

बुलिङटार। कोभिड १९ को संक्रमणको दर विश्वव्यापी रुपमा बढीरहेको छ । यससंग जुध्न सबै देश लागिरहेका छन् । नेपालमा समेत कोभिड १९ संक्रमणको दर क्रमश बढदै गएको । कोभिड १९ को दोश्रो लहरका रुपमा संक्रमण बढदै गएपछी नवलपुरका स्थानीय तहहरु कोभिड विरुद्ध जुध्न लागि परेका छन् ।
कोभिड १९ को पहिलो लहरका क्रममा भारतबाट आउनेको उद्धार देखी क्वारेन्टिन निर्माण गरि व्यवस्थापनमा जुटेका स्थानीय तह अहिले आइसोलेशन निर्माणमा लागेका छन् । संक्रमणको दर बढदै जादा व्यवस्थापनमा समस्या हुने सक्ने भएपनी होम क्वारेन्टिनलाई प्राथमिकता दिईएको छ । तर कोभिड संक्रमण पश्चात कुनै स्वास्थ्य समस्या देखिएमा उपचारकालागि अक्सिजन सहितको शय्या निर्माणमा स्थानीय तह जुटेका छन् ।

जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बुलिङटार गाउँपालिकाले अक्सिजन सहितको १० शय्या निर्माण गरेको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका भित्र रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा पाँच सिलिन्डर अक्सिजन सहितको शय्या निर्माण गरिएको छ ।
यस्तै गाउँपालिका भित्रका पाँचवटा स्वास्थ्य चौकीमा प्रत्यक स्वास्थ्य चौकीमा एक/एक वटा अक्सिजन सहितको शय्या निर्माण गरिएको अध्यक्ष बस्ताकोटीले बताउनुभयो ।
कोभिड संक्रमण पश्चात कसैमा स्वासप्रस्वासको समस्या देखिए तुरुन्त उपचार गर्न सकियोस भनेर गाउँपालिका भित्र १० वटा अक्सिजन सहितको शय्या तयार पारिएको गाउँपालिका अध्यक्ष बस्ताकोटीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |