२०८१ बैशाख १६, आईतबार
नवलपुर । पूर्व पश्चिम राजमार्गको नवलपुर खण्ड अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन । गएको बिहीबार राति ९ बजे बाढीले डाइभर्सन बगाएर अवरुद्ध सडक अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन ।
पूर्व पश्चिम राजमार्ग विस्तारको क्रममा नवलपुरको गैडाकोट २३ स्मृति नजिक बनाउन लागिएको पुलको स्थानमा बनाएको डाइभर्सन बाढीले बगाएको हो । ५ दिन देखी राजमार्ग अवरुद्ध भई सहज रुपमा यातायात सञ्चालन हुन नसक्दा राजमार्गमा सवारीको लामो लाइन लागेको छ । बाढीले बगाएको डाइभर्सनको दुवै तर्फ गरेर करिब २० किलोमिटर लामो लाइन लागेको छ । लामो समय सम्म यातायात अवरुद्ध हुँदा यात्रु बाटोमै अलपत्र परेका छन् ।
अहिले पनि दुई चारवटा सवारी वारपार गराउँदै पुनः डाइभर्सन मर्मत गर्ने गरिएको छ । हिलो र दलदलले डाइभर्सन निर्माण गरिएको भएपनि सहज रुपमा यातायात वारपार हुन सकिरहेका छैनन् । सोमबार दिनभर पानी नपर मंगलबार सम्ममा यातायात सहजरुपमा सञ्चालन हुन सक्ने अनुमान गरिएको छ । अहिले एम्बुलेन्स ,साना सवारी र यात्रुबाहक बसलाई प्राथमिकता दिएर पार गराउने गरिएको छ । तर डाइभर्सन भत्किएको स्थानभन्दा अन्य स्थानमा अव्यवस्थित रुपमा लेन मिचेर ओभरट्याक गर्ने गर्दा जाम छिचोल्न भन्ने घन्टौं समय लाग्ने रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |