर्न आदेश दिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत जारी आदेशमा विद्यालय, क्याम्पसका कक्षा सञ्चालनमा समेत माघ १५ सम्म रोक लगाइएको छ ।
पार्टी प्यालेसमा एक पटकमा बढिमा ५० जना मात्र उपस्थिति रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्ने साथै जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिनुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
धार्मिक वा सांस्कृतिक जात्रा पर्व ,विवाह, न्वारन ,पास्नी ,व्रतबन्ध, मृत्यु संस्कारमा ५० जना जना सम्म स्वास्थ्यका मापदण्ड पालना गरि सहभागि हुन पाउने समेत जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको आदेशमा २५ जना भन्दा बढी सहभागि हुने कुनै पनि कार्यक्रम गर्नुपरे प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृत लिनुपर्ने समेत उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |