२०८० आश्विन १४, आईतबार
नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ ।
समानिकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि नवलपुर आठ स्थानीय तहलाई चालु तर्फ दुई अर्ब ९१ करोड ६२ लाख र पुँजीगत तर्फ ३७ करोड ८७ लाख रकम प्रदान गरेको हो ।
नवलपुरको आठ स्थानीय तह मध्य सबै भन्दा बढी कावासोती नगरपालिकालाई ५९ करोड ७९ लाख बजेट विनीयोजन भएको छ । चालु तर्फ ५० करोड सात लाख र पुँजीगत तर्फ ९ करोड ७२ लाख बजेट प्रादन गरिएको छ ।
गैंडाकोट नगरपालिकालाई ४६ करोड ३१ लाख चालु तर्फ र ५ करोड १३ लाख पुँजीगत गरि कुल ५१ करोड ४४ लाख बजेट विनीयोजन गरिएको छ । देवचुली नगरपालिकालाई ३९ करोड ३३ लाख चालु तर्फ र चार करोड ५९ लाख पुँजीगत गरि कुल ४३ करोड ९२ लाख बजेट प्रदान गरिएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिकालाई ४९ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । चालु तर्फ ४३ करोड ४० लाख र पुँजीगत तर्फ ६ करोड सात लाख बजेट प्रदान गरिएको हो ।
नवलपुरको हुप्सेकोट गाउँपालकालाई २६ करोड ८७ लाख चालु तर्फ र ५ करोड ६८ लाख पुँजीगत गरि कुल ३२ करोड ५५ लाख बजेट विनीयोजन गरिएको छ । विनयीत्रिवेणी गाउँपालिकामा ३२ करोड ९२ लाख चालु तर्फ र २ करोड ५१ लाख पुँजीगत गरि कुल ३५ करोड ४३ लाख बजेट विनीयोजन गरिएको छ ।
त्यस्तै बौदीकाली गाउँपालिकालाई २३ करोड ८१ लाख चालु तर्फ र १ करोड ८० लाख पुँजीगत गरि कुल २५ करोड ६१ लाख बजेट विनीयोजन गरिएको छ । भने बुलिङ्गटार गाउँपालिकालाई २८ करोड ९१ लाख चालु तर्फ र २ करोड ३७ लाख पुँजीगत गरि कुल ३१ करोड २८ लाख बजेट विनीयोजन गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |