

कोभिड १९ को तेश्रो लहर फैलँदै जाँदा जिल्ला प्रशासन कार्यालय नवलपुले धेरै मानिस भेला हुने विभिन्न क्रियाकलापमा प्रतिवन्ध लगाएको छ । कोभिड नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले एक आदेश जारी गर्दै सार्वजनिक यातायात सञ्चालनका लागि समेत केही मापदण्ड तय गरेको छ । जस अनुसार अब सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाउने छैनन् । यस्तै बसमा यात्रा गर्दा यात्रुले अब अनिवार्य मास्क लगाउनुपर्ने छ ।

मास्क नलगाई आएमा बस चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिएर यात्रुलाई मास्क दिनुपर्ने छ । यस्तै बस व्यवसायीले बसको ढोका वा बस भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ भने सवारी सधानलाई दैनिक रुपमा सेनिटाइज गर्नुपर्ने छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधन भित्र प्रवेशमा समेत रोक लगाउनुपर्ने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |