

मिठो प्यार अनि सम्झना ।
अनाहकमा कलम चल्न थाले सायद प्रेमिल भाव हो या मनका बिलौना । सोंच्छु म अभागी हुँ या सबै भन्दा भाग्यशाली । भाग्यशाली भनुँ भने यति दूर जुन मनको चाहा हो त्यो त्यागेर बसेको छु अभागी हुँ भनु भने सबै भन्दा माया गर्ने मान्छेको साथ पाएको छु । मन न हो नि अनेक खयाल आँउछ जान्छ, पीडा पनि दैनिक नित्यकर्म जस्तै लाग्दो रहेछ । यस्तै परिवेश,परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना नै रहेछ । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्नेरहेछ । भविश्यमा कति चुनौती सामना गर्नु छ मैले त्यो निर्क्योल त गरि सकेको छु, बस यत्ति आशा अनि भगवान सित प्रार्थना गर्छु त्यो लडाइँमा पराजित भए भने मृत्युको भय नहोस,हाँसी÷हाँसी स्विकार्न सकु ।
फुच्चि, सायद आफ्नो तनाव र पीडा संसारमा आफुलाई भन्दा ठूलो कसैलाई पनि लाग्दैन,हो त्यही पीडा बिच तिम्रो आगमन र तिमी सितको प्रेमिल समागममा खुशी हुन सिक्दै छु,बाँच्ने मोह जागाउदै छु ।संसारिक पीडाबाट टाढा रहन कोसिस गरिरहेछु तर किन ? पीडा फेरि अंगाल्न आइपुग्छ , मेरो खुशीमा मेरो आफ्नै नजर लागे जस्तो त्यही पीडा दोहरिन थाल्छ । संसार जित्न हिंडेको एउटा भुँइ मान्छे म किन मेरो हौसला र साहस दलदलमा फसिरेहेछ जस्तो लाग्छ ।
हिजो तिम्रो चेहरामा त्यो चमक र त्यो प्रेम देखिन अनि मन त्यसै ओइलिन थाल्यो तर कोसिस गरि रहे कुरा गर्दै गएसी त्यो प्रेम र अपनत्वको झंकार महसुस हुन्छ । तर भएन मैले खोजे जसरी न तिमी बोलेउ,न हाँसेउ,मन भित्र एउटा पीडा दबाएर केवल देखावटीको बोली पस्केको अनुभव भयो । मनलाई तिमी सामु खोल्न र खुशी हुन तिमीलाई हेरिरहे तर त्यो कतै भेटिन । मनम झन पीडा वोध भो,भित्र भित्रै मन रोइरह्यो अनि रिस पनि उठ्यो,त्यो रिस शान्त गर्न निस्किए । रात भरि फेवातालको त्यो चिसो हावा सँग दुस्खेसो पोख्दै बसे तर अँह आँशु कत्ति पनि झारिन, प्रकृतिले दिएको त्यो साथ अनि प्रेममा मेरो आँशु देखाएर उस (प्रकृति, फेवाताल) लाई रुवाउन चाहिन ।पीडा र आँशु त शत्रुलाई पनि दिन चाँहदिन साथ दिने प्रकृतिलाई त झन किन दिन्थे र ?
म यस्तै छु सानो कुरामा खुशी हुन सिकेको मान्छे सानो कुरामा पनि दुस्खी र पीडा बोध गर्छु,हो म यस्तै छु मनबाट कसैलाई चाहन्छु दिलोज्यान लगाएर सामिप्यता महसुस गराउछु । हो म यस्तै छु ,आफ्नाको खुशी र हर्षको लागि आफ्नो आँशु लुकाएर संसार सित कुरुक्षेत्रमा उत्रिदिन्छु । यद्यपि तिमीले मलाई कसरी बुझेछौ रु मेरो प्रेमलाई कसरी परिभाषित गर्छौ थाहा छैन तर तिम्रो प्रेममा आफ्नो आँशु पनि दवाएर हाँस्ने चेष्टा सधैं लिरहन्छु । म त यस्तै नै छु,तिम्रो प्रेमलाई सम्बोधन गरेर कलम चलाए,कलमको जस्तो साथ रहिरहोस,यी शव्दहरू जस्तै सँगै दौडिरहोस हाम्रो प्रेम,रिसानी माफ होस फुच्चि किनक म यस्तै छु ।सानो कुरामा नि रोइदिन्छु ठूलो कुरामा नि पीडा सँगै मिसाइदिन्छु।आजिवन प्रेम गरिरहन पाँउ ।
गुलाबको फुलको सुरक्षाका लागी काँडा सँधै लागिरहन्छ कहिल्यै अलग हुँदैन बोटबाट, बादलले आँसु झार्दा सारथी बनिदिन्छ खोला, अनि प्रत्येक आँसुका थोपा आफ्नो काखमा थापेर बगाईदिन्छ आफुसँगै । हिमालले प्रेम गर्छ सँधै नदिसँग त्यसैले त बगाईरहन्छ निरन्तर आफ्नै गतिमा आफु रुख्खिएरै भएपनि । पुर्णिमाको चन्द्रमा सबैको प्रिय हुन्छ, त्यसैले त वर्णन गरीन्छ सुन्दरताको प्रतिकका रुपमा । खोलाले समुद्रसँग गर्ने प्रेम साँच्चै उदाहरणीय छ, अनेक बाधा व्यवधान पन्छाउँदै हिमालको प्रत्येक कुना कन्दराबाट आखिर पुगेरै छोड्छ अनि उसैमा विलिन हुन्छ । म सकिन तिमी सित विलीन हुन,काँडाले फुलको रक्षा गरे जस्तै मैले सकिन,खोलाले जस्तै प्रेम गर्न पनि सकिन ।
माफ पाँउ, म स्वार्थी निस्के शव्द केलाए,माफी मागे अनि आफ्नो प्रेममा श्रद्धाञ्जली अर्पण गरे ।
तिम्रो मान्छे।।।।।।????
-ईश्वर गाहा
कावासोती २, नवलपुर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |