२०८० आश्विन १४, आईतबार
हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका तीन बेलहानी र गिरुवारीका स्थानीयले पानी खान नपाएको भनी सोमबार गाउँपालिका घेराउ गरेका छन् । गाउँभित्रका करिब २ सय घर परिवारले प्रयोग गर्दै आएको खानेपानीको मुहानमा पाइपकाटेपछी पानी खान नपाएको भनि उनिहरुले गाउँपालिका घेराउ गरेका हुन् । कोरोना कहरकै बिचमा स्थानीयले गाउँपालिका घेराउ गरेका हुन् । त्रिनेत्र खानेपानी उपभोक्ता समिति मार्फत गुहेरीबाट ल्याइएको पानीको पाइप पटक पटक काटीदिदा आफुहरुले पानी खान नपाउने अवस्था भएपछी स्थानीयले समस्याको समाधानकालागि गाउँपालिकामा दबाव दिएको समितिका सल्लाहाकार संयोजक दुर्गा रानाभाटले बताउनुभयो । खानेपानीको पाइप पटक पटक काट्दा समेत समस्या समाधानकालागि कुनै पहल नभएको उहाँले बताउनुभयो ।
खानेपानीको पाइप पछिल्लो एक महिनामा मात्रै तीन पटक काटिएको उहाँले बताउनुभयो । वैशाख ६ गते , १६ गते , २६ गते र जेठ १ गते गरेर चार पटक पाइप काट्दा बेलहानी र गिरुवारीका स्थानीयले पानीको समस्या भोग्नु परेको रानाभाटले बताउनुभयो । ‘विप्लवको नाम बेचेर यहाँ दुख दिने गरिएको छ’ रानाभाटले भन्नुभयो –समस्या समाधानका लागि भने पहल भएको छैन् ।
पानीको समस्या झेलीरहेको भएपनी यसको सहि निकास निस्कीन नसक्दा समस्या हुदै आएको स्थानीय निरु गाहा मगरले बताउनुभयो । उपभोक्ता समितिले समस्या समाधान गर्न नसेको भन्दै जनप्रतिनीधि र दलिय नेतृत्वले समस्याको समाधान पहल गर्नुपर्ने उहाँले बताउनुभयो । ‘जागिर खुवाउने, टेण्डर मिलाउने भनेर दलिय तर्फबाट मोजमस्ती गर्ने, जनताले सास्ती पाउदाभने आफ्नो आँखामा पट्टी लाएर बस्ने’ गाहा मगरले भन्नुभयो यस्तो पनि हुन्छ ।
‘पाइप किन काटिएको छ यही भन्न सकिन्न तर जनप्रतीनीधिले तिनिहरुको पनि त समस्या समाधानमा लाग्नुपर्योनी ’ उहाँले भन्नुभयो–दलिय प्रतिनीधिले समेत पहल गर्नुपर्छ । समस्याको निकास दिने गरि पहल गर्नु पर्यो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |