२०८० आश्विन १४, आईतबार
ज्ञानु पंगेनी। कावासोती । नवलपरासी पूर्व (नवलपुरको) जंगल क्षेत्र खुला रुपमा शौच गर्ने थलो बनेको छ ।
जिल्लामा पर्ने पूर्व पश्चिम राजमार्ग क्षेत्र भएर आवत जावत गर्ने विषेशगरि यात्रुवहाक बसहरुले शौच गर्ने ठाउँ नै यहाँको जंगल क्षेत्र बनाएका छन् । जिल्लाको गैडाकोट , कावासोती , मध्यविन्दु र बिनयी त्रिवेणी गाउँपालिकामा अधिकाशं जंगल क्षेत्र पर्दछ । यहाँका सामुदायिक वन तथा स्थानीय तहहरुले वनमा खुला रुपमा दिशापिसाब नगर्न आग्रह गर्दै बोर्ड समेत टाँगेका छन् । तर , ती बोर्डको मतलब न त चालकलाई छ नत यात्रुलाई ।
यहाँको राजमार्ग भएर आवतजावत गर्दा गैंडाकोटको थुम्सि , कावासोतीको फलफूलचोक , मध्यविन्दुको चोरमारा , बिनयी त्रिवेणीको दुम्किवासमा सार्वजनिक शौचालय छन् । यी ठाउँहरुमा बसहरु दशदेखि पन्ध्र मिनेटसम्म रोकिन्छन् । तर , शौच गर्न भने वनमै पुग्छन्् ।
सार्वजनिक शौचालय नजिकै बस रोक्दा चालकले पनि शौचालय जाने भए जानुस् भन्दैनन् । यात्रु पनि पैसा तिर्न भन्दा जंगलमै गरौँला भन्ने सोँच राख्दा यो परिपाटी अन्त्य हुन नसकेको उपभोक्ता हक हित संरक्षण मञ्चका अध्यक्ष डोरमारन गिरी बताउनहुन्छ । ‘यात्रा गर्दाको मेरो अनुभवमा शौच गर्न यात्रुले शौचालय भएको ठाउँमा रोक्नुस् है भनेको पनि कम पाउँछु । जंगलतिर रोक्नुस् है भन्छन् । चालकले पनि सार्वजनिक शौचालय भएको ठाउँमा रोक्छु । जंगलमा रोक्दिन भन्दैनन् । जंगलतिर पुगेर रोकौला भन्छन् । ’ गिरीले भन्नुभयो ।
बस मात्रै होईन् प्राय सबैजसो सवारी साधनले शौच गर्न यहाँको वन क्षेत्र प्रयोग गर्ने गर्दा राजमार्ग छेउछाउमा फोहोर र दुर्गन्ध समेत बढेको छ । राजमार्ग छेउमा दुर्गन्ध र फोहोरले एकैछिन बस्न पनि गाह्रो हुने अवस्था रहेको यहाँका साुमदायिक वनका प्रतिनिधीको गुनासो छ । अरुणखोला सामुदायिक बनका सदस्य तथा बन हेरालु कमला आलेले राजमार्ग आसपास सवारी साधन रोकेर दिशापिसाब गर्दा दुर्गन्ध फैलिएको , वनमा आउजाउ गर्दा नाक थुनेर ह्निुपर्ने जथाभावि दिसापिसाब गर्दा वनभित्र पस्न पनि समस्या हुने गरेको बताउनुभयो ।
नेपाल डेढ वर्ष अघि नै खुला दिसामुक्त राष्ट्र घोषणा भईसकेको छ । जथाभावि खुला रुपमा दिशापिसाब गर्न पाईंदैन् । व्यक्तीका घरघरमा शौचालय बनेर प्रयागमा आएपनि यात्राका क्रममा खुला ठाउँमा जथाभावि दिशापिसाब गर्ने बानीमा भने अझै परिवर्तन आउन सकेको छैन् । यस्ता कृयाकलाप रोक्नका लागि सम्बन्धित पक्षबाट निगरानी गर्ने र संलग्नलाई कारवाहीको दायरामा ल्याउन सके मात्रै न्युनिकरण हुन सक्ने अभियान्ताहरु बताउछन् ।
‘अहिले खुला रुपमा दिसापिसाब गर्न हुँदैन भन्ने सबैलाई थाहा छ । सरकारी लगानी , विभिन्न संघसंस्थाका लगानीमा ठाउँठाउँमा सार्वजनिक शौचालय बनेका छन् । तर बनेर मात्रै भएन , प्रयोग गर्ने बानीको विकास पनि हुनुपर्छ । ’ मानव अधिकार समूह कावासोतीका सदस्य पवित्रा पौडेलले भन्नुभयो । ‘खुला रुपमा शौच गर्ने काम सचेत नागरिकबाट पनि भएको देखिन्छ । यदि यात्रा गर्दा खुला ठाउँमा दिसापिसाब गर्न हुँदैन शौचलायमा रोक्नुस् है भन्ने बानी विकास गर्न सकेमा परिवर्तन गर्न समय लाग्दैन् । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |