

डण्डा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा दलहरु यतिबेला घरदैलोमा व्यस्त हुन थालेका छन् । जिल्लामा नेकपा एमाले सहित गठबन्धन र अन्य दलका उम्मेदवार समेत आफ्ना योजना र ऐजण्डा लिएर जनताको घरदैलोमा पुगिरहेका छन् ।
यस बिचमा नेकपा एमाले नवलपुरले डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई प्रादेशिक मेडिकल कलेजको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
तत्कालिन मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ रहदा आफुहरुको पहलमा जिल्ला अस्पतालका रुपमा विकास गरिएको बताउदै अब आफ्नै नेतृत्वमा जिल्ला अस्पताललाई प्रादेशिक मेडिकल कलेजका रुपमा विकास गर्ने यसै क्षेत्रका उम्मेदवार तिलक महतले बताउनुभयो । ‘हामिले सबैको सहयोगमा जिल्ला अस्पताल बनाउन पहल गर्यौं,अब हामै नेतृत्वमा प्रादेशिक मेडिकल कलेज निर्माण गर्ने छौं’ महतले भन्नुभयो ।

तत्कालिन समयमा जिल्ला अस्पताल रजहर लैजाने कतिपयले पहल गरेको भएपनि आफुहरुले सबैलाई पायक पर्ने डण्डाकै अस्पताल जिल्ला अस्पताल बनाउनुपर्छ भनेर लागेको र यसमा समिति सहितको सहयोगले सफल बनेको बताउँदै नवलपुर २ का उम्मेदवार तिलक महतले अब एमाले सरकार स्थापित बनेपछि जिल्ला अस्पताललाई मेडिकल कजेलका रुपमा विकास गर्ने आफ्नो प्रतिवद्धता रहेको बताउनुभयो ।
यस बाहेक स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास,जनशक्ति व्यवस्थापन र ट्रमा सेन्टर स्थापना गर्ने प्रतिवद्धता समेत एमालेले सार्वजनिक गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |