• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

नवलपुरमा लगत संकलनको काम चल्दै, लालपुर्जा पाउने आश

नवलपुर प्रेस २०८७ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार (५ साल अघि)

कावासोती । वर्षाैदेखी जग्गाको लालपूर्जा पाउने आशमा बसेका नवलपुरकाभूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु अब जग्गाको मालिक बन्ने भइयो भन्ने कुरामा विश्वस्त बनेका छन् ।
सरकारले जग्गाको लालपूर्जा दिने भनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्यलाई अगाडि बढाइरहेको छ । नवलपरासी पूर्व ९नवलपुरमा ० पनि लगत संकलन कार्य चलिरहेको छ । कावासोती १५ शेरगञ्जमा रहेको बोटे , माझी, मुसहर , समुदायले वर्षौदेखि देखेको सपना अब भने साकार हुनेभयो भन्नेमा पूर्ण विश्वास व्यक्त गरेका छन् । नारायणी नदिमा माछा मारेर अनि दैनिक ज्याला मजदुरी गरेर यहाँका समुदायले जीवन निर्वाह गर्दै आइरहेका छन् । जब – जब निर्वाचन आउँछ अनि नेताहरुले भोट माग्ने मुख्य विषय लालपूर्जा दिन्छौं भनेर आश्वासन बाँड्ने तर, निर्वाचित बनेपछि चासो नै नदिने परिपाटीबाट आजित बनेका यहाँका समुदायमा अहिले सरकारले गाउँगाउँमै पुगेर जग्गाको लगत संकलन कार्य गरेपछि भने, जग्गाको लालपूर्जा पाइन्छ भन्ने लागेको कलिया मुसहरले बताउनुभयो ।
मध्यवर्ती क्षेत्रको सुकुम्बासी जग्गामा वर्षौदेखि यहाँ बोटे , माझी, मुसहर , समुदाय बस्दै आएका छन् । अहिले यहाँ १ ३० घरधुरी बसोबास गर्दै आएका छन् । वर्षौंदेखि नारायणी नदिमा माछा मार्ने, जंगलमा निगुरो, कन्दमूल टिपेर छाक टार्दै आएका यहाँका समुदायले जग्गाको लालपूर्जा नभएकै कारण अन्य वैकल्पिक पेशा व्यवसाय सञ्चालन गर्न समेत समस्या भोग्दै आएका छन् । गरिब , विपन्न र पिछडिएको यस समुदायका यूवालाई आयश्रोत राम्रो नहुँदा अन्य पेशा व्यवसाय सञ्चालन गर्न लगानी नहुने , भएको जग्गा बैंङ्कमा धितो राखौँ वा बेचेर केही नयाँ काम सुरु गरौँ भन्यो लालपूर्जा नहुँदा निकै गाह्रो हुने गरेको अनुभव सुनाउनुहुन्छ सन्तबहादुर माझी। ‘तर , अब सरकारले लालपूर्जा दियो भने गाउँको मुहार नै फेरिन्छ समुदायका युवाहरुले नयाँ वैकल्पिक कामको थालनी गर्न पनि सहज हुन्छ । अब भने सरकारले हाम्रो वर्षौदेखिको सपनामाथी घात गर्दैन भन्ने लागेको छ । ’ माझीले भन्नुभयो ।
कावासोती वडा नं। १ रिठेपानीका बीरवहादुर कुमाल २०३५ सालमा यहाँ आएर बसोबास गर्नुभएको थियो । उहाँले पनि जग्गाको लालपूर्जा पाइन्छ कि, भनी विभिन्न ठाउँमा धाउनुभयो । नेतालाई लालपूर्जा दिने आशमा नै भोट हालेको उहाँ सुनाउनुहुन्छ । यस अघि पनि पूर्जा दिने भनेर कुरा आएको तर, काम भने नहुँदा निराश बन्नुभएका उहाँलाई अहिलेको सरकारले भने पूर्जा दिन्छ भन्ने लागेको उहाँ बताउनुहुन्छ ।
‘अहिले त घरघमै आएर सोधपुछ भर्नुभएको छ । कागजपत्र पनि बुझाएका छौँ । फारम भरेका छौँ अब लालपूर्जा पाइन्छ भनेर ढुक्क भएको छु । धेरै खुसी लागेको छ । ’ कुमालले भन्नुभयो । कावासोती १ नं। वडामा अव्यवस्थित बसोवास गर्ने धेरै छन् भने दलित सुकुम्बासीको संख्या पनि धेरै छ ।
बोटे, माझी , मुसहर समुदाय र बीरवहादुर जस्तै कावासोतीमा बसोबास गरेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले अब भने जग्गाको मालिक भइन्छ भन्नेमा ढुक्क छन् ।
कावासोती नगरपालिकामा भर्खर मात्रै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्य सकिएको छ । देशभरमा गण्डकी प्रदेशमा भूमिहीनका लागि काम सुरु गर्नेमध्ये पहिलो स्थानीय तह कावासोती नगरपालिका हो । यहाँका अन्य स्थानीय तहमा अहिले लगत संकलन कार्य चलिरहेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको विवरण र तथ्याङ्क संकलन इकाई कावासोतीका लगत प्रविष्टिकर्ता मीन लामाका अनुसार कावासोतीमा सात हजार ४११ जनाले फारक भरेका छन् । जसमध्ये भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको फारम भर्ने परिवार संख्या १ हजार ९९५ भने , अव्यवस्थित बसोबासको फारम भर्नेको संख्या पाँच हजार ४१६ रहेको छ । यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको ६५ वटा फारम रद्ध भएको छ भने ,अव्यवस्थित बसोबासको ४९ वटा फारम रद्ध भएको लामाले जानकारी दिनुभयो । अहिले तथ्याङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भईरहेको उहाँले बताउनुभयोे ।
इकाई प्रमुख पवन रुपाखेतीले यो तथ्याङ्कमा थपघट हुन सक्ने बताउनुहुन्छ । संकलकबाट आएको तथ्याङ्कलाई सही छ वा छैन भनी नापजाँच गर्ने काम बाँकी रहेकाले वास्तविक तथ्याङ्क त्यसपछि आउने उहाँको भनाइ छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरका सदस्य रामकृष्ण ढुङ्गानाका अनुसार जिल्लाका आठ वटा स्थानीय तहमध्ये अहिले कावासोतीमा लगत संकलन कार्य सकिएको छ । भने, मध्यविन्दु नगरपालिकामा पनि अन्तिम चरणमा छ । देवचुली र गैंडाकोट नगरपालिका , बिनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिकामा लगत संकलन कार्य चलिरहेको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोग नवलपुरका अध्यक्ष कृष्ण घिमिरेलका अनुसार बौदीकाली र बुलिङ्गटार गाउँपालिकामा काम सुरु भएको छैन् । बौदीकाली र बुलिङ्गटारमा ईकाई स्थापना गर्ने विषयमा छलफल भईसकेको र फागुन महिनाभित्रै लगत संकलन गर्ने योजनाका साथ काम अघि बढाएको घिमिरेले बताउनुभयो । जिल्लामा वास्तविक भूमिहीन कोही पनि नछुटुन र कुनै पनि भूमाफियाले चलखेल गर्न नसकुन भन्ने लक्ष्यका साथ आफूहरूले काम गरिरहेको उहाँले बताउनभयो । सरकारले भूमिहीन कोही पनि नछुटाउने गरि काम गर्न निर्देशन दिएकाले सोही अनुसार आफुहरुले कामलाई प्राथमिकता दिएको बताउनुभयो । भाडामा बस्दै आएकाहरुका विषयमा केही जटिलता देखिएको उहाँको भनाइ छ । तर , पनि आफूहरुले यो समस्या सधैँका लागि समाधान गर्नैपर्छ भनेर लागि परेको उहाँ बताउनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%९%२%१%
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution