२०८० मंसिर २४, आईतबार
डेढगाउँ । पहाडी क्षेत्रमा बिभिन्न खालका समस्याहरु छन् । यातायात ,शिक्षा, स्वास्थ्य, खानेपानी आदिका समस्या दुर्गम पहाडका बासिन्दाले भोग्दै आएका छन् । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रमा समेत यि यावत समस्या रहेका छन् । तर पछिल्लो समय पहाड फेरिदै छ । कतिपय विषयमा फेरिने क्रममा रहेको छ । बिभिन्न खालका समस्या झेल्दै आएका पहाडका स्थानीयले खानेपानीको समस्या समेत झेलीरहेका छन् । जिल्लाको पहाडी क्षेत्र अन्र्तगत रहेका बौदीकाली र बुलिङटारका बिभिन्न टाकुरामा बस्ने स्थानीयले खानेपानीको समस्या भोगिरहेका छन् । खानेपानीको सहज सुविधा नहुदा स्थानीयले समस्या भोग्दै आएका छन् । तर पछिल्लो पटक भने यहाँ निर्माणको क्रममा रहेका खानेपानी आयोजना पहाडी क्षेत्रका बासिन्दालाई केही आश पलाएको छ ।
जिल्लाको बौदीकाली गाउँपालिकामा मात्रै स्थानीय सरकारको समन्वयमा प्रदेश र संघिय सरकारमार्फत ११ वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बौदीकाली गाउँपालिका १ मा रु. ७४ लाख लागतका मिथुकरम खानेपानी आयोजना निर्माणको क्रममा रहेको छ । एकमानै मिथुकरम लिफ्ट खानेपानी आयोजना रु. १७ लाख बजेटमा संचालनको क्रममा रहेको छ । वडा नम्बर दुईमा रु. ८० लाख लागतमा डेढगाउँ बृहत खानेपानी आयोजना संचालनको क्रममा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँ इकाई कार्यालय नवलपुरका कार्यालय प्रमुख महेन्द्रराज आचार्यले बताउनुभयो ।
बौदीकाली गाउँपालिकाको दुई नम्बर वडामानै रु.१७ को बजेटमा ओडारे खानेपानी आयोजना, तीनमा रु.१२ लाखको घचेडी खानेपानी आयोजना, चार नम्बर वडामा रु.१७ लाखको टिविआर खानेपानी आयोजना, रु. १७ लाखकै बाहुनथर खानेपानी आयोजना ,वडा नम्बर ६ मा रु.१७ लाखको पुरानो नरम खानेपानी आयोजना, रु.१७ लाखकै माझडाँडा खानेपानी आयोजना यहाँ निर्माणको क्रममा रहेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो ।
करिब रु. १ करोडको लागतमा बाँझोबारी खानेपानी आयोजना समेत संचालन भईरहेको छ । संघिय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको रु. तीस लाख बजेटको अमृत धारा खानेपानी आयोजना समेत संचालनको क्रममा रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका कतिपय बस्तीमा खानेपानीको निक्कै समस्या रहेकोमा हाल बिभिन्न योजनाहरु प्रदेश सरकारसंगको समन्वयमा संचालनमा रहेकाले यि आयोजनाको निर्माण पछी खानेपानीको समस्या धेरै हद सम्म समाधान हुने बौदीकाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
जिल्लाकै पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकामा प्रदेश सरकार मार्फत तीन वटा खानेपानीका आयोजना निर्माणको क्रममा रहेका छन् । बुलिङटार २ मा रु. १२ लाखको डाँडाझेरी खानेपानी आयोजना, तीनमा रु. १२ लाखको कामीडाँडा बस्ती जल उत्पन्न बालविकास प्रावी खानेपानी आयोजना र ६ मा गाग्री खोला खानेपानी अयाोजना रु. बाह्र लाखको लागतमा निर्माणको क्रममा रहेको कार्यालयका सव इन्जिनियर विश्वदिप देवकोटाले बताउनुभयो । गण्डकी प्रदेशको ‘एक घर, एक धारा’ भन्ने योजनालाई सार्थकता दिन समेत अहिले जिल्लामा खानेपानीका पहुँच नभएका बिभिन्न ठाउँमा आयोजनाहरु संचालनको क्रममा रहेको उहाँले बताउनुभयो ।
बिभिन्न वडामा संचालन भएका यि खानेपानी आयोजना निर्माण पश्चता पहाडका टाकुरामा खानेपानीको अभाव झेल्दै बसेका स्थानीय बासीलाई सहजता हुने विश्वास गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |