२०८० आश्विन ५, शुक्रबार
दाउन्ने । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ स्थित दाउन्नेमा यात्रु बहाक बस सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको छ । करिव ६ बजेको समयमा बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्बर बस दाउन्ने बजार देखि ५० मिटर पूर्व सडकबाट दुई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालयका एसपी प्रकाश मल्ल सहितको टोलि, दाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलिले उद्दार गरिरहेको छ । केही समय अगाडी सम्म दुर्घटना स्थलबाट १६ जनाको उद्दार भइसकेको छ भने अन्यको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |