• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८३ श्रावण ११, सोमबार
ट्रेडिङ
निर्वाचन विशेष फेरीदै पहाड साहित्य विनयी त्रिवेणी नवलपरासी नवलपुर पालिका विशेष निर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

५ घण्टा अघि
२

राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

५ घण्टा अघि
३

मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

५ घण्टा अघि
४

राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

४ दिन अघि
५

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

६ दिन अघि
६

सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी

६ दिन अघि
७

मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

१ हफ्ता अघि
८

आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था

१ हफ्ता अघि
९

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

१ हफ्ता अघि
१०

नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

१ हफ्ता अघि
११

मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

२ हफ्ता अघि
१२

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

२ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

३ साल अघि
२

नवलपुरमा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु

२ साल अघि
३

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

४ साल अघि
४

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ साल अघि
५

नारायणी पुलबाट गाडी खस्यो

३ साल अघि
६

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ साल अघि
७

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

२ साल अघि
८

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

४ साल अघि
९

गायिका मोलिसाले कसिन लगनगाँठो

२ साल अघि
१०

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

२ साल अघि
११

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

३ साल अघि
१२

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

४ साल अघि

विश्वव्यापी चुनौतिपूर्ण कोरोना (कोभिड–१९) रोगको दोस्रो लहरबारे बुझौं

१२४३ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख १७, शुक्रबार (५ साल अघि)

पृष्ठभूमि
कोरोना भनेर चिनिने निकै परिचित, अहिलेको संसारको मुख्य समस्याको रुपमा रहेको र विश्वका प्रायः सबै देशहरुमा आजसम्मका दिनमा समेत तीब्रतर ढंगले फैलिइ विध्वंस मच्चाइरहेको एक किसिमको भाईरसजन्य रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भनी नामाकरण गरेको छ । विश्वव्यापी महामारी भएको यस अवस्थामा यो रोगको बारेमा हामी सबैमा सही ज्ञान हुनु आवश्यक छ । यो आलेख तयार गर्दाका दिनसम्म विश्वका २२२ देशमा यो रोग फैलिइसकेको, १४ करोड ९३ लाख ८८ हजार ४५० जना संक्रमित भएका, ३१ लाख ५० हजार ७८६ जनाको मृत्यु भएको र १२ करोड ७० लाख ६८ हजार ३४२ जना निको भएका छन् । आजसम्म सबैभन्दा बढी अमेरिकामा संक्रमित र मृत्यु भएका छन्, त्यसपछि भारत र तेस्रो नम्बरमा ब्राजिल रहेको छ । नेपालमा ३ लाख ७ हजार ९२५ संक्रमित, ३ हजार १९४ को मृत्यु र २ लाख ७८ हजार ५०६ निको भएका छन् । अहिले त कोरोनाका भाइरसले रुपरंग परिवर्तन गरी नयाँ अस्तित्वमा देखापरेका छन् र यी भाइरसको संक्रमण भएमा फरक खालका लक्षणहरु देखिएका छन् । भाइरसले यसरी म्युटेण्ट् गरी प्रसारको क्रम तीब्र बनाउँदै लगेर संसारलाई चुनौति समेत दिइरहेको देखिन्छ । नेपाल लगायत संसारका धेरै देशमा यो महामारीको दोस्रो लहर फैलिइरहेको छ । यस्तो चुनौतिपूर्ण रोगलाई लापरवाही नगरी व्यापक जनसहभागिताबाट मात्र नियन्त्रण गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले समेत भनिरहेको छ । वास्तवमा यो रोगका सम्बन्धमा हालसालै आएका विभिन्न चर्चा र परिचर्चाहरुले यो रोग सम्बन्धी सही सन्देश सबैमा पु¥याउनु उचित कर्तव्य पनि भएकोले यो आलेख तयार गरिएको हो ।
कोरोना (कोभिड– १९) के हो ?
कोभिड– १९ (कोरोना) अरु रुघाखोकी जस्तै एक किसिमको रुघाखोकी, फ्लु वा इन्फ्लुएन्जा नै हो । सर्वप्रथम चिनको वुहान राज्यमा २७ डिसेम्बर २०१९ (२०७६ पौष १४) मा देखापरेको कोरोना भाइरसको समूहभित्र पर्ने एक नयाँ भाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारीको रुप लिएको छ । जुन एउटा असाध्य संक्रामक रोग हो, यसले श्वास प्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगहरुलाई असर पार्ने गर्दछ । कहिलेकाहीं पाचन प्रणालीलाई पनि असर पार्दछ भने शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई समेत असर पार्दछ, मृगौलामा क्षति पु¥याउँछ र मृत्यु गराउँछ । यो भाइरसले प्रसारण हुने क्रममा आफ्ना विशेषताहरुलाई परिवर्तन गर्दै लैजाने र नयाँ भेरिएन्ट् घातक भाइरसको रुपमा वृद्धि विकास भएको पाईन्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले यो नयाँ भाइरसलाई पहिचान गर्न नसक्दा रोग विरुद्ध लड्ने क्षमतामा कमी आउने भएकोले यो भाइरसले मानिसलाई मृत्युको मुखमा पु¥याउने गरेको हो ।
कोभिड– १९ सर्ने तरिका
हाल कोरोनाको दोस्रो लहर महामारीको रुपमा फैलिइरहेको र भाइरस नयाँ भेरियन्ट्मा देखापरेकोले यो रोग अझ बढी संक्रामक भएको पुष्टि भएको छ । श्वास प्रश्वास प्रक्रियाद्धारा फैलिने यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुकका साना ठूला छिटा वा कणहरुसँगै यो रोगका भाइरस पनि निस्कन्छन् र अरु व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वास प्रश्वास प्रणाली मार्फत शरीरमा प्रवेश गर्छन् । यति मात्र होइन कि यस्तो रोगबाट संक्रमित व्यक्तिले अरु व्यक्ति तथा अन्य कुनैपनि वस्तुलाई हातले छोएपछि साबुन पानीले हात नधोई सोही हातले आँखा, नाक, मुख छुँदा पनि त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्दछ । त्यस्तै, हात मिलाउँदा, अंकमाल गर्दा, सँगै बसउठ गर्दा, सँगै सुत्दा, जुठो खाँदा, एउटै रुमाल वा लत्ताकपडा प्रयोग गर्दा पनि सर्न सक्छ । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सर्ने यो रोग अन्य रोगको तुलनामा धेरै छिटो सर्ने प्रकृतिको हुन्छ ।
 कोभिड– १९ हुँदा देखापर्ने लक्षण तथा चिन्हहरु
यो रोग लाग्दा शुरुको लहरमा ज्वरोका साथमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्ने गरेका थिए । जस्तैः ज्वरो आउने (१००.४ डिग्री फरेन्हाइट वा सो भन्दा बढी), टाउको दुख्ने, सुक्खा खोकी लाग्ने, नाक बग्ने वा नाक बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुृने, शरीर दुख्ने, आँसु आउने, मांसपेशी दुख्ने, शरीरका जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, बान्ता आउने, स्याँ स्याँ हुने, सास फेर्न निकै कठिन हुने, कडा निमोनियाका लक्षणहरु देखापर्ने र मृत्यु हुनसक्ने आदि ।
तर यसपटक दोस्रो लहरमा फैलिइरहेको म्युटेण्ट् भाइरसको संक्रमण भएमा घाँटी दुख्ने, जाडो सहितको ज्वरो आउने, थकाई लाग्ने, वाकवाकी र बान्ता हुने, ¥याल उत्पादन नहुने, शरीरका मांसपेशी र जोर्नी दुख्ने, चक्कर लाग्ने जस्ता आदि लक्षणहरु बढी मात्रामा देखिइरहेका छन् ।
कोभिड– १९ बाट बढी प्रभावित हुनसक्ने व्यक्तिहरु
यस रोगमा रुघाखोकी लाग्दा जस्तै लक्षणहरु देखिएतापनि यो रोगका भाइरसले शरीरको रोग विरुद्ध लड्ने क्षमतामा कमी ल्याउने र सामान्य लक्षणहरु जटिल बन्दै जाने अवस्थाको सृजना गराउँछन् । मुख्यतया अलि कडा खालको समस्या निम्तन सक्ने वा सबैभन्दा बढी प्रभावित हुने व्यक्तिहरु ५ वर्षमुनिका बच्चा (यद्यपि हालसम्म बच्चाहरु तुलनात्मक रुपले त्यति प्रभावित भएको पाईंदैन), ६५ वर्षभन्दा माथिका व्यक्ति, गर्भवती, मधुमेहका रोगी, क्षयरोग, दम, निमोनिया वा अन्य श्वास प्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, मुटु, कलेजो, मृगौला कमजोर भएका व्यक्ति आदिमा कहिलेकाहीं यो रोग जटिलतातर्फ गई व्यक्तिको मृत्यु समेत हुन सक्छ ।
कोभिड– १९ रोगको रोकथाम र नियन्त्रणका उपायहरु
यो रोगबाट बच्न एकदेखि अर्को व्यक्तिको सम्पर्कमा नजाने, कसैले कसैलाई नछुने र अनिवार्य रुपमा गुणस्तरीय मास्कको प्रयोग सावधानीपूर्वक गर्नु पहिलो उपाय हो । जो कोही व्यक्ति पनि कोभिड १९ बाट संक्रमित हुनसक्ने भएकोले आमने सामने नपर्ने, नछुने वा कसैको घरमा नजाने उपाय नै रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय हो । यसका साथै जथाभावी हिंडडुल नगर्नु, सामाजिक तथा भौतिक दुरी कायम गर्नु र पटक पटक साबुन पानीले मिचिमिचि हात धुनु नै यसको अर्को राम्रो रोकथाम र नियन्त्रणको विधि हो । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राखेर होसियारीकासाथ एकजनाले मात्र आवश्यकता अनुसार बिरामीको हेरचाहमा खटिनुपर्छ वा अस्पतालको आईसोलेसनमा राख्न सकिन्छ ।
कोभिड– १९ को कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कूल, कलेजहरु, बढी भिडभाड हुने सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था, स्वास्थ्य संस्था, हाटबजार, अन्य बजार, फिल्म हल, सैलुन, योगकेन्द्र, मठमन्दिर आदि पूर्णरुपमा बन्द गर्ने । सार्वजनिक बस सेवा नचलाउने, विभिन्न खालका मिटिङ्ग, गोष्ठी नगर्ने र लकडाउन गर्ने वा निषेधाज्ञा (कफ्र्यु) जारी गरी सर्वसाधारणलाई घरबाट निस्कन नदिएर घरभित्रै बस्न आग्रह गर्ने, रोग देखापरेको स्थानमा सिल गर्ने वा परिस्थिति मूल्यांकन गरी आवश्यक ठाउँमा मात्र कडा लकडाउन समेत गर्न सकिन्छ, नियम उल्लंघन गर्नेलाई कारबाही गरेर पनि रोगको संक्रमण फैलनबाट बचाउन सकिन्छ । यसैगरी यो रोग समयमै पत्ता लगाई संक्रमण फैलन नदिन रगत (एन्टीजीन परीक्षण) तथा घाँटीको श्रावको परीक्षण (पि.सी.आर.) समेत गर्नुपर्छ ।
जे होस् यो रोग रोकथाम र नियन्त्रणको लागि व्यक्तिगत सम्पर्कमा नजाने वा एक देखि अर्को व्यक्तिबिच कमसेकम २ मीटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुनपानी वा स्यानिटाइजरले हात धुने जस्ता आदि उपायहरु अबलम्बन गर्न सकिन्छ ।
कोभिड– १९ को उपचारका विधिहरु
वास्तवमा यो रोग लागेपछि हाम्रो शरीरले रोग विरुद्ध लड्ने क्षमता विकास गर्दै जान्छ, भाइरसलाई परास्त गर्दछ र रोग आफैं निको भएर पनि जान्छ । तैपनि बिरामीको अवस्था हेरेर यदि कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ । अन्यथा यो रोग लाग्दैमा तर्सिनु पर्दैन, बरु लक्षणअनुरुपको औषधी खाने जस्तै ः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने, सन्तुलित आहार लिने, घरायसी उपचार गर्ने, उचित स्याहार सुसार गर्ने, योग अभ्यास र प्राणयाम गर्ने आदि ।
घरायसी उपचार र व्यवस्थापन अन्तर्गत बिरामीलाई अलग्गै कोठामा राखी उचित रेखदेख गर्ने, घरमै आराम गरेर बस्ने, प्रशस्त झोलिलो र पौष्टिक खानेकुराहरु खुवाउने, मनतातो नुनपानीले मुख कुल्ला गर्ने, स्तनपान गर्ने बच्चा हो भने थप स्तनपान गराउने, बिरामी तथा उसलाई रेखदेख गर्नेले समेत मास्क वा व्यक्तिगत सुरक्षाका सामग्री (पि.पि.ई.) लगाउने र कडा खालका लक्षणहरु देखिएमा मात्र सुविधासम्पन्न अस्पतालमा लैजाने आदि उपायहरु अपनाई यो रोगको उपचार गर्न सकिन्छ ।
अन्तमा,
अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस (कोभिड– १९) लाई सामान्य मान्नु हुँदैन । यो भाइरसको संक्रमण र फैलावट अझै केही समय रहने देखिन्छ । अहिले नेपाल लगायत विश्वका धेरै देशमा कोरोनाको दोस्रो लहर फैलिन थालेको छ । यो लहरले पनि धेरैलाई संक्रमण गराउने र मृत्यु समेत गराउन सक्ने सम्भावना देखिन्छ । यो रोग यसपटक अझ बढी संक्रामक भएर देखापरेको छ भने यसले युवा तथा बालबालिकालाई पनि असर गरेको देखिन्छ । रोगबाट जोगिन सुरक्षाका विभिन्न माथि उल्लेखित विधिहरु अपनाउनुपर्ने हुन्छ, खोप लगाउन लक्षित गरिएका व्यक्तिहरुले खोप लगाइ सुरक्षित रहन सकिन्छ, एकपटक खोप लगाएकाले दोस्रो डोज समेत तोकिएको समयमा लिनुपर्छ र राज्यले निर्धारण गरेका सुरक्षा मापदण्डका उपायहरु अपनाउनु पर्छ । एकपटक कोरोना संक्रमण भएका वा खोप लगाइसकेका व्यक्तिमा पनि कोरोनाको संक्रमण पुन ः देखिएको अवस्था पनि छ किनकि यो खोपको प्रभावकारिता पहिला देखिएको भाईरसका लागि जम्मा ६५ देखि ७० प्रतिशत मात्र रहेको छ । तर उक्त खोपले यसपटक फैलिइरहेको दोस्रो लहरको म्युटेण्ट् भाईरसका विरुद्ध काम गर्दैन वा त्यति बढी प्रभावकारी हुँदैन । कोरोनाका यस्ता खतरनाक अवस्थामा आफैं लकडाउन हुने र सबै सचेत हुनु बाहेक यो रोगबाट बच्ने अरु उपाय छैन ।

(लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक तथा मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक पनि हुन्)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
नवलपुर अनलाईन टि.भी. सम्बन्धि थप
  • नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

  • राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई

  • मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना

  • राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

  • समाचार
  • १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु
    ५ घण्टा अघि

  • २

    राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
    ५ घण्टा अघि

  • ३

    मुस्ताङ जाने पर्यटकलाई लोभ्याउँदै रुप्से झरना
    ५ घण्टा अघि

  • ४

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा
    ४ दिन अघि

  • ५

    दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
    ६ दिन अघि

  • ६

    सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
    ६ दिन अघि

  • ७

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु
    १ हफ्ता अघि

  • ८

    आर्थिक वर्ष २०८३/८४ सुरु : लागु हुने छन्, यी व्यवस्था
    १ हफ्ता अघि

  • ९

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट
    १ हफ्ता अघि

  • १०

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

    नवलपुर प्रेस
    २

    राम्चे पहिरोबाट ४२ परिवार उच्च जोखिममा

    नवलपुर प्रेस
    ३

    मध्यविन्दु प्रादेशिक अस्पतालमा आईसियु सेवा सुरु

    नवलपुर प्रेस
    ४

    गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै नवलपुरको जटायु रेष्टुरेन्ट

    नवलपुर प्रेस
    ५

    नवलपुरमा आधुनिक सदरमुकाम निर्माण हुँदै

    नवलपुर प्रेस
    ६

    मध्यविन्दुमा ‘ पढाइसँगै संस्कार र आत्मविश्वास सिकाउँदै खुसी कक्षा’

    नवलपुर प्रेस
    ७

    पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

    नवलपुर प्रेस
    ८

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख:
    ब्यबस्थापक: ......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर: .....
    कानूनी सल्लाहकार: .......
    बजार ब्यबस्थापक: ......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution