

कावासोती । नेकपा एमाले नवलपुरको जिल्ला कमिटि बैठकले जिल्लामा पार्टीका गतिविधिलाई बढाउने निर्णय गरेको छ । कावासोतीमा बसेको जिल्ला कमिटिको बैठकले नवलपुरमा पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउने गरि आफ्नो गतिविधि बढाउने निर्णय गरेको छ । यसकालागि जिल्लाभर असन्तुष्ट पक्षहरुसँग बहस र छलफल चलाउने बैठकले निर्णय गरेको हो ।
बैठकले तीन दिन भित्र सबै स्थानीय तहमा पार्टीको बैठक बसाल्ने समेत निर्णय गरेको छ । पार्टीका आगामी कार्यक्रमहरु तिव्र रुपमा बढाउन पहिलो चरणमा सबै स्थानीय तहमा बैठक बसाल्ने यसै गरि भदौ पहिलो हप्ता भित्र नेकपा एमालेको संगठित सदस्यता नविकरण गर्ने समेत निर्णय भएको जिल्ला कमिटि सदस्य भिमलाल कंडेलले बताउनुभयो ।

नेकपा एमालेको जिल्ला कमिटि बैठक जिल्ला अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षता, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज तिलक महतको प्रमुख आतिथ्यता , गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य कृष्ण पौडेलको विषेश आतिथ्यतामा भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |