२०८० आश्विन ५, शुक्रबार
तीज नजिकिदै गर्दा अचेल दैनिक थुप्रै तीज गीत सार्वजनिक हुन थालेका छन् । यस्तैमा ‘उफ्रि उफ्रि नाचन केटा हो’ बोलको गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक गरिएको छ । पोखराका चुलबुले गायक सन्तोष खत्रीले र सुबास खत्रीले नेपाली महिलाहरुको महानचाड हरितालिका तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेका हुन् ।
सन्तोष खत्री र सुवास खत्रीको स्वर, सुजित र सुजल खत्रीको शब्द र सन्तोष खत्रीले संगित भरेको गीतको एरेन्ज तारानाथ आचार्यको छ । सुमन खड्काले निर्देशन गरेको उक्त गीतको भिडियोको सहनिर्देशन डिप्लब खत्रीले गरेका छन् । भिडियोमा श्याम क्षेत्री, सुदिप तामाङ, मनोज गिरी, अजय सिंह ढकाल, नविना सुवेदी, अस्मिता रानाभाट, सन्तोष खत्री र सुबास खत्रीको अभिनय देख्न सकिन्छ ।
भिडियोलाई अजय केसीले खिचेका हुन्भने मनिष कंडेलले सम्पादन गरेका छन् । गायक सन्तोषले थप्दै भने – यो सङ्गसङ्गै थुप्रै गितहरु छिट्टै बजारमा आउने तयारीमा रहेका छन ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |