२०८० आश्विन १४, आईतबार
हात्तीखाेर । आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे भवन निर्माणका लागि कावासाेती १ का दुर्गा बहादुर कानुङ्गले जग्गा दान दिनु भएकाे छ । कावासाेती नगरपालिकाले कावासाेती १ मा निर्माण गर्न लागेकाे स्वास्थ्य केन्द्रकाे भवन निर्माणका लागि उहाँले १ कठ्ठा जग्गा उपलब्ध गराउनु भएकाे हाे । आफ्नो परिवारकाे नाममा उहाँ जग्गा उपलब्ध गराउनु भएकाे हाे । कावासाेती १ ,हात्ती खाेर स्थित आर्मी व्यारेक नजिक दुर्गे डाडाेमा उहाँले जग्गा उपलब्ध गराउनु भएकाे हाे । समाजका लागि केही राम्रो हाेस ,स्वास्थ्य कार्यालय स्थापनाले यश क्षेत्रका जनताले सहजै सेवा पाउन भनेर जग्गा उपलब्ध गराएकाे कानुङ्गले बताउनुभयाे ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने जग्गा नपाएर समस्या परेका बेला दुर्गा बहादुरले गरेकाे सामाजिक कार्य सदाका लागि स्मरणीय हुने कावासाेती नगरपालिका उप प्रमुख प्रेम शंकर मर्दनिया थारुले बताउनु भयाे । जग्गा दाता कानुङ्गलाई वडा अध्यक्ष नारायण प्रसाद पन्तले अबिर लगाएर सम्मान गर्नु भएकाे थियाे । कानुङ्गले उपलब्ध गराएकाे जग्गामा बिहीबार स्वास्थ्य कार्यालय वनाउने गरि शिलान्यास समेत गरि सकिएकाे छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |