२०८० आश्विन ५, शुक्रबार
बुलिङटार । नवलपुरको उत्तरी भेगको बहुप्रतिक्षित सडक कालीगण्डकी कोरिडोरको काम धमाधम भइरहेको छ । यस बर्षको असार सम्ममा ७० प्रतिशत काम सक्ने योजनाका साथ काम भइरहेको कालीगण्डकी कोरिडोर गैंडाकोट–राम्दी–मालढुङ्गा योजनाका प्रमुख सुवोध देवकोटाले जानकारी दिनु भयो ।
करिब रु ५ अर्व ५० करोडको लागतमा सडकको निर्माण कार्य भइरहेको प्रमुख देवकोटाले बताउनुभयो । दुई बर्ष अगाडि ठेक्का सम्झौता गरि भारतीय निर्माण कम्पनीले काम शुरु गरेको हो उहाँले भन्नुभयो –‘ वन क्षेत्र तथा बिजुलीका पोल भएका ठाउँ बाहेक काम भइरहेको छ । वन क्षेत्र र बिजुलीका पोल भएका क्षेत्र बाहेकको काम हामीले यहि बर्ष सक्छौं ’ । वनका रुखहरु भएका ठाउँमा सहज काम थाल्नका लागि वन मन्त्रालयमा कागज पेश गरिसकेका छौं प्रमुख देवकोटाले भन्नुभयो –‘ अर्को सालको असार सम्ममा सडक निर्माण सक्छौं’ ।
सडको काम बुलिङटारको कोटथर देखि पाल्पाको रामपुर सम्मको तीब्र गतिमा भइरहेको छ । नवलपुरको पहाडी क्षेत्रका लागि यो सडक वरदान नै हो बुलिङटारका अगुवा यूवा विद्रोही गिरीले भन्नुभयो –‘ देशले केपी शर्मा ओलीको नेतृत्व पाएकाले २९ बर्ष पछि हामीले संकल्प गरेको सडक पाएका छौं यसले यहाँको मुहार फेर्ने काम गरेको छ ।’ वि.स. २०४९ सालमा जिल्ला विकास समिति नवलपरासीले शुरु गरेको यो सडक बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । सडक संगै खोला तथा खोल्सीहरुमा पुल निर्माण समेत भएका छन् । बुलिङटार, डेढगाउ,ँ रामपुर क्षेत्रमा सडक कालोपत्रे गर्नेकाम भइरहेको छ ।
कालीगण्डकी कोरिडोर निर्माणले राम्दी देखी देवघाट सम्मको कालीगण्डकी उपत्यकालाई नयाँ शहरको रुपमा विकास गर्ने अवधारणा अघि बढेको यूवा अगुवा गिरीले बताउनुभयो । गण्डकी प्रदेशको नयाँ शहर बन्ने ठाउँ अव यहि कालीगण्डकी उपत्यका हो उहाँले भन्नुभयो–‘ पूर्वाधार विकासको काम पहिलो सडक हो यसको निर्माण संगैं यस क्षेत्रको महत्व बढेको छ , अव एकीकृत विकासको खाँचो छ ’।
गैडाकोट देखि पाल्पाको रामपुर सम्म रेखांकन भएपनि यो सडक निर्माणले गति लिन सकेको थिएन । जिल्ला विकास समिति नवलपरासीका तत्कालिन जिल्ला सभापति बैजनाथ चौधरीले पहाडी क्षेत्रलाई सडक सञ्जालमा जोड्न स्थानीय निकायले जोड गरेपनि प्रयाप्त बजेटको अभाव यो सडकले झेल्दै आएको थियो । राष्ट्रिय गौरवका आयोजनाको रुपमा सरकारले अगाडि बढाएकाले काम भएकोमा उहाँले खुसी ब्यक्त गर्नुभयो ।
‘हामीले पहाडका १७ गाविसलाई लक्षित गरेर सडक निर्माणको काम थालेका थियौं अहिले त्यसको विस्तारित रुपमा कालीगण्डकी कोरिडोर बुलिङटार हुदै मुस्ताङ पुग्ने सडक बनेको छ ’ चौधरीले भन्नुभयो । यो सडक खण्ड १३१.५ किलोमिटर लामो छ । यस वर्ष ७० किलोमिटर कालोपत्रे हुने योजना प्रमुख देवकोटाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |