• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

६ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

मोटोपन कसरी नियन्त्रण गर्ने ?

१४२० पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार (२ साल अघि)

नरनाथ पाण्डे ।कावासोती ।मोटोपन अहिले विकसित वा विकासशील सबै देशको लागि ठूलो जनस्वास्थ्य समस्याको रुपमा देखा परिरहेको छ । मोटोपन हुँदा शरीरमा बोसो अत्यधिक मात्रामा जम्मा हुन्छ । हामीले सोंचे जस्तै मोटोपन केवल सौन्दर्यसँग सम्बन्धित समस्या मात्र नभई स्वास्थ्य समस्या पनि हो । उच्च क्यालोरीयुक्त खाना खानु तर कम मात्रामा शारीरिक क्रियाकलाप गर्नु र ऐस आरामको जिन्दगी बिताउनु मोटोपन विकसित हुने कारणहरु हुन् । मोटोपनका कारण टाईप २ को मधुमेह, मुटु रोग, रगतमा चिल्लोको मात्रा बढ्नु, उच्च रक्तचाप र क्यान्सर जस्ता विभिन्न रोगहरु लाग्न सक्छन् । त्यसकारण विश्व स्वास्थ्य संगठनले मोटोपनलाई पनि एक दीर्घ रोगको रुपमा वर्गीकरण गरेको छ ।
मोटोपन किन दीर्घ रोग हो त ?
मोटोपन भनेको शरीरमा बोसो जम्मा भई व्यक्तिको स्वास्थ्यमा असर पु¥याउने एक गम्भीर समस्या हो । मोटोपनको मापन गर्न विश्व स्वास्थ्य संगठनले बोडी मास ईन्डेक्स् (BMI) को सूत्र तयार गरेको छ । यसमा शरीरको तौल के.जी.मा लिने र उचाईंलाई मीटरमा लिई सूत्र प्रयोग गरी परिणाम निकालिन्छ । यदि परिणाम १८.५ भन्दा कम आए कम तौल भएको, १८.५ देखि २४.९ आए सामान्य तौल, २५ देखि २९.९ आए मोटोपनको प्रथम अवस्था, ३५ देखि ३९.९ आए मोटोपनको दोस्रो अवस्था र ४० भन्दा बढी आए अत्यधिक मोटो र मोटोपनको तेस्रो अवस्था भन्ने बुझिन्छ । यही आधारमा संसारका केही मुलुकमा मोटोपनको समस्या हेर्ने हो भने २०११ को तथ्यांक अनुसार भारतमा १६ प्रतिशत, मेक्सिकोमा ७० प्रतिशत, जापानमा ३ प्रतिशत र अमेरिकाममा ३४ प्रतिशत बढी मोटोपन भएका मानिसहरु छन् र यो तथ्यांक निकै बढ्दै गइरहेको अवस्था छ । मोटोपनका कारण सन् २००२ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा ५८ प्रतिशतमा मधुमेह, २१ प्रतिशतमा मुटुको गम्भीर रोग र ८ देखि ४२ प्रतिशतमा विभिन्न क्यान्सरहरु देखिएका थिए ।
यसका साथै अधिकांश मोटोपनका विरामीहरुमा कलेजोको समस्या, हाड जोर्नीको समस्या, हाड र मांसपेशीको समस्या, एलर्जीका विभिन्न समस्याहरु, पेट र आन्द्राका समस्या, पित्त थैलीका समस्या, मृगौलाका समस्या, बाँझोपन तथा यौन समस्या, पिसाबसँग सम्बन्धित समस्या, अनिद्रा, सास बढ्ने वा दमको समस्या र मानसिक समस्या (डिमेन्सिया) जस्ता आदि समस्याहरु उत्पन्न भएको देखिन्छ । मोटोपनको समस्या केवल वयस्कमा मात्र होइनकि बच्चाहरुमा पनि दिनप्रतिदिन बढ्दै गइरहेको देखिन्छ जुन २१ औं शताब्दीमा जनस्वास्थ्यमा ठूलो चुनौतिको रुपमा देखापरेको कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ ।
मोटोपन हुने कारणहरु
मोटोपन बढ्नुमा व्यक्तिगत वा आन्तरिक कारण र बाह्य वातावरणीय कारणहरु बढी जिम्मेवार छन् । यो वंशाणुगत, व्यवहारिक, पाचन (मेटाबोलिज्म्), हर्मोनको प्रभाव, खानपानको वानी व्यवहार, कम शारीरिक क्रियाकलाप र बढी ऐस आरामको जीवन बिताउने प्रक्रियासँग सम्बन्धित छ । मोटोपन हुने अन्य मुख्य कारणहरु यसप्रकार छन्–
̵ अस्वस्थकर खानपिन: बढी क्यालोरीयुक्त खाना खानु, फलफुल र तरकारी कम खानु, तैयारी खाना बढी खानु, उच्च क्यालोरीयुक्त कार्बोनेटेड पेय पदार्थ खानु, धेरै परिमाणमा खाना खानु, छिटो छिटो खाना खानु, खाना खान नियन्त्रण गर्न नसक्नु आदि ।
̵ निष्क्रिय जीवनशैली: खाएको क्यालोरी खपत गर्न विभिन्न शारीरिक क्रियाकलाप गर्नुपर्नेमा कुनै गतिविधि नगरी बस्नु, कम्प्युटर वा स्क्रीनमा मात्र दिन बिताउनु र बसिरहनु मोटोपनको प्रमुख कारण हो ।
̵ शारीरिक रोगहरु र विभिन्न औषधीको सेवन: जोर्नी दुख्ने जस्ता समस्याका कारण हिंड्डुल गर्न वा शारीरिक क्रियाकलाप गर्न नसक्दा तौल बढ्न सक्छ । यसैगरी डिप्रेशन, मधुमेह, मानसिक रोग, उच्च रक्तचापका औषधी वा स्टेरोवाईड औषधीहरु सेवन गर्दा पनि मोटोपन विकसित हुनसक्छ ।
̵ सामाजिक तथा आर्थिक तत्वहरु: समाजको खाना खाने बानी र परिकारहरु, आर्थिक अवस्था उच्च हुनेहरु, खाना बनाउने प्रचलन, चाडपर्वहरु, मनोरञ्जनका क्रियाकलाप, साथीभाईसँगको संगत, परिश्रम गर्ने सामाजिक बानी व्यवहार जस्ता आदि तत्वहरुले पनि उच्च क्यालोरी संचित हुनपुग्दा मोटोपन बढ्न सक्छ ।
̵ विभिन्न हर्मोनको प्रभाव:भोक लगाउने ग्रेहलिन (Ghrelin) र भोक दबाउने लेप्टिन (Leptin) जस्ता हर्मोनको असन्तुलन भएमा वा ती हर्मोनले राम्रो सन्तुलित तवरले काम गर्न नसक्दा भोक लाग्ने र भोक लाग्दा बढी खाना खाइने भएकोले मोटोपन बढ्न सक्छ ।
̵ गर्भावस्था: गर्भवती अवस्थामा मोटोपन बढ्न सक्छ र बच्चा जन्मेपछि कम हुनथाल्छ तर स्तनपान गराउँदा पनि मोटोपन घटेन भने समस्याको रुपमा रहिरहन सक्छ ।
̵ धुमपान परित्याग गर्दा: धुमपान त्याग गर्नासाथ स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भएकोले खाना रुच्ने हुँदा तौल बढ्न सक्छ ।
̵ निद्रा: प्रशस्त निदाउन नसक्दा वा बढी मात्रामा सुत्दा यी दुवै अवस्थामा हर्मोनमा परिवर्तन आई भोक बढ्छ र तौल बढ्न सक्छ ।
̵ तनाव: बढी तनाव हुँदा उच्च क्यालोरीयुक्त तयारी वा पत्रु खाना खाने भएकोले यसबाट तौल बढ्न सक्छ ।
̵ पेटभित्रका किटाणुहरुको भुमिका: पाचन प्रणालीमा हुने फाइदाजनक किटाणुहरुले खानाको उपस्थिति अनुसार कार्य गर्ने भएकोले तौल बढाउनमा भुमिका निर्वाह गर्न सक्छन् ।
̵ तौल घटाउन पहिला गरिएका प्रयास: तौल घटाउन पहिला प्रयास गरेको र हाल नगरेको अवस्थामा झन् बढी क्यालोरी सञ्चित हुनथाल्छ र तौल बढ्न सक्छ आदि ।
मोटोपनका जटिलताहरु
मोटोपन एक गम्भीर समस्या हो । यसका कारण शरीरमा विभिन्न खालका रोगहरु देखापर्ने र जटिल अवस्था आउने सम्भावना हुन्छ । मोटोपनबाट हुनसक्ने केही जटिलताहरु यसप्रकार छन्–
̵ मुटुरोग र हृदयाघात:मोटोपन तथा उच्च रक्तचापबिच सबैभन्दा घनिष्ठ सम्बन्ध हुने, रगतमा चिल्लोपन वा कोलेस्टेरोल बढ्ने जस्ता कारणले जटिल मुटुरोग तथा हृदयाघातको समेत सम्भावना हुन्छ ।
̵ दोस्रो प्रकारको मधुमेह:रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्न ईन्सुलिनको उत्पादनमा समस्या हुने भएकोले वा पर्याप्त उत्पादन नहुने भएकोले दोस्रो प्रकारको मधुमेहको अवस्था हुन सक्छ ।
̵ केही क्यान्सरहरु: मोटोपनका कारण पाठेघर, पाठेघरको मुख, पाठेघरको भित्री तह, अण्डाशय, स्तन, ठूलो आन्द्रा, मलद्धार, भोजननली, कलेजो, पित्तथैली, प्यांक्रियाज, मृगौला र प्रोस्टेट ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ ।
̵ पाचनमा समस्या: अम्लपित्त बढ्ने, कलेजो र पित्त थैलीमा आउने समस्याका कारण पाचनमा समस्या उत्पन्न हुनसक्छ ।
̵ स्त्रीरोग तथा यौन समस्या: मोटोपनका कारण महिनावारी चक्र बिग्रने, बाँझोपन हुने आदि हुन्छ भने पुरुषमा नपुंसकता हुनसक्छ ।
̵ निद्रामा समस्या: मोटोपन बढेमा राम्रो निद्रा नपर्ने, सास बढ्ने, घुर्ने, सास रोकिने आदि हुँदा निद्रामा समस्या देखापर्छ जसले विभिन्न शारीरिक तथा मानसिक समस्या ल्याउँछ ।
̵ हाडजोर्नी सम्बन्धी समस्या:बढी मोटोपन हुँदा खुट्टाका जोर्नीहरु, काँध, ढाड आदिमा भार बढी पर्न जाँदा हाडजोर्नी र नसा सम्बन्धी विभिन्न समस्याहरु देखापर्न सक्छन् ।
̵ अन्य:माथि उल्लेखित समस्याहरु बाहेक मोटोपनका कारण मस्तिष्कमा असर परी डिप्रेशन, डिमेन्सिया र विस्मरणको समस्या आउने, अशक्तता, यौन समस्या, आफैंलाई सरम हुने र हीनताबोध हुने, समाजबाट अपहेलित हुने र काममा प्रगति हुन नसक्ने जस्ता आदि समस्याहरु देखापर्छन् ।
मोटोपनको उपचार र नियन्त्रण गर्ने केही उपायहरु
मोटोपन जस्तो गम्भीर समस्याको समयमै उपचार वा रोकथाम गर्न नसके विभिन्न जटिल रोगहरुको सामना गर्नुपर्ने भएकोले यो समस्याको उपचार, रोकथाम र नियन्त्रणका लागि निम्न उपायहरु अपनाउन सकिन्छ–
̵ आहार उपचार विधि : तौल घटाउन योजना बनाई एक दिनमा ५०० देखि १००० क्यालोरी मात्र प्राप्त हुनेगरी खानाको तालिका अनुसार खाना खानुपर्छ ।
̵ शारीरिक क्रियाकलाप: कम्तीमा ६ महिनाभित्र तौल घटाउने गरी योजनाबद्ध ढंगले शारीरिक क्रियाकलाप वा व्यायाम गर्नुपर्छ ।
̵ बानी व्यवहार: खाना खाने तरिकाममा परिवर्तन र व्यायाम दुवै अँगाल्ने, तनाव व्यवस्थापन गर्ने, समस्या समाधान गर्ने, सामाजिक उत्प्रेरणा र सहयोग प्राप्त गर्ने जस्ता कुराले तौल नियन्त्रण हुन सक्छ ।
̵ संयुक्त उपचार पद्धति अपनाउने: भोजन, व्यायाम तथा तनाव व्यवस्थापनका तरिकाहरु एकैसाथ अपनाउनाले र जीवनशैलीमा परिवर्तन ल्याउनाले छिटो मोटोपन घटाउन सकिन्छ ।
̵ केही औषधीहरुको प्रयोग :अर्लिस्टाट, डेक्स्फेनफ्लुरामिन, सिबुट्रामिन, फेन्टरमाईन जस्ता आदि केही औषधीहरुको प्रयोग गरेर पनि ६ महिनाभित्र तौल घटाउन सकिन्छ तर यी औषधीका प्रतिकूल असर हुनसक्छन् र सबै औषधी भरपर्दा छैनन् ।
̵ तौल घटाउने शल्यक्रिया: चिकित्सकिय जटिलता देखापरेमा शल्यक्रिया पनि गर्न सकिन्छ । यसका लागि आमाशयको थैली सानो बनाउने शल्यक्रिया जस्ता विधि अपनाउन सकिन्छ ।
समग्रमा
मोटोपन जस्तो जनस्वास्थ्यको जल्दोबल्दो समस्या समाधान गर्न बच्चा अवस्थादेखि नै ध्यान दिनु जरुरी छ । एरोबिक अभ्यास कम्तीमा पनि दैनिक १ घण्टा सानै उमेरदेखि गर्ने, खानपिनमा ध्यान दिने, खानाको तालिका बनाई क्यालोरी हिसाब गरेर खाने, अनावश्यक धेरै र पटक पटक नखाने, तयारी खाना नखाने, तौलको पटक पटक अनुगमन गर्ने, खाना खाने बानी व्यवहार परिवर्तन गर्ने, ऐस आराममा मात्र नरहने, बढी चिल्लो, गुलियो, नुनिलो र बढी क्यालोरीयुक्त खाना नखाने, फलफूल, तरकारी, पानी खानमा बल गर्ने, नियमित शारीरिक परीक्षण गर्ने जस्ता आदि उपायहरु अपनाई तौललाई सन्तुलन राख्न सकिन्छ । यसबाट भविष्यमा आउनसक्ने मुटु, मृगौला, पेट, कलेजो, मधुमेह, क्यान्सर, श्वास प्रश्वासका गम्भीर स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । अतः सबैले आफ्नो तौल नियन्त्रण गर्न आजैदेखि सजग हुनु जरुरी छ ।

-लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक तथा सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ६ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution