२०८० मंसिर १४, बिहिबार
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट एकल रुपमा निर्विरोध प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि नवलपुर क्षेत्र नं. २ बाट सिफारिस भए सँगै तिलक महतको नामले यतिबेला राष्ट्रिय राजनीतिमा तहल्का मच्चाइरहेको छ । देशमा यतिबेला आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले जनताको ध्यान तानेको छ । विभिन्न राजनैतिक दलका नेताहरू एवं स्वतन्त्र उम्मेदवार यतिबेला आगामी निर्वाचनको तयारी गर्दे छन । यस्तो अवस्थामा लामो राजनैतिक पृष्ठभूमि बोकेका नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज नवलपुरे युवाका रोलमोडल नेताका रुपमा रहेका नेता महतको भने छुट्टै चर्चा चलेको छ । आफ्नो पार्टी र संगठनको मात्र नभएर उनी समस्त नवलपुरको अभिभावक भएर आफ्नो जिम्बेवारी पुरा गर्ने भएकाले गर्दा पनि उनलाई आदर्श मान्नेहरू धेरै भएका हुन । वि.सं. २०७४ सालको प्रतिनिधि सभाको सदस्यमा विजयी भएका महतलाई यतिबेला नवलपुरे जनताले पुनः एकपटक खोजिरहेका हुन त ?
को हुन तिलक महत ?
वि.सं. २०२४ जेठ १२ गते गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं. २ मा बुबा डिल बहादुर महत क्षेत्री र आमा नन्दकली महत क्षेत्रीको कोखबाट तिलक महतको जन्म भएको हो । कक्षा १० सम्मको अध्ययन भानु माध्यामिक विद्यालय गुल्मीबाट पुरा गरि २०४२ सालमा बसाइ सरेर नवलपुरको कावासोती आए र स्नातक सम्मको अध्ययन कुमारवर्ती बहुमुखी क्यापस कावासोती बाट पुरा गरे । सानै बाट शान्त स्वभाव, सहयोगी भावना भएका , हसिलो अनुहार भएका , अरुको दुखः देख्ने बित्तिकै पिलपिल आँसु झारी हाल्ने , मिठो र सानो बोली भएका महत अहिले पनि विभिन्न शोक सभाहरू र जनताको आँसुमा सँगै पिलपिल गरिहाल्ने भएकाले आजभोलि उनलाई पिलपिले नेता भन्न थालिएको छ । राजनीतिमा भने नवलपुर नेकपा (एमाले)को दिशा परिवर्तन सँगै पहिलो पार्टीको रुपमा उभ्याउन सफल जनताका लागी काम गर्ने क्रान्तिकारी सोच र विचार भएका , भौतिक तथा मानवीय विकासको काम गर्दे आफ्नो जीवन देश र जनताका लागी सुम्पिएका विकास प्रेमी नेताको रुपमा आफूलाई परिचित गराउन सफल भए । सँधै जनताको घरदैलोमा रहने नवलपुरका जनताको ढुकढुकी , स्थानीय नेता , संगठन निर्माणकर्ता , सम्पूर्ण क्षेत्रको जानकार र जनताको काम गर्ने जननेताका रुपमा उनको परिचय स्थानियहरुले दिने गरेका छन ।
राजनैतिक पृष्ठभूमी
कक्षा ६ मा पढ्दा नै शिक्षकहरुबाट कम्युनिष्ट विचार सिद्घान्त र व्यवहार बाट प्रभावित भएका थिए । वि.स. २०४० सालमा पहिलो पटक कक्षा १० मा अध्ययन गर्दे गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटिकको सदस्य भइ गुल्मि बाट नै विद्यार्थी राजनीति सुरु गरे , नवलपुरमा बसाइ सराइ गरि आए पश्चात वि.स. २०४५ सालमा कुमारवर्ती बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सचिव बने , वि.स २०४७ सालमा सहायक प्रारम्भिक कमिटी हुदै क्याम्पस प्रारम्भिक क्यम्पस कमिटीको अध्यक्ष भए । वि.सं. २०४९ देखि २०५३ सम्म अनेरास्ववियु नवलपरासी जिल्ला कमिटीको अध्यक्ष भए । वि.सं. २०५४ सालमा पार्टी विभाजित भएर नेकपा(माले) नेकपा (एमाले) बन्यो त्यस समयमा उनी नेकपा(एमाले)मा नै रहेर राजनीति गरे र पार्टीको जिल्ला कमिटी सदस्य भए । जिल्ला कमिटी सदस्य भए सँगै उनी ८ वर्ष सम्म पार्टीको कार्यालय सचिव भएर काम गरे । वि.स. २०६६ देखि २०७० साल सम्म दुइ पटक नेकपा (एमाले) को जिल्ला कमिटी अध्यक्ष भए । वि.सं. २०७० सालमा काठमाडौँमा भएको नेकपा (एमाले)को ९ औँ राष्ट्रिय महाधिवेशन बाट लुम्बिनि अञ्चल भुगोल तर्फ बाट केन्द्रिय कमिटी सदस्य भए । वि.सं. २०७४ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) विच एकता भएर बेनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय कमिटीको सदस्य बने भने वि.सं. २०७८ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुट सँगै पुन माओवादी र एमाले छुट्टा छुट्टै पार्टी बन्यो यस सँगै चितवनमा सम्पन्न नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्य तथा नवलपुर जिल्लाको इन्चार्ज भए ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित
वि.सं. २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचन बाट प्रतिनिधि सभा सदस्य बन्न पुगे यो सँगै नेपकाको दुइ तिहाइ बहुमतको सरकार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि सम्माननिय केपि शर्मा ओलीको सरकार बन्न पुग्यो । यो सँगै उनले नवलपुरमा गरेका कामहरुले नै उनलाई यस पटक पुनःएकपटक नेकपा (एमाले) बाट निर्विरोध रुपमा प्रतिनिधि सभाका लागी सिफारिस भएका छन । उनलाई जनताले खोज्ने प्रमुख कारण उनले आफ्नो क्षेत्रमा गरेका कामहरु नै हुन भन्न सकिने अवस्थाको सिर्जना भएको छ ।
के के हुन त तिलक महतले गरेका कामहरु ?
नवलपरासी जिल्ला विभाजन पश्चात नवलपरासी वर्दघाट सुस्ता पुर्व र नवलपरासी वर्दघाट सुस्ता पश्चिम गरि दुइ वटा जिल्लामा विभाजन भयो । यो सँगै उनि नवलपरासी वर्दघाट सुस्ता पूर्व अर्थात नवलपुर जिल्लामा नमुना सदरमुकाम निर्माणका लागी संघिय सरकार सँग पहल गर्दे १८६ विगाह क्षेत्रफको जग्गाको व्यवस्थापन गरि यसको पूर्व सम्माननिय प्रधानमन्त्रि केपि शर्मा ओलि बाट उद्घाटन गरे , राष्ट्रिय गौरबको आयोजना खोज अनुसन्धान अन्र्तगत नेपालकै सबैभन्दा ठुलो धौवादी फलाम पत्ता लगाइ यसको व्यवसायिक उत्पादका लागी अघि बढाए , बुटवल नारायणगढ सडक खण्ड अन्र्तगतको ७० कि.मि बाटोलाइ स्तारोन्नतिका लागी काम गरे र अहिले निर्माणाधिन अवस्थामा रहेको छ, कालिगण्डकी कोरिडोर (मदनभण्डारी राजमार्ग) १२६ किमि सडक खण्ड जस अन्र्तगत गैडाकोट देखि पाल्ला जिल्लाको पिपलडाँडा ÷ राम्दि सम्मको सडकखण्ड निर्माणाधिन अवस्थामा छ , त्रिवेणी मुख्य भनस स्थापना सँगै हाल सञ्चालनमा रहेको छ , त्रिवेणी धार्मिक स्थल बाल्मिक आश्रम सम्म जाने झोलुङ्खे पुल निर्माण सँगै दर्जनौ झोलुङ्खे र पक्कि पुल निर्माण भएका छन , मध्यविन्दु जिल्ला अस्पताको निर्माण र प्रत्येक पालिकामा पालिका स्तरिय अस्पताल निर्माण कार्य भइरहेको छ , शिक्षा अन्र्तगत नवलपुरका अधिकाशं विद्यालयहरु हाल नमुना विद्यलायको रुपमा अघि बढिरहेको छ , प्रधानमन्त्रि कृषि आधुनिकिकरण कार्यक्रम अन्र्तगत बैदिकाली गाउपालिकामा हाल सुन्तला जोन कार्यक्रम सञ्चालनमा छ जस अन्र्तगत सुन्तला जातका सुन्तला , कागति , निबुवा लगाएतका फलफलहरुको उत्पादन भइरहेको छ , नवलपुरका अधिकांस क्षेत्रमा सिँचाइका लागी डिप बोरिङ्ख मार्फात भूमिगत सिँचाइको व्यवस्था मिलाइएको छ , दक्षिण देखि उत्तर सम्म जोड्ने दुम्किबास , सर्दि धुर्कोट पाल्पा सडक , अरुणखोला , दमाह , मित्याल , रामपुर पाल्पा सडक , चोरमारा झ्यालबास रुचाङ्ख , डेढगाउ , भिमाद खैरेनी पोखरा सडक निर्माण कार्य भइरहेको छ , विद्युतिकरण नभएका सम्पूर्ण स्थानहरुमा अहिले विद्युत पुगेको छ , पालिका स्तरमा खेलकुदका मैदानहरु निर्माण भएका छन, पर्यटन प्रर्वधनका लागी अमलटारी होमस्टेको व्यवस्थापन र प्रर्वधन , त्रिवेणी , लोसेधारा , दाउन्नेदेवि , बैदिकालीमा काम भएको छ , प्रदेश स्तरका सरकारी कार्यलाय स्थापना भएको छ जस अन्र्तगत हाल कावासोतिमा यातायात कार्यालयको स्थापना सँगै लाइसेन्स वितरण सुरु भएको छ , आन्तरिक राजस्व कार्यालयको स्थापना भएको छ , त्रिवेणी दुम्किबास सडक खण्डमा राष्ट्रिय निकञ्ज पर्ने भएको हुदा युनेस्को र राष्ट्रिय निकुञ्ज सँग अनुमति लिने काम अन्तिम चरणमा रहेको छ , राम्दि देखि देवघाट र देवघाट देखि त्रिवेणी सम्म जलयातायातका लागि बजेट विनियोजन भइ अध्ययन अघि बढेको छ । नारायणी नदि तथा ठाडा खोलाहरुमा तटबन्धनको काम भएको छ , भुमिहिन सुकुम्बासीहरुलाइ लालपुर्जा वितरणका लागी नापजाँचको काम सकिएको र वितरणको अन्तिम चरणमा रहेको छ ।
महत नै किन ?
फलामखानिको व्यवसायिक उत्खनन सुरु गर्नका लागी , नमुना सदरमुकाम भवन निर्माण गर्न , त्रिवेणी दुम्किबास सडक निर्माण गर्न , नारायणी नदिमा डिपिआर गरि व्यवस्थित तटबन्धन गर्न , नवलपुर जिल्ला अस्पताललाइ स्तरोन्नत्ति गरि प्रदेश स्तरिय मेडिकल कलेजको रुपमा विस्तार गर्न , कुषिलाइ व्यवसायिक र रोजगारमुलक बनाउन र दुध , माछा , मासु , अण्डातथा फलफुलमा आत्मनिर्भर बन्न , नवलपुरमा चिस्यान केन्द्रको स्थापना गर्न , पर्यटन प्रर्वधनका लागि थारु , मुसहर , माझि , बोटे , मगर र गुरुङ्ख होमस्टेहरु निर्माण गर्न , शालिग्रा पाइने एकमात्र कालिगण्डकी नदिको प्रचारप्रसार गरि पर्यटकिय जिल्ला बनाउन , औद्योगिक विकासका लागी कावासोतिको जंगलमा छुटाएको १०० विगाह जग्गामा उद्योग सञ्चालन गर्न , बन्यजन्तु र मानव विचको द्न्द व्यवस्थपन गर्न , भुमिहिन सुकुम्बासीहरुलाइ लालपुर्जा वितरण गर्न त्रिवेणी देखि कोरला नाका सम्मको सडक निर्माण कार्य मुख्य योजनाका साथ अघि बढाउन । अवको एक मात्र उदेश्य भनेको नवलपुरलाइ औद्योगिक र कृषि हबको रुपमा विकास गर्ने र रोजगारी सिर्जना गर्ने बताउछन ।
आगामी निर्वाचन कति सजिलो छ त ?
२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) विच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार भएर प्रतिनिधि सभाको निर्वाचनमा विजयी हाँसिल गर्न सफल भएका थिए तर वर्तमान समयमा नेकपाको फुट पश्चात दुइ पार्टीहरु अलग अलग भएका छन र नेकपा(माओवादी केन्द्र) यतिबेला सत्ता साझेदारी र गठबन्धनको सरकार र ति सरकारका दलहरु सँगै भएको गठबन्धन बाट आगामी चुनाव लड्दै छन भने नेकपा (एमाले) को एउटा पंत्ति अर्थात माधव कुमार नेपाल एककृत समाजवादी पार्टी स्थापना सँगै सरकार साझेदारी मा नै छन जसले गर्दा महतलाई चुनाव जित्न त्यति सजिलो भने देखिदैन । गठबन्धन बाट नेकपा(माओवादी केन्द्र)को वा नेपाली कांग्रेसबाट उम्मेदवार हुने भन्ने कुराको भने अहिलेसम्म टुङ्खो लागेको छैन । माओवादी केन्द्रले क्षेत्र नं. २ को प्रत्यक्ष निर्वाचनका लागी बालकृण गैरे , डासीराम बस्याल , प्रेम बस्नेत ,सरला खनाल र दर्गा रसाइली लाइ सिफारिस गरेको छ भने नेपाली कांग्रेस बाट विष्णु ककुमार कार्की , बिनोद कुमार चौधरी , सुमित्रा दनाल , शंकर तिवारी , राम्जी प्रसाद पौडेल , नन्द किशोर गुप्ता र गंगोत्री चौधरीको नाम सिफारीस भएको छ । प्रमुख तिन दलहरुमध्य माओवादी केन्द्र भने नवलपुर जिल्लामा नै कमजोर छ । तसर्थ आगामी निर्वाचनमा प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली कांग्रेसल वा नेकपा(एमाले)नै चुनाव जित्ने हो । महत सँग चुनाव लड्ने प्रबल सम्भावना भएका धनाड्य व्यवसायी विनोक कुमार चौधरी र विष्णु कार्की रहेका नेताहरू हुन । कार्की सँगै लडेर २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेका थिए भने चौधरीको नाम बढि चर्चामा यतिबेला रहेको छ तर स्थानीय स्तरको नेताको हैसियतले महतलाई भने केहि सहज नै भएको देखिन्छ । दुइ निर्वाचन क्षेत्र रहेको नवलपुर जिल्लामा क्षेत्र नं. १ बाट कांग्रेस नेता शशांक कोइराला पुनः आउने सम्भावना बढि रहेको हुदाँ क्षेत्र नं. २ बाट भने यसपालि माओवादी केन्द्रले टिकट पाउन सक्ने सम्भावना बढि देख्न सकिन्छ । हाइ प्रोफाइल नेताका रुपमा रहेका शशांक कोइरालालाइ जिताउनका लागी पनि यसपटक माओवादी केन्द्रलाइ टिकट दिनुपर्ने बाध्यता गठबन्धनलाइ रहेको देख्न सकिन्छ यदि यसो नभएको खण्डमा शशांक कोइरालालाइ गाह्रो पर्ने भएकाले गर्दा पनि यो सम्भावना बढि भएको हो ।
के के हुन सक्छन चुनाव जित्ने आधारहरु ?
चुनाव जित्ने पहिलो आधार भनेको उनले ५ वर्षको अवधिमा आफ्नो क्षेत्रमा गरेका विकासका कामहरुलाइ लिन सकिन्छ र बाँकि रहेका कामहरु पुरा गर्नका लागी उनलाई जनताले यसपटक भोट दिने सम्भावना भने बलियो छ । उनको अर्काे बलियो पक्ष भनेको जनतामाझ लोकप्रिय र घरघरमा पुग्ने उनको स्वभाव हो । कोरोना महामारीको समयमा उनले गरेका कामहरु , जुनसुकै प्राकृतिक विपत्तिमा पनि अग्र पंत्तिमा रहेर उनले गरेका कामहरु , जनताको सुख दुखमा सँगै हुने र सबैलाइ समान व्यवहार गर्ने उनको व्यक्तिगत शैलिका कारण उनलाई सजिलो रहेको देख्न सकिन्छ । संसदमा नवलपुरको विकासका लागी , यहाँका समस्या समाधानका लागी चर्काे रुपमा कुरा उठाउने र राष्ट्रव्यापि रुपमा बहस सिर्जना गर्ने , अर्काेतर्फ स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)ले गठबन्धनका दलहरुलाइ एक्लै चुनावमा लडेर अधिकांश पालिकामा विजयी भएकाले पनि आगामी निर्वाचन सजिलो देख्न सकिन्छ । नवलपुरमा करिब १२ हजार नेकपा(एमाले)का सक्रिय कार्यकर्ता रहेका छन जसमध्ये करिब ७ हजार क्षेत्र नं. २ मा रहेका छन भने , टोल स्तरमा पार्टी कमिटी र भातृसंगठन निर्माण भएका छन । अनेरास्ववियु जिल्ला कमिटीले पुर्णता पाएको छ , राष्ट्रिय युवा संघ नेपाल , अनेम संघ , नेपाल राष्ट्रिय मुस्लिम इत्तेहाद संगठन, किसान संगठन लगाएतका २२ वटा भातृसंगठन यतिबेला चुनावमा लागेका छन । यतिबेला नवलपुरमा भएका भातृसंगठनहरुको काम हेर्दा आगामी निर्वाचन मज्जासँग हाक्न सक्ने जनशक्ति एमाले सँग रहेको र निष्ठावान कार्यकर्ताहरु भएकाले गर्दा चुनवा सजिलो देख्न सकिन्छ । गठबन्धन बाट माओवादी केन्द्रका कार्यकर्ता तथा कम्युनिष्ट विचार सिद्घन्त बोक्ने मतदाताहरु इदि क्षेत्र नं. २ मा माओवादी केन्द्रले उम्मेदवार नपाउदा कम्युनिष्ट पार्टीका उम्मेदवार महतलाई भोट हाल्न सक्नेछन । कांग्रेसले टिकट नपाएको खण्डमा ठुलो पंत्तिले माओवादी केन्द्रलाइ भोट नहाल्न सक्ने अवस्था नवलपुरको स्थानीय तहको निर्वाचनले प्रष्ठ पारेको छ ।
पार्टीको विभिन्न कार्यक्रमहरुमा आगामी मंसिरको चुनाव नेकपा(एमाले)ले नवलपुरको दुइ वटै क्षेत्रमा जित हासिल गर्ने अवस्था रहेको र जित शुनिश्चित रहेकाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाइ आगामी निर्वाचनमा एक भएर लाग्नका लागी समेत महतले अपिल र निर्देशन दिदै आएका छन । एक तहको जित एकल रुपमा पार्टीबाट सिफारिस हुनु र आफ्नो कार्यकालमा काम गरेर देखाउनाले हाँसिल गरिसकेका छन तर साच्चिकै जनताले तिलक महतलाई चुनावमा जितउछन त भन्ने कुरा चाहि आगामी मंसिर ४ गते हुने निर्वाचनले देखाउने छ ।
लेखक: अर्मान मियाँ ,नवलपुर
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |