२०८० आश्विन १४, आईतबार
कावासोती । असल छिमेकी नेपाल र गैर सरकारी महासंघ नवलपुर शाखाको संयुक्त आयोजनामा हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री ( राहत ) वितरण गरिएको छ ।
सोमबार हुप्सेकोट गाउँपालिकाको पहिरो प्रभावित ३५ घरपरिवारलाई सामाग्री सहयोग गरिएको हो । हुप्सेकोट ५ वागखोरबाट पहिरोले विस्थापित भएर विद्यालयमा बस्दै आएका परिवारका लागि उक्त राहत प्रदान गरिएको हो । प्रतिघरपरिवार २५ केजी चाकल , २ केजी क्वाँटी , नुन १ पोका , तेल २ लिटर , लुगा धुने र नुहाउने साबुन २÷ २ पिस , टुथपेस्ट एक पिस , टुथब्रस पाँच पिस , १० लिटरको एउटा बाल्टी , एउटा मग र मछ्छेडधुप एक पिस सहयोग गरिएको संस्थाका नवलपरासी एरिया इन्र्चाज पुरन सोतीले बताउनुभयो । यस्तै ६० लिटर क्षमताको १८ वटा ड्रम १८ घरपरिवारका लागि वितरण गरिएको सोतीले जानकारी दिनुभयो । सहयोग सामाग्री हुप्सेकोट गाउँपालिका विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
यस्तै आईतबार मध्यविन्दु नगरपालिका १४ नं. वडाको बाढी पहिरो प्रभावित १५ घरपरिवारलाई पनि राहत हस्तान्तरण गरिएको थियो । मध्यविन्दु नगरपालिका विपद व्यवस्थापन समितीलाई प्रतिघरपरिवार २५ केजी चाकल , २ केजी क्वाँटी , नुन १ पोका , तेल २ लिटर , लुगा धुने र नुहाउने साबुन २÷ २ पिस , टुथपेस्ट एक पिस , टुथब्रस पाँच पिस , १० लिटरको एउटा बाल्टी , एउटा मग र मछ्छेडधुप एक पिस सहयोग गरिएको सोतीले बताउनुभयो । नगर उपप्रमुख ओम कुमारी महतोलाई सामाग्री हस्तान्तरण गरिएको हो ।
गैर सरकारी महासंघ नवलपुरका अध्यक्ष बद्री नेपालको समेत सहभागिता रहेको थियो ।
असल छिमेकी नेपालले बिगत १२ बर्षदेखी नवलपरासीमा आफ्नो कार्य क्षेत्र बनाएर कार्यक्रमहरु गर्दै आएको छ । यस सस्थाले बिशेषत सामुदायिक बिकास, जिवीको पार्जन स्वाथ्य शिक्षा बाल संरक्षण र भोकेश्नल ट्रेनिगंहरु गर्दै आएको एरिया इन्र्चाज सोतीले बताउनुभयो ।
कोरोना भाइरसले आक्रान्त बनाएको बेलामा प्राकृतिक विपदले समस्यामा परेका परिवारलाई केही भए पनि सहयोग पुगोस् भनेर राहत हस्तान्तरण गरेको सोतीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |