

दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढाएको छ । गाउँपालिकाको हालको भवन साँघुरो हुँदा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । भवन , बहुउद्देश्यीय हल सहितका संरचना निर्माण गर्न प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
गाउँपालिका आफैमा स्थानीय सरकार भएको र हाल पालिका भित्रका विभिन्न शाखाहरूबाट सेवा प्रवाह गर्नुपर्ने भएपनि आवश्यक भवन नहुँदा सेवाप्रवाहमा समेत समस्या भएकाले सुविधा सम्पन्न भवन निर्माणको प्रक्रिया अघि बढाइएको अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । स्वास्थ्य शाखा, कृषि, पशु, शिक्षा, पूर्वाधार, महिला बालबालिका सहित विभिन्न शाखाहरु मार्फत सेवा दिनुपर्ने र हाल साँघुरो ठाउँबाट सेवा दिन समस्या भएको ,कार्यालयलाई सेवाग्राही मैत्री बनाउन समेत समस्या भएकाले सबैकुराको व्यवस्थापन समग्रमा सेवाप्रवाहालाई सहज बनाउनका लागि नयाँ भवन निर्माणको योजना अघि बढाइएको अध्यक्ष गिरीले बताउनुभयो । 
भवन निर्माणका लागि हाल भवन रहेको स्थानदेखि उत्तर तर्फ पालिकाको वडा नम्बर –२,मा आवश्यक जग्गा प्राप्तीका लागि प्रक्रिया अघि बढाइएको अध्यक्षका प्रमुख राजनीतिक सल्लाहकार इन्द्र क्षेत्रीले बताउनुभयो । गाउँपालिका लागि करिब चार बिघा १७ कट्ठा सत्र धुर क्षेत्रफल जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो । यसका लागि कन्सल्टेन्टलाई वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिवेदन –डिपिआर निर्माणको जिम्मा दिइएको छ । तर समयमा कन्सल्टेन्टले काम गरेको उहाँले बताउनुभयो । यस कारण केही ढिलो भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण पछि सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सहज र छिटो सेवा उपलब्ध गराउन सहयोग पुग्ने, बहुउद्देश्यीय सम्मेलन हलको निर्माण पछि यस क्षेत्रमा हुने कार्यक्रमहरू, सभा, सम्मेलनहरू आयोजना सहज हुने र पालिकाले भाडामा दिएर आम्दानी समेत लिन सक्ने छ ।
भवनसँगै निर्माण गरिने सुन्दर फूलबारी, बगैँचाले वातावरणीय र पर्यटकीय दृष्टिले समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । हाल रहेको राम मन्दिर, बराह मन्दिर र पौडेल कुल देवता मन्दिर अकलादेवी मन्दिरको मोडलमा निर्माण गर्ने योजना रहेको छ । प्रशासनिक भवन सँगै धार्मिक ,सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजना समेत रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |