

डेढगाउँ।नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिकाको बबकमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर ५ अन्र्तगत पर्ने बबक क्षेत्रमा आधारभुत स्वास्थ्य उपचारकालागि नजिकै कुनै स्वास्थ्य संस्था नभएपछी गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको हो । बबकमा स्वास्थ्य इकाई संचालनमा आएसंगै गाउँपालिकाकाे सबै वडामा स्वास्थ्य संस्था पुगेकाे छ।
स्वास्थ्य इकाई स्थापना पछि यस क्षेत्रका स्थानीयलाई आधारभुत स्वास्थ्य उपचारकालागि सहजता भएको बौदीकाली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
यस क्षेत्रमा स्वास्थ्य संस्था नहुदा यहाँका बासिन्दा सामान्य उपचारकालागि समेत नरम वा डेढगाउँ सम्म पुग्नुपर्ने बाध्यता रहेको थियो । स्वास्थ्य इकाई स्थापना पछि यस क्षेत्रका बासिन्दालाई सहजता भएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।
बबकमा संचालन गरिएको सामुदायिक स्वास्थ्य इकाईमा एक जना अहेव र एक जना अनमीले स्वाथ्य सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । बबकमा स्वास्थ्य इकाई स्थापना भएसंगै यहाँ स्वास्थ्य संस्थाको संख्या ८ पुगेको छ । गाउँपालिका भित्र चार वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य इकाई , एउटा आर्युवेद औषधालय र एउटा प्राथामिक स्वास्थ्य केन्द्र रहेका छन् ।

गाउँपालिकाकै डेढगाउँमा रहेको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र , १५ शैयाको अस्पतालको रुपमा रुपमा विकास गरिदै छ । यसको स्तोरोन्नती संगै स्वास्थ्य उपचारमा थप सुविधका मिल्ने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाले बताउनुभयो । १५ शैयाको अस्पताल भवन निर्माणको पक्रिया अगाडी बढाईएको छ । करिब १८ करोड १२ लाख रुपैयाको लागतमा संघिय सरकारको बजेटमा भवन निर्माण प्रक्रिया अगाडी बढाइएको हो ।
कोभिड अस्पतालको तयारी हुदै
कोभिड १९ को जोखिम बढीरहदा गाउँपालिकाले कोभिड अस्थाई अस्पताल निर्माणको तयारी गरेको छ । बौदीकाली २ डेढगाउँमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा कोभिड अस्थाई अस्पताल निर्माणको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
गाउँपालिका भित्र कसैलाई कोभिड संक्रमण पश्चात कुनै समस्या देखिएमा प्राथमिक रुपमा उपचार गर्न सकियोस भनेर अस्थाई अस्पतालको स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । प्राथामिक स्वास्थ्य केन्द्रको भवनमा अक्सिजन सहित कम्तिमा ५ शैया राखिने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |