

राजन पाण्डे । नवलपुर। शासन र शत्ता, राजनीति र राजकाजको केन्द्रमा नागरिक हुनुपर्दछ । नीति, योजना, कार्यक्रम प्रक्रिया, शक्ति र अर्थतन्त्रको केन्द्रमा नागरिक हुनु पर्दछ । यो नै नागरिकमुखी शासन वा लोकतन्त्रको प्रधान चरित्र हो ।
आज संसारका हाम्रा जति नै जनसंख्या भएका देशहरु जसले प्रगती गरेकाछन् । ती देशमा यतिका धेरै राजनीतिक संरचना, यतिका धेरै वेतनधारी जनप्रतिनिधि कतै छैनन् । यति मात्र होईन एक वर्षमा तीन वाली लगाउन मुस्किलले मिल्ने नेपाली भुमीमा तीन वटा सरकार सहजै फेरिन्छ ।
उत्पादन, रोजगारी र राजश्वले नकारात्मकता तर्फ वेग मारिरहंदा हाम्रो शत्ता, शासन, राजनीति र राजकाजले कत्ति पनि जवाफदेही हुनुपरेको छैन । राजनीति त दर्शन, सिद्धान्त, विचार, कार्यक्रम र कार्यशैलीले विशिष्ट र फरक देखिनु पर्ने हो । यहाँ त काग र वकुल्ला, कधा र गाईको विच क्षण भरमा गोत्र मिल्छ । मन्त्र मिल्छ । लक्ष्य मिल्छ । गक्ष मिल्छ ।
सभ्य र सही राजनीतिले त जनताको दुःख र सुखको साथ र आधार वन्नु पर्ने हो । People greater happiness लाई केन्द्रमा राख्नु पर्ने हो । नागरिक सर्वोच्चतालाई व्यवहारमा अबलम्बन हुनु पर्ने हो । यो किन भएन । यो नहुँदा पनि राजनीति, राजकाज, शत्ता र शक्ति वैधानिक हुने कसरी ?
अतः
हाम्रो निर्वाचन प्रणाली सामन्त प्रधान र थोरै छट्टु नेताले प्रधानमन्त्री चुन्न र चुनिन सक्ने गरि वनाईएको छ । हाम्रा तीनै तहका सरकारहरु आधा किलो मासुमा २ किलो मसला हालेको शैलीमा बोझिलो बनाईएको छ । नियमित प्रशासनिक संरचनाबाट सम्पादन गर्न सकिने कामका लागि पनि अनेक आयोग, परिषद, समिति, वोर्ड जस्ता संरचनालाई खडा गरिएको छ । यति सानो भुगोल, थोरै जनसंख्या र कमजोर अर्थतन्त्र रहेको देशमा अधिक जनप्रतिनिधि रहने संरचना खडा गरिएकोछ । संवैधानिक आयोगहरुलाई राजनीतिक रापतापवाट माथि उठ्नै नसक्ने गरि संरचना गरिएकोछ । यी सबै कुराले हामीलाई अघि वढ्नै नसक्ने गरि गाँजेको छ । हाम्रा सबै सरकार, निकाय, तह, संघसंस्थाहरु भ्रष्टाचार र कुशासनको पर्याय जस्तै वनेकाछन् ।
निश्कर्ष :
सबै रोगको ओैषधी संविधान र कानुन होईन तर माथि उल्लेखित विषयका संदर्भमा संविधानले सही मार्ग प्रसश्त नगरेको महशुस आम रुपमा हुन थालेको छ । संविधानका असल प्रावधानहरलाई प्राण भर्न देशले ईमान्दार नेता खोजेको छ । देखिएका विकृति र असम्भव व्यवस्थालाई सच्याउन दुरदर्शी, समर्पित र प्रचारबाट माथि उठेको राजनेता देशले खोजेको छ । त्यो नेता देशले पावस् । संवैधानिक अराजकता र ४ जना ठालुले चलाई रहेको नियन्त्रित अराजकतावाट देशले मुक्ति पावस् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |