• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

प्याराग्लाइडिङको सफल परिक्षण, ६ दिनमा २३ उडान , के सम्भव छ नियमित उडान ?

१६६९ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन ११, मंगलबार (५ साल अघि)

दयाराम आचार्य । कावासोती । कावासोती नगरपालिकाको बालुवाडाँडाबाट प्याराग्लाइडिङको परिक्षण उडान गर्ने काम सकिएको छ । छ दिन सम्म परिक्षण उडानका रुपमा २३ वटा उडान भरिएको छ । फागुन ६ गते देखी शुरु भएको परिक्षण उडान मंगलबार समापन गरिएको छ ।
६ दिन सम्म गरिएका २३ उडानमा चारवटा एकल उडान गरिएको छ भने १९ वटा चालक सहित एक यात्रु राखी उडान गरिएको छ । चालक दलका सदस्य हरि प्रसाद पहारीका अनुसार सबै भन्दा छोटो उडान १० मिनेटको गरिएको छ । यस्तै सबै भन्दा लामो समयमको उडान ४५ मिनेटको गरिएको उहाँले बताउनुभयो । ४५ मिनेट एकल उडानको सबै भन्दा लामो समयको रहेको र दुई जना सहितको उडान सबैभन्दा लामो २५ मिनेट गरिएको छ ।
परिक्षणका क्रममा गरिएका उडान मध्य बालुवाडाँडा स्थित खोर भञ्ज्याङ्ग देखी दुई सय मिटरको उचाईमा एकल उडान गरिएको छ । उडान क्षेत्र ८ सय ७० मिटरमा रहेकोमा एकल उडान दुई सय मिटर माथि १ हजार ७० मिटर सम्म गरिएको छ । यस्तै दुई जना सहितको उडानभने उडान क्षेत्रबाट ५० मिटरको उचाई सम्म गरिएको छ ।
परिक्षणका क्रममा गरिएका सबै २३ उडान सफल रहेको र यहाँ प्याराग्लाइडिङको सम्भावना रहेको चालक पहारीले बताउनुभयो । यहाँ कुनै पनि अवरोध नभएको उहाँको भनाई छ । हाईटेन्सन लाईन उडान क्षेत्रभन्दा टाढा पर्ने हुदा कुन अवरोध नहुने उहाँले बताउनुभयो । यस्तै हात्तिखोरमा रहेको आर्मी व्यारेक क्षेत्रतर्फ नआई उडान भरि केरुङ्गे खोला क्षेत्रमा अवतरण गर्न सकिने भएकाले यसको समेत केही असर नपर्ने उहाँले बताउनुभयो । परिक्षणका क्रममा भने धेरै उडान पोखरी तालमा गरिएको छ । विष्णुनगर खेल मैदान र केरुङ्गेको तटीय क्षेत्रमा समेत अवतरण गरिएको थियो । केरुङ्गेको तटीय क्षेत्र वा सो भन्दा माथी गाउँ क्षेत्रमा अवतरणकालागि उपयुक्त देखीएकाले केही अवरोध नभएको चालक पहारीले बताउनुभयो । उडान भर्ने क्षेत्रमा केही संरचना मिलाउन आवश्यक रहेको उहाँको भनाई छ ।

कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुन प्याराग्लाईडिङ गर्दै ।

छ दिन सम्म चलेको परिक्षण उडान कार्यक्रमको समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले नवलपुरको कावासोतीमा प्याराग्लाइडिङ समेत सम्भावना रहेको देखिएकाले यसलाई सफल रुपमा संचालनकालागि नीतिगतरुपमा गर्नुपर्ने सहयोगको काममा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताउनुभयो । प्याराग्याइडिङलाई सफल बनाउन गुरुयोजना निर्माण गरि लाग्नुपर्ने बताउनुभयो । परिक्षणमा क्रममा देखिएका चुनौतीहरुलाई कानुनी प्रक्रीयाबाट गएर गर्नुपर्नेलाई कानुनी तवरले समाधान गर्दै जाने र पूर्वाधारका हिसाबले केही संरचना बनाउन पर्ने भए सोहि अनुसार लाग्नुपर्ने उहाँले बताउनुभयो । यसकालागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने समेत उहाँले बताउनुभयो । योजना लिएर लागि पर्ने बालुवाडाँडा पर्यटन विकास युवा सञ्जालका युवाहरुलाई समेत उहाँले धन्यावाद दिनुभयो ।
प्रदेश सभा सदस्य ओमकला गौतमले नवलपुर सम्भावनाको खानी भएको क्षेत्र बताउदै भन्दै यसलाई सफल पार्न हरेक कोणबाट आफ्नो सहयोग रहने बताउनुभयो । अवतरण गर्ने स्थाई क्षेत्रको पहिचान गरि त्यसको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । पोखरी ताल र टरुवा ताल क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण ठाउँ भएको भन्दै यि लगाएतका पर्यटकीय क्षेत्रको विकासमा समेत लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले परिक्षण सफल रुपमा सम्पन्न भएको भन्दै अब देखिएका सबै चुनौतीको समाधान गर्दै यसलाई नियमित बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले योजनाकालागि युवाहरुको टोली र कावासोती नगरपालिकालाई धन्यवाद समेत दिनुभयो ।

कावासोती नगरपालिका प्रमुख चन्द्र कुमारी पुनले नवलपुरको सदरमुकामका रुपमा रहेको कावासोती नगरपाकिला पर्यटकिय दृष्टिकोणले धेरै सम्भावना रहेको बताउदै यसको विकासमा आफुहरु लागि रहेको बताउनुभयो । पर्यटकिय क्षेत्रमा पूर्वाधार निर्माणको काममा नगरपालिका लागिरहेको उहाँले बताउनुभयो । प्याराग्लाइडिङको परिक्षण सफल भएको भन्दै अब आवश्यक पर्ने पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्ने उहाँले बताउनुभयो । प्याराग्लाइडिङलाई सफल बनाउन अब सबै सरोकारवाला मिलेर संयुक्त योजना बनाएर लागिपर्नुपर्ने बताउनुभयो । परिक्षणको योजना बनाउने बालुवाडाँडा पर्यटन विकास युवा सञ्जालका सबैमा उहाँले धन्यावद दिनुभयो ।
उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले प्याराग्लाइडिङ उडान सुरु भएका यहाँ नयाँ सम्भावनाहरुको बढ्ने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगल सफारी, नारायणी तटिय क्षेत्रको मनोरम स्थल, घरबास सहित यी सबै क्षेत्रमा पर्यटकको आगमन बढनेहुदा यसले थप उत्साही बनाएको उप प्रमुख मर्दनिया थारुले बताउनुभयो । विकास र संमृद्धिमा प्याराग्लाइडिङले समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले प्याराग्लाइडिङको सफल परिक्षण नगरको पर्यटकिय विकासमा कोसे ढुङ्गा साबित हुने बताउनुभयो । यसको नियमित उडानले आन्तरीक तथा बाह्य पर्यटक आकर्षित गरि आर्थिक विकासमा समेत भोलीका दिनमा यसले सहयोग पुर्याउने उहाँले बताउनुभयो ।


वडा नम्बर एकका वडा अध्यक्ष नारायण पन्तले प्याराग्लाइडिङको सफल परिक्षणले यस क्षेत्रको महत्व बढेको भन्दै अब यसलाई नियमित उडान हुने गरि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
समापन कार्यक्रममा बालुवाडाँडा पर्यटन विकास युवा सञ्जालका अध्यक्ष उमेश रानाले स्थानीय ,प्रदेश र केन्द्र सरकारले यसको विकासमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफुहरु समेत यस क्षेत्रमा पर्यटनको विकासमा सयुक्त रुपमा जुटेको बताउदै सबै सरोकारवालाहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । सञ्जालका उपाध्यक्ष दिपक सिग्देल, सचिव विमल राना, कोषाध्यक्ष घनश्याम भण्डारी, सदस्य दिनेश ठाढा,हरि थापा ,होम बहादुर कुमाल ,युवराज श्रेष्ठ , शुक्रराज ठकुरी लगाएतको युवा टोलीले प्याराग्लाइडिङको परिक्षणको योजना र कावासोती नगरपालिकाको सहकार्यमा परिक्षण उडान कार्य गरिएको हो । परिक्षण उडान कार्यक्रमको समापन शत्रको संचालन दिशेन ठाढाले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१०%११%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution