२०८० आश्विन १४, आईतबार
कावासोती । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) विघटन भएर पूर्व एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएसंगै नवलपुरको कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । कावासोती नगरपालिका –८, फिल्महलचोकमा रहेको पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखीएको हो ।
साविकको नेकपा एमालेको पार्टी कार्यालय रहेको स्थानमा नेकपा एमालेको बोर्ड राखिएको हो । नेकपा एमाले केन्द्रिय सदस्य ,पार्टी जिल्ला ईन्चार्ज एवं सांसद तिलक महत , पूर्व सभासद जिवन श्रेष्ठ र जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थितमा पार्टी कार्यालयमा नेकपा एमालेका बोर्ड राखिएको हो ।
नेकपा एमालेको बोर्ड राख्दै पार्टी केन्द्रिय सदस्य तिलक महतले अब पार्टीलाई थप व्यवस्थित बनाउदै लैजानुपर्ने बताउनुभयो । हिजो देखीएको मतभेदलाई भुलेर कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने नेता महतले बताउनुभयो । पार्टी निर्माणमा बिभिन्न पक्षको भूमिका रहेको भन्दै एकतालाई सुदृढ बनाउदै जानुपर्ने समेत नेता महतले बताउनुभयो । सूर्य चुनाव चिन्हमुनी रहेर कम्युनिष्ट एकताको आन्दोलन समेत अगाडी बढ्ने उहाँले बताउनुभयो ।
राष्ट्रियता , विकास र संमृद्धीपक्षमा उभिएर अगाडी बढन सबैमा नेता महतले आग्रह गर्नुभयो । उहाँले हिजोका दिनमा भएका मतभेदलाई आत्मसमिक्षा गदै अब एक ढिक्का भएर पार्टीलाई सुदृढ गर्दै राष्ट्र विकास र समृद्ध नेपाल निर्माणमा जुट्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रम सम्पन्न भएपछि नेता कार्यकर्ता सबै मै पनि एमाले सैँ पनि एमाले भन्ने गितमा नाचगान गरेर खुसीयाली समेत मनाएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |