२०८० आश्विन १४, आईतबार
कावासोती २२ गते । नवलपुरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा कावासोती नगरपालिका – १५ शेरगञ्ज बस्ने ६५ वर्षका रेशमलाल महतो रहेका छन् । बुधबार दिउँसो दुई बजेतिरको समयमा आफ्नै घर नजिकै रहेको चउरमा गएर बस्दै गरेका महतोलाई अचानक गैंडाले आक्रमण गरेर गम्भिर घाईते बनाएको थियो । घाईते महतोको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच नवलपुरको बिनयी त्रिवेणी गाँउपालिका–६ मा रहेको एक मन्दिरमा मंगलबार राति चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार निलकण्ठ आचार्यको मुक्तिनाथ ज्योतिष केन्द्र मन्दिर सतलमा राखिएको कृष्ण भगवानको मुर्ती थान –१,पारदर्शी शिवलिगं थान –१ ,चरेसको थाल थान–१ , तामाको कलश थान–४ ,चरेशको घण्टी थान –१ ,जलधारी तामाको थान –१, चाँदीको दियो थान –१,काँचको कचौरा थान –१ ,सालीग्राम थान –४० र २ थान काठको दानको पेटी चोरी भएको प्रहरीले जनाएको छ । सबै सामाग्री गरेर .९४ हजार पाँच सय बराबरको चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद २ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुषन्धान गरिरहेको जानकारी दिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |