

सृजना पौडेल । कावासोती ।एक पटक फेरी सोच्नु पर्ने बेला आएको छ । हामीले सधैँ गुनासो गर्दै आएको छौ हाम्रो नेताले यस्तो गरेन यस्तो गर्नु पर्ने हो यो भएन यो त हुनु पर्ने हो यस्तै यस्तै । एक पटक प्रश्न गरौँ न हाम्रो नेतालाई काम गर्न किन सक्नु भएको छैन । कतै अप्ठ्यारो भएको हो की ? कुनै कुराले अप्ठ्यारो मा पर्नु भएको पो हो की ? चुनाब अगाडि भनेका कुरा किन बिर्सन पुग्नु भयो ? कतै स्वच्छ तरिकाले काम गर्ने अवसर पाउनु भएको छ कि नाई ? हामीले कहिलै यस्तो कुरा सोधेको छौ त ?
आज सम्म हामी ले स्वच्छ नेता जन्मिने अवसर दिएको नै छैनौ जस्तो लाग्छ । साँच्ची एक पटक सोचौ , स्मरण गरौँ । हाल सम्मको गत चुनाब को मावल । आज भन्दा ५ वर्ष अगाडि चुनावको बेलामा मलाई जिताउनु पर्छ है भन्दै जनप्रतिनिधिहरु घरमा भोट माग्न आउँदा हुन्छ भन्दै पठाउनु भएको थियो । अनि पछि मलाई यो पार्टी ले यति पैसा दिन्छु भनको छ के छ तपाई ले यती दिनु हुन्छ त , यती दिनु भयो भने भोट पक्का । तपाई लाई भन्दै भोटका लागी बार्गेनिङ गरेका ति दिनहरु सम्झौता एक पटक ।
मनी र मदिराको माग पुरा गर्दिए यसपालि चुनाबमा पक्कै जितिन्छ भन्ने भाव हामीले जन्माएका त हो नी । जनप्रतिनिधिले सायदै जन्माए होलान् ।
जनप्रतिनिधि असल नेता बन्छु भनेर चुनावमा उठ्नु पूर्व सोच्नु पर्छ उहाँहरूले हिसाबकिताब गर्नु पर्छ यती बजेटले मैले मेरा कार्यकर्ता पाल्न सक्छु कि नाई भनेर ? चुनावमा उठ्नु पूर्व आफ्नो कार्यकर्ता पाल्नको लागी ऋण खोज्नु पर्छ ! आफ्ना जनताले पैसा नदिई भोट दिदैनौ भनेको कुराले कतै मैले पैसा दिन सकिन भने मेरो विपक्षीले पैसा दिएर मैले पाउनु पर्ने भोट आफूले नपाउने र विपक्षी विजय त हुदैन भन्ने कुराले पक्कै पनि फेरी ऋण खोजी खोजी कार्यकर्ता पाल्न विवश बनाउँछ ।
स्वच्छ तरिकाले असल नेता बनेर मेरो समाज, वडा, जिल्ला , देश म परिवर्तन गर्छु भनेर उठ्नु भएको नेतालाई हामीले महङ्गो डिमान्ड गरेर पहिलो चरणमानै अपाङ्ग बनाई दिन्छौ । अनि उहाँहरु आफू चुनावमा उठ्दा लागेको ऋण तिर्न आफूलाई आफ्नै कार्यकर्ताले सिकाएको पाठ स्वच्छ तरिकाले काम गर्न, राम्रो काम गर्न पनि पैसा खर्चनुपर्छ, राम्रो तरिकाले काम गर्छु भन्दा ऋण लागेर बैंकबाट तपाईंको किस्ता तिर्नु पर्ने बेला भएको छ भन्दै फोन आउँदा आफ्नो तलबले किस्ता तिर्न खोज्यो भने आफ्नो कार्यकाल सम्म पनि तिरेर नसकिने हो कि भन्ने डर पक्कै पनि घुस खान विवश गराउछ होला कि ? अनी घुस खान वाध्य बन्नु पर्छ ! लोभले लाभ, लाभले भस्टचारी नेता बनाईदिन्छ भनेर सोच्नु गलत नहोला । यसरी हेर्दा गलत को रहेछ त ? काम गर्ने वातावरण कसले बिगारेको रहेछत ?
सबै जनताले मनी र मदिरामामा भोट पक्कै बेच्नु भएको छैन । असल जनतालाई सलाम छ । अब आफ्नो गल्ती सुधार्ने बेला आएको छ । स्वच्छ नेता लाई अपाङ्ग बनाउने काम बन्द गरौ । सबै एकजुट भएर , सबै आआफ्नो क्षेत्रबाट आफ्नो काम गरौ अनि हुन्छ हामीले देखेको सपना साकार अनि बन्छ नेपाल हामीले भने जस्तो । जय देश।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |