

गजल
म सँग यो आकाश पनि सधैँ रोइरहेको छ
खसालेर बलिन्द्र धारा दुख आफ्नो धोइरहेछ
विचित्र मेरो कहानीको साछी छ यो आकाश
लुकाएर पीडा भित्र भित्रै यो मुटु जलाइरहेछ
पाइला टेक्यो जहाँ त्यही भासिन्छ यो आकाश
रसाएर पानी प्वालहरुबाट भित्र भित्रै गलिरहेछ
म देख्दै छु उ लुक्दै छ म लुक्छु उ देख्छ
लुकामारी गर्दै यो आकाश छाया बनि चलिरहेछ
बुझ्न सक्दिन स्पर्श गरेर बोल्दैन यो आकाश
खै किन किन यो बेमौसममा गर्जिरहेछ
-रामचन्द्र खड्का
गाेकुलगंगा गाँउपालिका ,रामेछाप
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |