२०८० आश्विन १४, आईतबार
कावासोती । बालिकाको हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै स्थानियले प्रर्दशन गरेका छन् । कावासोती नगरपालिका वडा –४,मा ६ महिने बालिकालाई हत्या गरिएको भन्दै हत्यामा संलग्नलाई पक्राउ गरि कारवाही गर्न माग राखि शनिबार प्रहरी कार्यालयमा स्थानियले प्रदर्शन गरेका हुन् । ६ महिने बालिकालाई आफ्नै घरपरिवारले नियोजित रुपमा हत्यागरेको भनि बालिकाकी आमाले जाहेरी दिएपछी अनुसन्धानमा संलग्नलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
स्थानियले भने प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रर्दशन गरेका थिए । उनिहरुले घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कारवाहीको माग गरेका छन् । प्रहरी नायव उपरिक्षक गिरीले संलग्न भनिएको व्यक्तिलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको बताउनुभयो ।
घटना फागुन ६ गते राति बिहिबारको भएको भएपनी फागुन ७ गते शुक्रबार बिहान ५ बजे मात्रै थाहा भएको जनाईएको छ । बालिकालाई नियोजित रुपमा विषादी खुवाएर हत्या गरेको आरोप बालिकाकी आमाको रहेको छ । घटनामा मृत बालिकाको बुबा,हजुरबुबा, हजुरआमा र अमाजु संलग्न रहेको भनेर प्रहरीमा किटानी जाहेरी परेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |